पूर्वाधार


सुपरदोर्दी जलविद्युत आयोजनाको ३५ प्रतिशत काम सकियो, २०७७ असारसम्म बिजुली बल्ने

सुपरदोर्दी जलविद्युत आयोजनाको ३५ प्रतिशत काम सकियो, २०७७ असारसम्म बिजुली बल्ने

१३ फाल्गुन २०७५, सोमबार १३:३५

लमजुङ । पिपल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ डेढ वर्षभित्र सम्पन्न हुने भएको छ । २०७७ असारसम्म आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार निर्माण भइरहेको छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग ०७७ असारसम्म बिजुली उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ.....

पाँचथर पावर कम्पनीको आईपीओ खुल्यो, ९६२० कित्तासम्म आवेदन दिन पाइने

पाँचथर पावर कम्पनीको आईपीओ खुल्यो, ९६२० कित्तासम्म आवेदन दिन पाइने

१३ फाल्गुन २०७५, सोमबार ०८:४७

काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित पाँचथर पावर कम्पनी लिमिटेडले आज सोमबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । आयोजना प्रभावित स्थानीयबासिन्दाले समेत नकिनेको ७ लाख ८७ हजार ७५० कित्ता थप गरी १७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको १७ लाख ५० हजार २५० कित्ता आईपीओ निष्कासन गरेको हो । आईपीओ निष्कासन.....

अरुण तेस्रो जलविद्युतमा १४४० करोड लगानी गर्दै नविल र एभरेष्ट बैङ्क

अरुण तेस्रो जलविद्युतमा १४४० करोड लगानी गर्दै नविल र एभरेष्ट बैङ्क

१२ फाल्गुन २०७५, आईतवार १८:२५

काठमाडौं । निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतको एसजेबीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले दुई नेपाली बैङ्कबाट १४ अर्ब ४० करोड रुपैयाँ अर्थात् ९ अर्ब भारु ऋण लिने भएको छ । एसजेबीएनले नेपालको नविल र एभरेष्ट बैङ्कबाट अपुग ऋण (ब्रिज लोन) लिन लागेको हो । स्टेट.....

तनहुँ जलविद्युत् आयोजना लट १ को काम नयाँ प्रक्रियाबाट सुरु हुँदै, फागुनभित्र ग्लोबल टेन्डर आह्वानको तयारी

तनहुँ जलविद्युत् आयोजना लट १ को काम नयाँ प्रक्रियाबाट सुरु हुँदै, फागुनभित्र ग्लोबल टेन्डर आह्वानको तयारी

१२ फाल्गुन २०७५, आईतवार १६:४८

काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाको पहिलो लटको कामका लागि यही फागुनभित्र अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) को आह्वान हुने भएको छ । ग्लोबल टेन्डरका लागि आयोजनाको परामर्शदाता ल्याह्मेयर इन्टरनेसनलले टेन्डर डकुमेन्ट बनाउन सुरु गरिसकेको छ । फागुन अन्तिम अर्थात् मार्च १५ भित्र ग्लोबल टेन्डरको.....

पक्की पुलको शिलान्यास

पक्की पुलको शिलान्यास

१२ फाल्गुन २०७५, आईतवार १६:२२

भक्तपुर । सूर्यविनायक नगरपालिका–१ सिरुटार–२ को बालकोट जोड्ने सिरुटारको मुख्य सडकमा पर्ने चरखण्डी खोलामा पक्की पुल निर्माणको शिलान्यास गरिएको छ । सरकारको एक करोड रूपैयाँको लागतमा निर्माण शुरु भएको उक्त पुलको पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले आज शिलान्यास गरेका हुन् । पूर्वमन्त्री.....

उपल्लो मुस्ताङमा यातायात सेवा प्रभावित

उपल्लो मुस्ताङमा यातायात सेवा प्रभावित

१२ फाल्गुन २०७५, आईतवार १५:२५

ठिनी । सडकमा जमेको हिउँका कारण उपल्लो मुस्ताङमा एक महिनादेखि यातायात सेवा प्रभावित बनेको छ । सडकमा हिउँ जमेकाले यातायात र ढुवानीका साधन सञ्चालन हुन नसकेपछि जाडो छल्न बेँसी झरेका उपल्लो मुस्ताङवासीलाई घर फर्कन समस्या भएको छ । सडकमा हिउँ जमेर बरफ भएपछि यातायातका साधन सञ्चालनमा ल्याउन कठिनाइ भएकाले स्थानीयको.....

काठमाडौं उपत्यकाको विद्युत् तार भूमिगत बनाउन ठेकेदार छनोट

काठमाडौं उपत्यकाको विद्युत् तार भूमिगत बनाउन ठेकेदार छनोट

१२ फाल्गुन २०७५, आईतवार १२:४०

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका बिद्युतीय तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्न ठेकेदार छनोट गरेको छ ।महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युत्को तारलाई भूमिगत गर्नसबैभन्दा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेड  छनोट भएको हो । प्राधिकरणले.....

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन बाधक, ट्याङ्की बन्न एक वर्ष लाग्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन बाधक, ट्याङ्की बन्न एक वर्ष लाग्ने

१२ फाल्गुन २०७५, आईतवार १२:२९

काठमाडौं । आगामी सेप्टेम्बरभित्र अन्तर्राष्ट्रिय उडानको तयारीका साथ तीव्र गतिमा निर्माण भइरहेको गौतमबुद्ध विमानस्थलमा हवाई तेलको अभाव हुने देखिएको छ । विमानस्थलमा आवश्यक हवाई इन्धन भण्डारणका लागि ट्याङ्की निर्माण अझै हुन सकेको छैन । नेपाल आयल निगमले इन्धन भण्डारणका लागि २०६८ सालबाट जग्गाको खोजी.....

भूकम्पले क्षति पुगेका ४० हजार घर पुनःनिर्माण

भूकम्पले क्षति पुगेका ४० हजार घर पुनःनिर्माण

१२ फाल्गुन २०७५, आईतवार १०:४२

बेत्रावती । नुवाकोटमा भूकम्पले क्षति पुगेका ४० हजारभन्दा बढी घरको पुनःनिर्माण भएको छ । जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार फागुन दोस्रो सातासम्म ४० हजार ३१२ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदानमा घर पुनःनिर्माण गरेका छन् । पीडितलाई घर पुनःनिर्माणका लागि सरकारी.....

ललितपुरमा ‘स्मार्ट’ बत्ती जडान गर्दै महानगर

ललितपुरमा ‘स्मार्ट’ बत्ती जडान गर्दै महानगर

१२ फाल्गुन २०७५, आईतवार ०८:५२

ललितपुर । ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ। महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो । चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले.....