दूध, पानी र मासुमा जीएमपी मापदण्ड

दूधमा अत्यधिक कोलिर्फम, पानीमा हानिकारक जीवाणु र मासु पनि गुणस्तरहीन भएकाले जीएमपी लगाउनका लागि गृहकार्य सुरु गरेको कर्णले जानकारी दिए । विभागले पानीमा चैत २६ गतेदेखि जीएमपी लगाउने तयारी गरेको उनले बताए । अहिले जिल्लाजिल्लामा निर्देशिकाको बारेमा छलफल भइरहेको छ । उद्योगीसँग पनि यस विषयमा निरन्तर अन्तक्र्रिया भइरहेको कर्णले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूध, पानी तथा मासु विश्व स्वास्थ्य सङ्गठन गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) अनुसार उत्पादन गर्नुपर्ने कानुनी व्यवस्था गर्ने भएको छ । उद्योगीहरुले गुणस्तरलाई ख्यालै नगरी जथाभावी रुपमा उत्पादन गरेर सामान बजारमा पठाउँदा उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर परेपछि सरकारले यसमा जीएमपी लगाउने तयारी गरेको हो ।

‘गुणस्तरहीन उत्पादन बजारमा गएको पाइएकाले कानुन बनाएर अत्यावश्यक वस्तुमाथि जीएमपी लगाउने तयारी गरिएको हो,’ विभागका महानिर्देशक सञ्जीव कर्णले भने, ‘निर्देशिका बनाउन विभागका कर्मचारीले काम सुरु गरेका छन् । अबको ६ महिनाभित्र कार्यान्वयनमा ल्याउँछौँ ।’

उनका अनुसार निर्देशिकाविरुद्ध गएर उत्पादन गर्ने कम्पनी, उद्योग वा कोल्डस्टोर बन्द गर्नेसम्मको व्यवस्था हुन्छ । दूधमा अत्यधिक कोलिर्फम, पानीमा हानिकारक जीवाणु र मासु पनि गुणस्तरहीन भएकाले जीएमपी लगाउनका लागि गृहकार्य सुरु गरेको कर्णले जानकारी दिए । विभागले पानीमा चैत २६ गतेदेखि जीएमपी लगाउने तयारी गरेको उनले बताए । अहिले जिल्लाजिल्लामा निर्देशिकाको बारेमा छलफल भइरहेको छ । उद्योगीसँग पनि यस विषयमा निरन्तर अन्तक्र्रिया भइरहेको कर्णले बताए ।

अहिले विभागले पानीका लागि मात्रै निर्देशिका जारी गरेको छ । त्यसमा पानीको भण्डारण, प्याकेजिङ सामग्रीको भण्डारण, पूर्वप्रशोधन, पानीको प्रशोधन कक्ष, प्रशोधित पानी भर्ने कक्ष, जार सफा गर्ने कक्ष, बोटल, जार तथा पुनः प्रयोग गर्ने जार भण्डारण गर्ने कक्ष र प्रयोगशालाका लागि छुट्टाछुट्टै स्थानको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख ।

पानी प्रशोधन तथा भर्ने कक्षको भुइँ तथा भित्तामा कम्तीमा ५ फुट उचाइसम्म सजिलै सफा गर्न मिल्ने उज्यालो रङको टायल वा अन्य सामग्री लगाउनुपर्नेछ । उद्योगको गारोको उचाइ कम्तीमा ८ फिट हुनुपर्ने उल्लेख छ । पानी प्रशोधन कक्ष, प्रशोधित पानी भर्ने तथा बिर्काे लगाउने कक्षको भुइँ पानी नजम्ने किसिमबाट निर्माण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

पानी प्रशोधन तथा भर्ने कक्षमा प्रवेश गर्नुअघि कामदारले हात धुनका लागि धारा, पानी, बेसिन सफा टावेल र साबुनको व्यवस्था गर्नुपर्ने जनाएको छ । अन्य आगन्तुकसमेत उद्योगमा प्रवेश गर्दा साबुन पानीले हात धोएर मात्र छिर्ने व्यवस्था गर्नुपर्नेछ । पानीको स्रोतको वरिपरि नियमित रुपमा सरसफाइ गर्नुपर्ने र स्रोत सुरक्षित हुनुपर्नेछ ।

प्रशोधित र सरसफाइको कार्यबाट निस्किएको फोहोर पानी तथा अन्य फोहोर तरल पदार्थ निष्कासनका लागि ढलको व्यवस्था गर्नुपर्ने, उक्त ढल छोपिएको र दुर्गन्ध नआउने हुनुपर्ने जनाएको छ । ‘अन्य उत्पादनमा पनि सोहीअनुसारको नियम बनाएर कार्यान्वयन गर्छौं,’ महानिर्देशक कर्णले भने, ‘पहिला पानीमा जीएमपी लगाऊँ । त्यसपछि दूध, मासु तथा अन्य वस्तुमा पनि लागाउँछौं ।’