डोटी । सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेकामा एक हजारभन्दा बढी स्वदेशी पर्यटकले अवलोकन गरेको निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिए । निकुञ्जमा.....
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिएका छन् । २१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएका.....
काठमाडौं : तीन जना लगानीकर्ता भित्रिएसँगै आगामी मंगलबारबाट सौर्य एयरलाइन्सले नियमित उडान गर्ने भएको छ । आर्थिक सङ्कटमा परेको सौर्यले विमानस्थल सेवा शुल्कबापतको विलम्ब शुल्कसहित ४ करोड रुपैयाँ तिर्न नसक्दा एक महिनादेखि जहाज ग्राउन्डेड भएको थियो । शुक्रबारभित्र विमानस्थल सेवा शुल्क बुझाइसक्ने र मङ्गलबारदेखि.....
काठमाडौ । बुद्ध एयरले भारतको काेलकातामा साताको ३ पटक उडान भर्ने भएको छ । आज पत्रकार सम्मेलन गर्दै एयरलाइन्सका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले २०७६ बैशाख २ गतेबाट बुद्ध एयरले सीधा उडान भर्न लागेको जानकारी दिए । उनले बङ्गाली पर्यटकलाई लक्ष्य गरी उडान सुरु गर्न लागिएको पनि बताए । त्रिभुवन अन्तर्राष्ट्रिय.....
राँझा । नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी दीपबहादुर कठायत प्रत्येक वर्ष माघ १ गते भुवरभवानी मेला पुग्ने गर्छन् । “राप्ती नदीमा नुहाइधुहाइ गर्यो, अनि भुवरभवानी मन्दिरमा पूजा गरी दिनभर मेला हेरेर साँझ फर्किन्छाैं, यो हाम्रो नियमितजस्तै भएको छ”, कठायतले भन्नुभयो । बाँकेको राप्तीसोनारी–३ बैजापुरस्थित.....
काठमाडौँ । सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासमा आवश्यक कानुनी सुधारका लागि आफ्नो पूर्ण सहयोग रहने बताएका छन् । नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट (नाट्टा)को ५२औँ वार्षिक साधारणसभाको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकको समग्र आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान.....
काठमाडौं । यसअघि भएको सम्झौताबमोजिम नेपाललाई थप हवाई रुट दिन भारतले अस्वीकार गरेपछि छलफल गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी आफैं नयाँदिल्ली गएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र भारतीय विमानन प्राधिकरणबीच भएको सहमतिअनुसार थप हवाई रुट नदिने भएपछि खुलाउन मन्त्री.....
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हिमालय एयरलाइन्सलाई बक्यौता रकम भुक्तानीका लागि एक महिना म्याद दिएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बक्यौता रकम भुक्तानीका लागि समय माग गरेका कारण एक महिनाको अवधि दिइएको बताएका छन् । हिमालय एयरलाइन्सले गत शुक्रबार ५० लाख रुपैयाँ बुझाएको.....
मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ भोलि मङ्गलबार नेपाल ल्याइने भएको छ । निगमको इन्जिनियरिङ विभागले कलसाइन नाइनएन एसिबी ७५७ बोइङको थर्मल ब्ल्याङ्केटमा समस्या आएको भन्दै मर्मतका लागि क्वालालम्पुर पठाएको थियो । मर्मतका क्रममा सि–डक्टमा पनि समस्या आएपछि मर्मतका.....
लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा पहिलो पटक पाँचतारे होटल ‘पवन प्यालेस’ सञ्चालनमा आएको छ । लुम्बिनी आउने बाह्य एवम् आन्तरिक पर्यटकलाई लक्ष्य गरी निर्माण गरिएको सो होटल आंशिक रुपमा सञ्चालनमा आएको हो । लुम्बिनीमा सुविधासम्पन्न होटल नभइरहेका बेला पर्यटकको मागलाई मध्यनजर गर्दै भैरहवाका व्यवसायी पवन.....