उद्योग स्थापना भएर पनि जर्मन ब्रान्ड वारस्टेइनर बियर किन आएन ?

वारस्टेइनरका प्राविधिक बियर परीक्षणका लागि चार पटकभन्दा बढी नेपाल आइसकेका छन् । राज बु्रअरीले बियर बजारमा पठाउन अन्तिम तयारी गरेर सरकारबाट अन्तःशुल्क अनुमतिसमेत लिइसकेको छ ।

जावलाखेल गु्रपले राज ब्रुअरीमार्फत नेपालमा जर्मनीको चर्चित बियर ब्रान्ड वारस्टेइनर नेपालमा उत्पादन गर्नका लागि डेढ वर्षअघि उद्योग लगाए पनि बियर बजारमा पठाउन सकेको छैन ।

४ अर्ब लगानीमा भैरहवा–नवलपरासी करिडोरमा उद्योग स्थापना भए पनि कम्पनीले उत्पादन थाल्न सकेको छैन । वारस्टेइनरकै प्रविधि र गुणस्तर हुनुपर्ने शर्तअनुसार जर्मन कम्पनीले नेपाली कम्पनीसँग साझेदार गर्ने सम्झौता भए पनि गुणस्तरमाथि प्रश्न उठाएर जर्मन कम्पनीले अन्तिम उत्पादनमा स्वीकृति दिएको छैन ।

४ वर्षअघि जावलाखेल गु्रपले जर्मन बियर नेपाल भित्राउनका लागि वारस्टेइनरसँग सम्झौता गरेको थियो । सम्झौतामा जर्मनीकै प्रविधिमा उस्तै गुणस्तर उत्पादन गरेर बजारमा पठाउने शर्त थियो तर परीक्षण उत्पादनमा प्रविधि पनि फरक र गुणस्तर पनि फरक परेपछि जर्मनीबाट आएका वारस्टेइनरका प्राविधिक अन्तिम स्वीकृति दिएका छैनन् । वारस्टेइनरका प्राविधिक बियर परीक्षणका लागि ४ पटकभन्दा बढी नेपाल आइसकेका छन् । राज ब्रुअरीले बियर बजारमा पठाउन अन्तिम तयारी गरेर सरकारबाट अन्तःशुल्क अनुमतिसमेत लिइसकेको छ ।

यसो हो कारण

सुरुमा वारस्टेइनर र जावलाखेल ग्रुपबीच प्रविधि तथा गुणस्तरमा जर्मनले भने अनुसार हुने भनेर सम्झौता गरिएको थियो । सोही अनुसार उद्योगको पूर्वाधार पनि बन्यो । जब पूर्वाधार बनिसकेर परीक्षण उत्पादन भयो । उक्त उत्पादनलाई जर्मनबाटै आएका वारस्टेइनरका प्राविधिकले टेस्ट गर्दा उनीहरुले भनेअनुसारको गुणस्तर नभएपछि यही गुणस्तरमा सहकार्य गर्न नसकिने बताउँदै वारस्टेइनरले अन्तिम स्वीकृति नदिएको हो ।

जर्मनीबाट आएका प्राविधिकले   अाफ्नाे फ्याक्ट्रीमा जुन गुणस्तरको बियर उत्पादन हुन्छ, सोहीअनुसार उत्पादन नभए सहकार्य गर्न कठिन हुने बताएपछि उद्योगले हालसम्म उत्पादन गर्न सकेको छैन ।

उनीहरुले उत्पादित बियरलाई परीक्षण गर्दा पानीमा समस्या देखाएका छन् । पानीको गुणस्तर जर्मनीको जस्तो नभएको र जर्मनीकै अनुसार गुणस्तर पु¥याउन प्राविधिकले एउटा प्रविधि थप गर्न समेत लगाएका थिए ।
सुरुमा कम्पनीले जर्मनीबाट आएका प्राविधिकले भनेअनुसार नै नयाँ एउटा प्रविधि थप गरेको थिए । तर, कम्पनीले पनि उक्त प्रविधिलाई निकालेपछि पानीमा फेरी समस्या देखियो र गुणस्तर पुगेन ।

