दसैंतिहारमा तेल हाहाकार बनाउँदै चालक

तेल चोर्ने कार्य रोकिएपछि विभिन्न बहाना बनाएर सरकारलाई घुँडा टेकाउन लागेको आपूर्ति मन्त्रालय स्रोतले बताएको छ । दसैंतिहारलाई लक्ष्य गरी आन्दोलन गरे चालकका सम्पूर्ण माग पूरा हुने भन्दै चालकले त्यही बाटो अवलम्बन गरेको स्रोतको दाबी छ ।

तेल चोर्न नपाएर रन्थनिएका ट्याङ्कर चालकले नयाँ बहाना बनाएर पेट्रोलियम पदार्थ ठप्प पार्ने भएका छन् । भित्रिँदै गरेको दसैंतिहार जस्ता ठूला चार्डलाई लक्षित गर्दै चालकले पेट्रोलियम पदार्थ ढुवानी ठप्प बनाउने भएका हुन् । चालकले ३० गते सम्पूर्ण ट्याङ्करको चाबी सरकारलाई बुझाउँदै छन् ।

सरकारले ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि चालकले तेल चोर्न पाएका छैनन् । उनीहरुले भारतबाट तेल ल्याउँदा बीच बाटोमै ठूलो परिमाणमा तेल चोर्ने र बाटोमै बेचेर मोटो रकम बुझ्दै आएका थिए । तर, सरकारले अहिले लकिङ सिस्टम जडान गरेपछि त्यो कार्य गर्न पाएका छैनन् ।

तेल चोर्ने कार्य रोकिएपछि विभिन्न बहाना बनाएर सरकारलाई घुँडा टेकाउन लागेको आपूर्ति मन्त्रालय स्रोतले बताएको छ । दसैंतिहारलाई लक्ष्य गरी आन्दोलन गरे चालकका सम्पूर्ण माग पूरा हुने भन्दै चालकले त्यही बाटो अवलम्बन गरेको स्रोतको दाबी छ ।

चालकले सुरुमा आफूहरुले पाउँदै आएको सेवासुविधा अत्यन्तै कम भएको र त्यसलाई समयसापेक्ष बनाउन माग राखेका थिए । चालकले अहिले मासिक रुपमा ७ हजार ४ सय रुपैयाँ तलब सुविधा पाउँदै आएका थिए ।

तर, सरकारले नयाँ श्रम ऐनअनुसार चालकको १६ हजार ५ सय रुपैयाँ र सञ्चयकोष र सहचालकको १४ हजार र सञ्चलयकोषको व्यवस्था गरेपछि उनीहरु पेट्रोलियम पदार्थ ठप्प पार्न लागिपरेका छन् ।

‘एक सय २० प्रतिशत सेवा सुविधा वृद्धि गर्दा पनि नपुग्ने ?’ स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘यदि यत्रो सुविधा उपलब्ध गराउँदा पनि नमान्ने व्यवसायीमाथि राज्यले ‘एक्सन’ लिन्छ ।’

चालकले ३२ हजार रुपैयाँ सेवासुविधा पुग्नुपर्ने माग राख्दै आएका छन् । यदि उक्त सुविधा नपुगे देशभर पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन् ।

आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ठकालले व्यवसायीको धम्कीबाट सरकार पछि नहट्ने बताए । ‘सरकार जहिले पनि आफ्ना जनताप्रति उत्तरदायी बन्छ, कसैले पेट्रोलियम पदार्थ नउठाउँदैमा उपभोक्ताले दुख पाउँदैनन्, त्यसको वैकल्पिक व्यवस्था गर्छ,’ उनले भने, ‘सरकारसँग धेरै ओटा विकल्प हुन्छ ।’

उनीहरुले भनेअनुसार सेवासुविधा बढाउँदा पनि सरकारलाई अझै धम्क्याउँछन् भने सरकार पछि नहट्ने उनको भनाइ छ । उनीहरुले न्यूनतम ज्यादा उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् । सोहीअनुसार सरकारले सेवासुविधा उपलब्ध गराएको ढकालको भनाइ छ ।