सेयर लगानीकर्ता दबाव समूहको अनशनपछिका दुई दिन सेयर बजार लगातार बढेको छ । आइतबारदेखि लगानीकर्ता रिले अनशनमा बसेपछि बजार आज सोमबार दोस्रो दिन दोहोरो अङ्कले बढेको हो । आइतबार अन्तिम समयमा १० अङ्क बढेको नेप्से सोमबार १२.४९ अङ्कले बढेको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से साढे दुई घन्टामा १५ अङ्क.....
पुँजी बजार सुधारका लागि आइतबारदेखि रिले अनशन बसेका लगानीकर्ताले प्रधानीमन्त्रीको आदेशअनुसार आफूहरु ‘अरिङ्गाल’ बनेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड घेर्न गए पनि अर्थमन्त्रीले ‘रुझेको बिरालो’ बनाइएिको बताएका छन् । सेयर बजार सुधारका लागि १० बुँदे माग राखेका उनीहरुले व्यङ्ग्यात्मक.....
नेपाल इन्भेष्टमेन्ट बैङ्कले नबिल बैङ्कलाई पछि पार्दै ४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा नै १ अर्ब नाफा कमाएको इन्भेष्टमेन्टले सबैभन्दा बढी लाभांशको घोषणा गरेको हो । वाणिज्य बैङ्क समूहमा सबैभन्दा बढी लाभांश दिने कम्पनीका रुपमा इन्भेष्टमेन्ट आएको हो । कम्पनीले.....
लगानीकर्तालाई अनलाइन कारोबारको युजर आईडी र पासवर्ड दिएपछि सेयर बजार उत्साहजनक रुपले बढेको छ । युजर आईडी र पासवर्ड लिन चाहने लगानीकर्तालाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजदेखि दिएको छ । अनलाइनको युजर आईडी र पासवर्ड पाएको दिन आज नेप्से अन्तिम ३० मिनेटमा ५ अङ्क बढेपछि १० अङ्कको सुधार भएको हो । कारोबार.....
काठमाडाैं : सञ्चालकका लागि खुलाइएको आईएमई जनरल इन्स्यारेन्स कम्पनी –आईजीआई)को हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति मङ्गलबार (मङ्सिर २५)सम्म छ । कम्पनीले चुक्ता पुँजी ५४ लाख रुपैयाँको १०ः८ को अनुपातमा हकप्रद निष्कासन गर्नुभन्दा पहिले सञ्चालकका लागि सेयर खुलाएको हो । कम्पनीले सर्वसाधारण सेयरधनीका लागि.....
काठमाडाैं ।सेयर लगानीकर्ता दबाब समूहले १० बुदे माग राख्दै आज (आइतबार)देखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिले अनशन सुरु गरेका छन् । आफ्नो सम्पत्तीको सुरक्षा आफैँ गरौं भन्ने नाराका साथ लगानीकर्ताले धर्ना सुरु गरेका हुन् । पुँजी बजारमा देखिएका सम्पूर्ण समस्या लगानीकर्ताले चाहेको खण्डमा केही घन्टामा.....
काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेडले (बीपीसी) सेयरधनीलाई २८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट १० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । साधारणसभाबाट पारित भएपछि लाभांश वितरण हुने कम्पनीले.....
काठमाडौं । सिद्धार्थ बैङ्कले वार्षिक १०.५ प्रतिशत ब्याज दिने गरी ऋणपत्र (डिभेन्चर) निष्कासन गरेको छ । बैङ्कले २ अर्ब २५ करोड रुपैयाँबराबरका २२ लाख ५० हजार कित्ता आइतबारदेखि निष्कासन गरेको हो । एसबीएल डिभेन्चर नाम दिइएको ऋणपत्रको प्रतिकित्ता मूल्य १ हजार रुपैयाँ छ । डिभेन्चर २०८२ मा परिपक्व हुने बैङ्कले.....
काठमाडौं । माग भन्दा बढी दरखास्त परेपछि चैतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कास आज आइतबारसम्म मात्र हुने भएको छ । चौतारीले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ९ हजार ३०० कित्ता संस्थाका कर्मचारी, ३० हजार कित्ता सामूहिक लगानी कोष र बाँकी.....
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले आइतबारदेखि सेयर कारोबार पूर्ण स्वचालित अनलाइन प्रणालीबाट हुने भएको छ ।गत कात्तिक २० गतेदेखि सो प्रणाली सञ्चालनमा ल्याएको भएपनि प्राविधिक कठिनाइ र प्रयोगमा देखिएको समस्याका कारण पूर्ण कार्यान्वयनमा आउन सकेको थिएन । प्रणाली सञ्चालन गर्न नसकिएको भन्दै.....