जर्मनीकै कारण २ अर्बमा बन्ने उद्योग ४ अर्ब लगानी पुग्यो

साझेदार संस्था वारस्टेइनरले उच्च गुणस्तर तथा प्रविधिकोे प्रयोग गर्नुपर्ने भनेकै कारण जावलाखेल गु्रपले २ अर्बको परियोजना बनाए पनि सम्झौता गर्दा तीन अर्ब लगानी पु¥यायो । पछि प्रविधि थप गर्दा थप १ अर्ब लगानी गरेको थियो । २ अर्बको उद्योग ४ अर्ब पुग्दा पनि जर्मनी साझेदारीले अन्तिम स्वीकृति नदिँदा उत्पादन बजारमा पुग्न नसकेको गु्रुपनिकट स्रोतले जानकारी दियो । उद्योगको पूर्वाधार निर्माणको क्रममा जर्मनी प्राविधिकहरु झण्डै १० चोटी भन्दा बढी उद्योग निर्माणस्थल पुगेका थिए ।

साउथ एसियालाई हेर्ने लक्ष्यसहित वारस्टेइनरको सहकार्य हो

वारस्टेइनरले नेपालसहित साउथ एसियाली मार्केटलाई लक्षित गरेर उद्योग स्थापना गर्न लागेको थियो । नेपाललाई केन्द्र मानेर वारस्टेइनरले भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, माल्दिभ्स, पाकिस्तान र अफगानस्तानको बजारमा आफ्नो बियर पु¥याउने भनेर उद्योग स्थापना गरेको हो । तर, गुणस्तरीय उत्पादन नभएकै कारण सहकार्य गर्ने वा नगर्ने भन्नेमा वारस्टेइनर अलमलमा परेको छ । यदि वारस्टेइनरको जर्मन कार्यालयले उत्पादन गर्ने बियरभन्दा कमसल उत्पादन भएमा वारस्टेइनर सहकार्य नगर्ने सङ्केत दिएको छ ।

काल्र्सबर्गसँग प्रतिस्पर्धा मुख्य लक्ष्य

वारस्टेइनरले नेपालको काल्र्सबर्ग बियरसँग प्रतिस्पर्धा गर्ने गरी उद्योग स्थापना भएको हो । काल्र्सबर्गभन्दा सय वर्ष पुरानो ब्रान्डलाई काल्सबर्गकै मूल्यमा बजारमा बियर पठाउने उद्योगको लक्ष्य थियो । काल्र्सवर्गले प्रतिकार्र्टाेन बियर ३ हजार २ सय रुपैयाँमा बजारमा पठाउँदै आएको छ । यो उद्योगले पनि सोही मूल्यमा उत्पादन बजारमा पठाउने गरी स्थापना भएको हो । तर, अहिलेसम्म सञ्चालनमा आएको छैन । सन् १७३५ देखि उत्पादन सुरु गरेको वारस्टेनियर बियर विश्वका ६५ मुलुकहरुमा निर्यात हुन्छ । कम्पनीले प्रिमियम भेरम, प्रिमियम डुङकेल, प्रिमियम फ्रेस र रोयल वेभेरियन हेफेविजेन गरि ४ प्रकारको बियर उत्पादन गर्छ । यसमध्ये नेपालमा दुई प्रकारको बियर उत्पादन गर्ने कम्पनीको योजना थियो ।

अहिले निरन्तर गुणस्तर परीक्षण

वारस्टेइनरका प्राविधिकले अहिले उद्योगबाट उत्पादित बियरको निरन्तर गुणस्तर परीक्षण गरिरहेका छन् । अहिलेसम्म वारस्टेइनरको गुणस्तरसँग नेपालमा उत्पादन भएको बियरको गुणस्तर ‘म्याच’ गरेको छैन ।
जनवरीमै उत्पादन बजारमा ल्याउने योजना थियो
उद्योगले जनवरीको पहिलो दिनमै आफ्नो उत्पादन बजारमा ल्याउने योजना बनाएको थियो । तर, सकेन । परीक्षण उत्पादनलाई प्राविधिकले एप्रुभ नगरेपछि व्यावसायिक उत्पादन आउन नसकेको हो ।

अब के हुन्छ ?

जावलाखेल गु्रपसँग तीन विकल्प छन् । पहिलो वारस्टेइनरले भनेजस्तै प्रविधि र गुणस्तरमा बियर उत्पादन गर्ने । अर्काे आफ्नै ब्रान्डमा उत्पादन गरेर बजारमा पठाउने र तेस्रो अर्काे कुनै विदेशी ब्रान्डसँग साझेदार गर्ने । ग्रुपले अहिले पहिलो विकल्पका लागि नै तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ ।