युवा व्यवसायी : विरासतबाट अलग पहिचान खोज्दै

आफ्नै पुर्खाले सुरु गरेको व्यवसायमा आबद्ध भइरहने भन्ने आरोप बढी लाग्न थालेपछि युवाहरु आफ्नै मिहिनेतले स्थापित हुन खोजेका छन् । कतिपय युवाले आफ्नो भइरहेको व्यवसायको ‘प्लेटफर्म’को प्रयोगबाट आफ्नै व्यवसाय सुरु गरेका छन् भने कतिपयले बिल्कुलै अलग व्यवसाय सञ्चालन गरिरहेका छन् ।

‘व्यक्तिका लागि परिचय अत्यन्तै ठूलो सम्पत्ति हो । परिचयले व्यक्तिलाई इमानदार बनाउने मात्रै होइन, आफू के हो भनेर चिनाउनसमेत ठूलो मद्दत गर्छ ।’ जागिरका विषयमा जानकारी दिने वेबसाइट मेरोजबका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीको भनाइ हो यो ।

शैलेन्द्रराजका बुबा शम्भुराज गिरी निर्माण व्यवसायमा जमेका व्यक्ति हुन् । आफ्ना बुबाको ‘रिक्वेस्ट’मा उनी सोही व्यवसायमा आबद्ध थिए । बुबाको अनुरोधका कारण मात्रै पनि होइन, उनी भर्खरै पढाइ सकेर नेपाल फर्किएकाले त्यही व्यवसायमा लाग्नुको विकल्प थिएन ।

तर, उनले केही समयपछि नै यो व्यवसायले मेरो कुनै परिचय बन्दैन भन्ने निष्कर्ष निकाल्दै केही नयाँ काम गर्ने सोच बनाए । तर, उनले यो सोचेका थिएनन् कि नयाँ काम गर्दा कति दुःख पााइन्छ भनेर । त्यसपछि उनले बुबाको व्यवसायबाट अलग भएर आफैंले केही गर्ने सोच बनाएर अघि बढे ।

उनले धेरै ओटा व्यवसाय गरे, कुनै व्यवसायले पनि परिचय दिएन । बुबाको विरासतको व्यवसायमा रमाएको भए उनलाई कुनै दुःख हुने थिएन । तर उनी चाहन्थे नयाँ केही गरौं, जसले आफूलाई स्थापित गरोस् । त्यही नयाँ गर्ने सोचमा उनले जागिरसम्बन्धी जानकारी दिने मेरोजब वेबसाइट कम्पनी खोले । अहिले मेरोजब स्थापित भएको छ । गिरी यसैमा स्थापित व्यवसायी बनेका छन् ।

मनकामना केबलकार, चितवन कोईलगायतको व्यवसाय र व्यापारमा स्थापित राजेशबाबु श्रेष्ठका छोरा राहुलबाबु श्रेष्ठ पनि फरक पेसामा रमाइरहेका छन् । लन्डनमा पढेका श्रेष्ठ बाबुको व्यापार र व्यवसायमा आबद्ध नभई आफूलाई मन पर्ने सेफ पेसामा रमाइरहेका छन्, त्यो पनि मुलुक बाहिर दुबईमा । राहुलका बुबा श्रेष्ठ भन्छन्, “राहुलको रुचिअनुसार नै उसले अहिले सेफको काम गरिरहेको छ, उसलाई कुकिङमै बढी रुचि भएकाले नयाँनयाँ स्वाद बनाउन नयाँनयाँ खोज पनि गर्छ ।’

पञ्चकन्या ग्रुप एक व्यावसायिक घराना हो । त्यही घरानामा जन्मिएका व्यक्ति हुन उदीप श्रेष्ठ । उनको रगतमै व्यवसाय छ । विदेशमा पढाइ सकेर नेपाल फर्किएपछि श्रेष्ठले हजुरबुबाले सुरु गरेको व्यवसायलाई थप अघि मात्रै बढाएनन्, आफ्नो छुट्टै परिचय स्थापित गर्न साझेदार तथा एकल प्रयासमा विभिन्न व्यवसायमा हात हाले ।

उनी हजुरबुबाले सुरु गरेको व्यवसायबाट बिल्कुल अलग छैनन् । श्रेष्ठ पञ्चकन्या ग्रुपका निर्देशक हुन् भने उनी आफैंले सुरु गरेको व्यवसाय हो भोल्भो गाडी । त्यसबाहेक पनि उनी डुकाटी तथा बेनेली बाइक पनि नेपालमा बिक्री गर्छन् । यो व्यवसायमा हजुरबुबा प्रेमकुमार श्रेष्ठ तथा बुबा प्रदीपकुमार श्रेष्ठको सहयोग भए पनि मुख्य जिम्मेवारी र दायित्व उनीसँगै छ । यो उनकै स्वामित्वको बिजनेस हो ।

