कृषि


किसानलाई अनुदान रकम वितरण

किसानलाई अनुदान रकम वितरण

१४ जेष्ठ २०७६, मंगलवार १८:३९

कञ्चनपुर । कृष्णपुर नगरपालिकाको पशु सेवा शाखाले आव ०७५/७६ को व्यवसायिक फर्म प्रवर्द्धन कार्यक्रमअन्तर्गत व्यावसायिक किसानलाई अनुदान रकम वितरण गरेको छ । गाई, भैँसी, बाख्रा, बङ्गुरको व्यावसायिक पालनमा लागेका र मासु पसल सुधारका लागि पसल सञ्चालन गरेकालाई अनुदान रकम वितरण गरिएको हो । निर्धारित मापदण्डबमोजिम.....

च्याउ उत्पादन परीक्षण सफल

च्याउ उत्पादन परीक्षण सफल

१४ जेष्ठ २०७६, मंगलवार १६:५६

हुम्ला । हुम्लाको उच्चहिमाली क्षेत्रमा कन्ये जातको च्याउ उत्पादन परीक्षण सफल भएको छ । वर्षमा एक पटक मात्र च्याउ खेती गरिँदै आएकोमा यसपटक नयाँ जातको च्याउ परीक्षण गर्दा दुई पटकसम्म उत्पादन गर्न सकिने देखिएको छ । फागुनदेखि कार्तिकसम्म नौ महिनामा दुई पटकसम्म कन्ये च्याउको खेती गर्न सकिने परीक्षणबाट देखिएको.....

सहकारीमार्फत सामूहिक तरकारी खेती

सहकारीमार्फत सामूहिक तरकारी खेती

१४ जेष्ठ २०७६, मंगलवार १५:३३

वालिङ । यहाँका स्थानीयले सहकारीमार्फत सामूहिक तरकारी खेतीको थालनी गरेका छन् । वालिङ नगरपालिका–१४ को डुम्रेभञ्ज्याङमा सय जना स्थानीय सङ्गठित भएर आधुनिक कृषि सहकारी संस्था दर्ता गरी सामूहिक तरकारी खेती थालेका हुन् । आठ रोपनी जग्गा पाँच वर्षलाई प्रति रोपनी १० हजारका दरले भाडामा लिएर व्यवसायको थालनी गरेको.....

हर्दवामा कागतीखेती

हर्दवामा कागतीखेती

१३ जेष्ठ २०७६, सोमबार १५:३८

लमही । प्रदेश ५ सरकारले स्मार्ट कृषि गाउँका रुपमा छनोट गरेको दाङ लमही– ९ हर्दवाका किसानलाई कागतीखेती गर्न सिकाउन थालिएको छ । उक्त गाउँलाई स्मार्ट कृषि गाउँ घोषणा गरिएकोले त्यहाँ कागतीको उत्पादन बढाउन किसानलाई आधुनिक कागती खेतीतर्फ उन्मुख गराउन थालिएको हो । प्रदेश सरकारको रु ५० लाख बजेटमा तालीम शुरु.....

जुम्लामा मार्सी धान रोपाइँ सुरु

जुम्लामा मार्सी धान रोपाइँ सुरु

१० जेष्ठ २०७६, शुक्रबार ०८:५८

जुम्ला । जुम्लामा कालीमार्सी धानको रोपाइँ सुरु भएको छ । जुम्ला जिल्लाभर रोपाइँ सुरु भएसँगै कृषक अहिले खेतमा लगाइएको जौँ काट्दै मार्सी रोप्न व्यस्त छन् ।जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङ्कोट र पानसयमा स्थानीय कालीमार्सी र रातीमार्सीको रोपाइँ धमाधम हुँदैछ । जिल्लाको तल्लो.....

बेतखेतीबाट वर्षेनी ५० लाख आम्दानी

बेतखेतीबाट वर्षेनी ५० लाख आम्दानी

९ जेष्ठ २०७६, बिहीबार १६:५९

लम्की ।  कैलालीको सत्ती कर्णाली सामुदायिक वनले बेतखेतीबाट वर्षेनी ५० लाख रूपैयाँ आम्दानी गर्दै आएको छ । टीकापुर नगरपालिका–७ स्थित उक्त सामुदायिक वनले १४८ हेक्टर जमीनमा बेतखेती गरेको र यसबाट वर्षेनी ५० लाखभन्दा बढी आम्दानी गर्दै आएको हो । सामुदायिक वनले चार वटा प्लट बनाएको र चार वर्षमा एक पटक तयार हुने.....

एकाएक ३० हजार माछा मरेपछि कृषक चिन्तित

एकाएक ३० हजार माछा मरेपछि कृषक चिन्तित

९ जेष्ठ २०७६, बिहीबार १६:४२

धादिङ । नीलकण्ठ नगरपालिका–३ गौतीमा पालिएको ३० हजार माछा मरेपछि माछापालक कृषक चिन्तित भएका छन् । तीन महीनाअघि माहुर जातको माछा पोखरीमा हालिएकामा ३०० ग्रामदेखि ८०० ग्रामसम्म पुग्न लाग्दा एकाएक सबै माछा मरेको माछापालक कृषक चन्द्र तामाङले बताए । टाउको पखेटा, पुच्छरमा रातो भएर छटपटाउने, सुस्त हुने र माछा.....

आलुको उत्पादनमा ह्रास

आलुको उत्पादनमा ह्रास

८ जेष्ठ २०७६, बुधबार १५:५४

नेपालगञ्ज । गत फागुनमा परेको असिनापानी र प्रतिकूल मौसमका कारण यो वर्ष बाँके जिल्लामा आलुको उत्पादनमा ह्रास आएको छ । असिनापानीले खन्ने अवस्थाको सबै आलुका बोट कुहिएकाले उत्पादन ५० प्रतिशतले घटेको बाँके हिरमिनियाका कृषक कृपाराम मौर्यले बताए । कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत शम्भुनाथ योगीका अनुसार.....

धराशायी बन्दै जडीबुटी व्यवसाय

धराशायी बन्दै जडीबुटी व्यवसाय

८ जेष्ठ २०७६, बुधबार १५:४८

राँझा । भारतले क्वारेन्टाइनसम्बन्धी नयाँ नीति लागू गरेपछि नेपाली जडीबुटी व्यवसाय धराशायी बन्दै गएको छ । नेपाल सरकारले भारतसँग उच्चस्तरमा कुरा नगरिदिँदा जडीबुटी व्यवसाय नै धराशायी भएको व्यवसायीले बताएका छन् । भारतले बोट बिरुवा र तिनका अंशको आयातलाई व्यवस्थित गर्न विरुवा क्वारेन्टाइनसम्बन्धी आदेश.....

प्लाष्टिकका भाँडामा दूध बोक्न नपाइने

प्लाष्टिकका भाँडामा दूध बोक्न नपाइने

८ जेष्ठ २०७६, बुधबार १५:३९

काभ्रेपलाञ्चोक । नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले जिल्लामा रहेका दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रको अनुगमन थालेको छ । कार्यालयले पनौती नगरपालिका कुशादेवी, पाँचखाल तथा मण्डन देउपुरमा रहेका दुग्ध चिस्यान केन्द्र तथा सङ्कलन केन्द्रको अनुगमनपछि दूधको नमूना.....