जाउलाखेल ग्रुप अन्तर्गतको राज ब्रुअरीले जर्मनीको चर्चित वियर ब्रान्ड वारस्टेइनर नेपालमा उत्पादन थालेको छ । वियर उत्पादनका लागि कम्पनीले डेढ वर्ष उद्योग स्थापना गरेको थियो । ४ अर्ब लगानीमा भैरहवा नवलपरासीमा उद्योग स्थापन भएपनि कम्पनीले उत्पादन बजारमा ल्याउन सकेको थिएन । जर्मन कम्पनीले वारस्टेइनरकै.....
बार्षिक झण्डै पाँच अर्ब बराबरको नेपाली धागो खपत गर्दै आएको टर्कीले एकाएक आयातमा कडाई गरेको छ । नेपाली उद्योगले विदेशबाट धागो ल्याउने र नेपालको छाप लगाएर टर्की पठाउने गरेको बहाना पार्दै टर्कीले आयातमा कडाइ गरेको व्यवसायीहरुले बताएका छन् । टर्कीले आयातमा पाँच प्रतिशत ड्युटी पनि लगाइदिएको छ । टर्कीले गत.....
राजनीतिक एवं आर्थिक वृत्तमा विभिन्न विश्लेषणकाबीच विस्तारित मन्त्रिमण्डलमा डा युवराज खतिवडाको नियुक्तिले सरकारले आर्थिक क्षेत्रलाई उच्च महत्व दिएको प्रष्ट भएको देखिएको छ । राष्ट्र नयाँ संरचनाअनुसार अगाडि बढेको सन्दर्भमा देखिएको आर्थिक चुनौतीलाई सम्हाल्ने गहन जिम्मेवारी बहन गर्ने विषयलाई प्रधानमन्त्री.....
निजी क्षेत्रको सङ्घीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले मुलुकका सात ओटै प्रदेशभित्र आर्थिक बहस कार्यक्रम आयोजना गर्ने आफ्नो योजना अनुसारको पहिलो कार्यक्रम प्रदेश नम्वर ४ को मुकाम पोखराबाट सुरु गरेको छ । पोखरामा आयोजित प्रादेशिक आर्थिक बहस कार्यक्रमको सङ्घीय गणतन्त्र नेपालको प्रदेश.....
अन्ततः मौद्रिक अर्थशास्त्री डा. युवराज खतिवडा अर्थमन्त्री नियुक्त भएका छन् । २०५१ देखि यता बनेका वामपन्थी सरकारमा पहिलोपटक अर्थशास्त्रका ज्ञाता अर्थमन्त्रीमा आएका छन् । त्यतिमात्रै होइन (२०४६ सालको जनआन्दोलनपछि राजाको प्रत्यक्ष शासन र दोस्रो संविधानसभाको निर्वाचनताका गठित सरकारमा बाहेक) प्रजातन्त्र.....
मान्छेको क्षमताको पहिचान संकटका बेलामा हुन्छ । जतिसुकै संकट र समास्या आएपनि हाम्रो टिमले समाधान गर्न सक्छ भन्ने मलाई लागेको छ । म एउटा विकासवादी चिन्तन गर्दै आएको व्यक्ति हुँ । मेरा केहि मान्यताहरु छन्, ती समकालिन अभ्यासहरु भन्दा धेरै टाढा छैनन् । समय, परिस्थिती र राजनीतिक प्रणालीले अघि सारेका नयाँ कुराहरु.....
भारतबाट सन् २०१७ सम्म २५ अर्ब ६५ करोड ७९ लाख ९० हजार ५ सय ७३ रुपैयाको चामल आयात भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार एक बर्षमा साढे २५ अर्ब चामलमात्र आयात भएको हो । गत बर्षको तुलनामा समिक्षाअवधिमा २.३ प्रतिशतले चामलको आयात बढेको छ । सन २०१६ मा २५ अर्ब ६ करोड ९४ लाख ५१ हजार ४ सय ९७.....
नेपालको आर्थिक वृद्धिदर ७ दशमलव २ प्रतिशत कायम राख्ने हो भने सन् २०४० सम्म ३० हजार मेगावाट विद्युत् आवश्यक पर्ने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले मुलुकको आर्थिक वृद्धिदरलाई आधार मानेर तयार पारेको एक रणनीतिक कार्ययोजनामा अबको २२ वर्षपछि विद्युत् उत्पादन क्षमता २९ हजार ४२७ हजार मेगावाट हुनुपर्ने.....
बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनको तयारीमा छ । आउँदो चैत दोस्रो साताभित्र उडान शुरु गर्ने गरी विमानस्थलको प्राविधिक र व्यवस्थापकीय कामलाई तीव्र पारिएको छ । नागरिक उड्डयन प्राधिकरणले गरेको प्राविधिक अध्ययन प्रतिवदेनको सुझाव अनुसार काम भइरहेको हो । सोमबार प्राधिकरणको.....
शिक्षा सचिव मधुप्रसाद रेग्मीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीईभीटी)ले सीपयुक्त जनशक्ति निर्माणका लागि क्षमता विकास र रोजगारीलाई जोड दिनुपर्ने बताएका छन् । सिटिइभीटीको ३० औं वार्षिकोत्सवका अवसरमा उनले श्रम बजारमा सहजै बिक्न सक्ने र पूँजी निर्माणमा सहयोग गर्न सक्ने जनशक्ति उत्पादन.....