हजुरबुबा तथा बुबाहरु उत्पादनमूलक क्षेत्रमा प्रख्यात छन् । उदीपले आफ्नै स्वामित्वमा ट्रेडिङ बिजनेसलाई अघि बढाइरहेका छन् । उदीप भन्छन्, ‘पहिलो पुस्ताबाट सुरु भएको व्यवसाय तेस्रो पुस्तामा पुगेपछि स्वाभाविक रुपमा अन्त्य हुन्छ । पञ्चकन्याका लागि म तेस्रो पुस्ता हुँ । तर, मैले पूर्ण जिम्मेवारी लिएर पञ्चकन्या सम्हालेको छैन ।’ पुरानो व्यवसायलाई जीवित राख्न नयाँ तरिकाबाट सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

पञ्चकन्यामा उनको योगदान अत्यन्तै कम छ । उनी सबैभन्दा बढी समय आफैले सुरु गरेको तीन ओटा व्यवसायलाई समय खर्चिन्छन् । किनकि उनी आफैंले सुरु गरेको व्यवसायलाई स्थापित बनाउनु छ ।

उदीपले नेपालमा महँगा बाइक बिक्री गर्छन् । डुकाटी तथा बेनेली बाइक नेपालका लागि महँगाको सूचीमा छन् । त्यसैगरी, भोल्बोका विभिन्न सामग्रीसमेत बिक्री गर्दै आएका छन् । फिस्टेल एयरका मालिक विकास राणा हुन् । उनका छोरा अभिनव बुबाको व्यवसायबाट बिल्कुल अलग छन् ।

एयरलाइन्स, फर्निचर तथा रियलस्टेट व्यवसाय गरेका बाबुको व्यवसायबाट अभिनवले फरक पाइला चाल्दै अटोमोबाइल्समा हात हाले । उदीपसँग मिलेर अभिनवले डुकाटी र बेनेली बाइकलाई बिक्री गरिरहेका छन् ।

‘हाम्रो रगतमै व्यवसाय छ, कि हामीभन्दा अग्रजले सुरु गरेको व्यवसायलाई सम्हाल्नुप¥यो, कि आफैंले नयाँ व्यवसाय गर्नुप¥यो,’ युवा व्यवसायी उदीपले भने, ‘अग्रजले सुरु गरेको व्यवसायलाई पनि धेरथोर समय दिने र सँगसँगै आफैं पनि नयाँ व्यवसायमा लागेका छौं ।’

हामीले सुरु गरेको व्यवसायमा बुबालाई सल्लाहकारको भूमिकामा राख्ने र कार्यकारी आफैं बसेर काम गर्ने उनको भनाइ छ । ‘मेरो हरेक व्यवसायमा बुबाले सल्लाह दिँदै आउनुभएको छ,’ उनले भने । बुबाहरुको प्रेरणाबाट नै आफूहरुलाई नयाँ व्यवसाय सञ्चालन गर्न सजिलो भएको उनको भनाइ छ ।

नयाँ व्यवसाय सुरु गर्न जति गाह्रो हुन्छ, हामीलाई त्यति गाह्रो हुँदैन,’ उदीप भन्छन्, ‘आवश्यक पूर्वाधार मात्रै नभई आवश्यक जनशक्तिसमेत पहिल्यैदेखि हुन्छन्, जसका कारण नयाँ व्यवसाय गर्न सम्भव हुन्छ ।’

प्रेमबहादुर श्रेष्ठ र उदीपले गरेको व्यवसायको प्रकृति एउटै छ । तर, विकास राणाले सुरु गरेको व्यवसाय र छोरा अभिनवले सुरु गरेको व्यवसायको प्रकृति अलगअलग छन् । बुबा एयरलाइन्स व्यवसायी हुन्, भने छोरा ट्रेडिङ व्यवसायमा छन् । ‘एउटै–एउटै प्रकृतिको व्यवसाय गर्दा नयाँ व्यवसाय गर्नेले धेरै दुःख खेप्नुपर्दैन,’ अभिनव भन्छन्, ‘तर, आफ्नो अग्रजले गरेको व्यवसायभन्दा अलग प्रकृतिको व्यवसाय गर्दा केही झन्झट हुन्छ ।’

निर्माण व्यवसायीका छोरा शिक्षित भट्टले टुटल टुडे चलाएर आफ्नो व्यवसायलाई अघि बढाउँदै आएका छन् । सडकमा खाली सिट ओहोरदोहोर गर्ने बाइकको सदुपयोग गरेर यात्रुलाई गन्तव्यमा पु¥याउने काम सामाजिक उत्तरदायित्व हुने ठानेर यस्तो प्रविधिको विकास गरेको डोटीको सिलगढीका भट्ट बताउँछन् ।

भट्टको अवधारणालाई उनका अन्य १० जना सहयोगीले साथ दिएपछि बनेको हो— ‘टुटल एप’ । विदेशमा चलन चल्तीमा रहेको यस्तो अभ्यास नेपालका लागि भने नयाँ हो । सानैदेखि पाइलट बन्ने चाहना भए पनि भट्टले इलेक्ट्रोनिक एन्ड टेलिकम इन्जिनियरिङमा स्नातक गरे । केही वर्ष निजी टेलिकम कम्पनीमा काम गरेका उनी पोखरा विश्वविद्यालयबाट सन् २००९ ब्याचका एमबीए गोल्डमेडलिस्टसमेत हुन् ।

नेपाल इन्भेस्टमेन्ट बैङ्कमा डेपुटी म्यानेजरको जागिर छोडेर नयाँ काम गर्ने सोच बनाएका भट्टले साथीहरुसँग मिलेर नयाँ व्यवसाय सुरु गरेका हुन् । उनीसहित आफ्ना १० जना साथीहरुसँग मिलेर सडकमा गुडिरहेको साझा बसलाई ‘ट्र्याक’ गर्ने ‘हाम्रो साझा’ ‘एप’ बनाए । त्यो एप धेरै नचलेपछि उनले त्यसैलाई परिमार्जन गरेर साथीहरुको सहयोगमा ‘टुटल एप’ बनाएका हुन् ।

टेलिकम र बैङ्कमा काम गरेको आफ्नो अनुभवलाई मिलाएर यातायातसँग सम्बन्धित नयाँ प्रविधिको विकास गरेको उनी बताउँछन् । सवारी चालक र यात्रुको जस्तो व्यवसायको व्यवहार नभई आवश्यकता परेका बेला एकअर्कालाई सहयोग पु¥याउने उद्देश्यले यो ‘एप’ बनाएको उनको भनाइ छ । उनी भन्छन्, ‘यसबाट मनग्गे पैसा कमाउँला भन्ने सोच छैन ।’

किरण साखका छोरा हुन प्रबल । किरण साखका बुबाले सुरु गरेको स्टिल व्यवसायलाई छोराले अघि बढाइरहेका छन् । तर हजुरबुबाले गरेको बिजनेसबाट अलग्गिएर प्रबल साखले अनलाइन बिजनेस चलाइरहेका छन् । प्रबलले हाम्रोबजारडटकमबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका छन् ।

‘हजुरबुबाको बिजनेससँग पटक्कै मेल नखाने व्यवसाय सुरु गर्दा केही अप्ठ्यारो हुने रहेछ,’ प्रबल भन्छन्, ‘तर, मान्छेहरु सूचना प्रविधिसँग अभ्यस्त भइसकेकाले सोचेभन्दा धेरै छिटो व्यवसाय सफल भयो ।’ हरेक मानिसको आवश्यकता बन्दै गएको सामग्री प्रबलले अनलाइनमार्फत उपलब्ध गराउँदै आएका छन् । घर, गाडी, जग्गालगायत सम्पूर्ण सामग्री हाम्रोबजारडटकममा सहजै उपलब्ध छ ।

खासगरी, एकल तथा सामूहिक रुपमा व्यवसाय गर्ने युवाको जमात बढ्दै गएको छ । एक अर्का ‘बिजनेस म्यान’ छोराबीच सहकार्यमा होस् वा आफैं होस्, नयाँ व्यवसाय सुरु गरिरहेका छन् । विदेशमा गएर पढाइ सकेर नेपाल फर्किएपछि आफ्नो पुख्र्यौली व्यवसायलाई सम्हाल्नुभन्दा पनि नयाँ सोचबाट व्यवसाय सुरु गर्ने प्रवृत्ति बढेको पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठको बुझाइ छ ।

‘नेपालबाट विदेश पढ्न जाने, त्यहाँबाट नयाँनयाँ आइडिया सिकेर नेपाल फर्किने र सोही आइडियालाई यहाँ प्रयोग गर्ने युवाको जमात बढिरहेको छ,’ श्रेष्ठ भन्छन्, ‘एकल वा सामूहिक रुपमा आफ्नै व्यवसाय गर्ने युवाको समूह ठूलो छ । यसले उनीहरुको आफ्नै छुट्टै परिचयसमेत बनाइरहेको छ ।

आफ्नै पुर्खाले सुरु गरेको व्यवसायमा आबद्ध भइरहने भन्ने आरोप बढी लाग्न थालेपछि युवाहरु आफ्नै मिहिनेतले स्थापित हुन खोजेका छन् । कतिपय युवाले आफ्नो भइरहेको व्यवसायको ‘प्लेटफर्म’को प्रयोगबाट आफ्नै व्यवसाय सुरु गरेका छन् भने कतिपयले बिल्कुलै अलग व्यवसाय सञ्चालन गरिरहेका छन् ।

साख स्टिलका प्रबन्ध निर्देशक किरण साख पनि श्रेष्ठसँग सहमत छन् । उनकै छोरा प्रबलले पुख्र्यौली व्यवसायभन्दा बिल्कुनै फरक व्यवसाय अघि बढाएका छन् । प्रबलको अनलाइन व्यवसाय हो । बुबा तथा हजुरबुबाले स्टिल व्यवसायलाई अघि बढाइरहेका छन् ।

‘युवाहरुमा नयाँ गर्ने सोच हुन्छ, सोहीअनुरुप अघि बढ्छन्,’ प्रबन्ध निर्देशक साखले भने, ‘पछिल्लो पुस्ताका युवा पुख्र्यौली व्यवसायमा आबद्ध हुनुभन्दा पनि आफ्नै नयाँ गर्ने सोच राखेर अघि बढ्छन् । त्यो राम्रो हो ।’ नेपालमा युनिक व्यवासय गर्ने युवामध्ये अधिकांश व्यावसायिक घरानाकै छोरानाति छन् ।

पुख्र्यौली व्यवसाय परम्परागत शैलीमा चलेको हुने तर अहिलेका युवाहरु परिवर्तनकारी व्यवसाय रोज्ने गरेको साख बताउँछन् । आइटी, इन्जिनियरिङलगायत विषय पढेका मानिस बढी प्रविधिमैत्री भइरहेकाले पनि उनीहरुले नयाँनयाँ आइडिया ल्याएर व्यवसाय सुरु गरेको उनको भनाइ छ ।

असफल भए पनि परिवारसँग पैसा माग्दैनन्
व्यावसायिक घरानामा जन्मिएको व्यक्ति भए पनि आफूले सुरु गरेको व्यवसाय असफल भएपछि उनीहरुले आफ्नो परिवारसँग पैसा माग्दैनन् । बुबाको इच्छाविपरीत आपूmले नयाँ व्यवसाय सुरु गर्दा त्यो असफल भएपछि घरबाट पैसा नमाग्ने गरेको मेरोजबका युवा व्यवसायी गिरी बताउँछन् ।
‘बरु साथीभाइसँग सापटी मागिन्छ,’ उनी भन्छन्, ‘घरपरिवारसँग कहिल्यै पनि पैसा माग्ने आट हुँदैन । बुबाआमाको इच्छाविपरीत व्यवसाय सुरु गरिएको हुन्छ, त्यसमा पनि असफल भइसकेपछि पैसा माग्ने कुरै आउँदैन ।’ बरु साथीभाइसँग ऋण खोजेर नयाँ व्यवसाय गर्ने गरेको गिरीको अनुभव छ ।

‘रिस्क सेयरिङ’ गर्न ‘पार्टनरसिप’
‘युवासँग पर्याप्त पैसा नहुने समस्या त छँदै छ । झन् व्यवसाय सुरु गरेपछि एकैचोटि ठूलो रकम आवश्यक पर्छ । त्यो जुटाउन एकदमै समस्या हुन्छ,’ उदीप श्रेष्ठ भन्छन्, ‘सहज लगानी जुटाउन र रिस्क सेयरिङ गर्न पार्टनरसिपमा व्यवसाय गर्ने गरिन्छ ।’
कुनै न कुनै माध्यबाट एकअर्का व्यावसायिक घरानाबीच सम्बन्ध भइहाल्छ । त्यहीँबाट जन्मिन्छ नयाँ पार्टनरसिप ।

व्यावसायिक घरानाका युवालाई व्यवसाय गर्न सजिलो
तुलनात्मक रुपमा अन्य व्यक्तिलाई भन्दा व्यावसायिक घरानामा जन्मिएको व्यक्तिलाई व्यवसाय गर्न सजिलो हुन्छ । व्यावसायिक पृष्ठभूमि भएको परिवारलाई नयाँ व्यवसाय गर्न सजिलो हुन्छ । परिवार व्यवसायमा जमिसकेको हुन्छ । त्यहाँ काम गर्ने व्यक्तिलाई देशको नीतिनियम सबै थाहा हुन्छ र दर्तादेखि सरकारी प्रक्रिया सहज रुपमा अन्त्य हुन्छ ।

‘नेपालमा व्यवसाय गर्न रोक्ने सबैभन्दा पहिलो ठाउँ भनेकै सरकारी झन्झट हो । सरकारी झन्झट देखेरै व्यवसाय गर्न मन लाग्दैन,’ श्रेष्ठ भन्छन्, ‘त्यो झन्झटिलो काम हामीसँग भएका कर्मचारीले सल्ट्याउने भएकाले व्यावसायिक घरानाका युवालाई केही सजिलो हुन्छ ।’