नेपाल अायल निगलमले पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ । निगमले राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा दुइ रूपैयाँ र पेट्राेल एक रूपैयाँ बढाएकाे छ । अबदेखि पेट्राेल, डिजेल र मट्टितेलकाे मूल्य क्रमश १ सय ६, ८७ रूपैयाँ ताेकिएकाे निगमका प्रवक्ता वीरेन्द्र गाेइतले जानकारी दिए । उनका अनुसार.....
यस वर्षको सुरुमा एबीबी एफआईए फर्मुला ई च्याम्पियनसिप प्रायोजनको सफलतापछि गत साताको अन्तिम दिन शनिबार १४ अप्रिलका दिन रोममा मर्सिडिज ईक्यूद्वारा प्रस्तुत २०१८ को सीबीएमएम नायबियम रोम ई–प्रिक्सको उद्घाटनमा कतार एयरवेजले आधिकारिक एयरलाइन पार्टनरका रुपमा प्रतिनिधित्व गर्यो । मर्सिडिज ईक्यूद्वारा.....
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मिडियाले आफ्नो दिमाग खलबलाएको बताएका छन् । मन्त्री यादबको दबाबमा बजार अनुगमन रोकिएको विषयमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । ‘मिडियाले दिमाग खलबलायो,’ मन्त्रालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री.....
एनसेलले ‘सही डाटा प्याक’ बजारमा ल्याएको छ । यस नयाँ सही डाटा प्याकमा ग्राहकले सुलभ दरमा चौबीसै घण्टा इन्टरनेटका साथै बोनसस्वरूप दैनिक एक घण्टा निःशुल्क भिडियोको मजा पनि लिन सक्ने कम्पनीले जनाएको छ । सही डाटा प्याक आउँदो बिहीबारदेखि देशैभर लागू हुनेछ । कम्पनीले डाटा योजनाअन्तर्गत एनसेलका ग्राहकले आधा.....
नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म लिन सकिने टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको छ । अफरअन्तर्गत ह्यापी विकेन्ड प्याक, अनलिमिटेड जिएसएम/सिडिएमए नाइट डाटा प्याक, एडिएसएल भोलुम.....
नयाँ वर्षको अवसर पारेर चितवनमा पहिलो पटक ‘नारायणगढ फुड फेस्टिबल’ आयोजना गरिएको छ । नारायणगढको क्याम्पाचौरमा बिहीबारदेखि सुरु भएको फुड फेस्टिबल (खाना महोत्सव) आगामी वैशाख ३ गतेसम्म जारी रहने महोत्सव संयोजक ज्ञानेन्द्रमान शाक्यले जानकारी दिए । अङ्ग्रेजी नयाँ वर्ष व्यापक रुपमा मनाइने तर विक्रम संवत्को.....
तालैतालको सहर पोखरामा पानीमा मनोरञ्जन लिने वाटर पार्क ‘बिग स्प्लास’ बिहीबारदेखि सञ्चालनमा आएको छ । आर्य दि रिसोर्ट एन्ड फन प्रालिद्वारा पोखरा लेखनाथ महानगरपालिका–१४ कुडहरस्थित १३ रोपनी क्षेत्रफलको जग्गामा वाटर पार्क निर्माण गरिएको हो । प्रालिका प्रबन्ध निर्देशक अमितराज मुल्मीका अनुसार वाटर पार्क.....
कास्कीको हेम्जामा जारी नवौँ राष्ट्रिय हेम्जा आलु महोत्सवमा बुधबार सातौँ दिनसम्म करिब ८० लाख रूपैयाँबराबरको आलुको कारोबार भएको छ । महोत्सव ५२ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक सुविन श्रेष्ठका अनुसार महोत्सवमा विभिन्न आलुका परिकारका स्वाद लिनुका साथै सांस्कृतिक कार्यक्रमको.....
चियाको गुणस्तर जाँचसहित चिया खरिद गर्न विदेशी व्यापारी इलाम आउन थालेका छन् । खरिदका लागि चियाको स्वाद परीक्षण गर्न हाल विभिन्न आठ देशका चिया व्यापारी यहाँ आएका हुन् । चिया उत्पादनको याम सुरु भएसँगै नेपालको चिया खरिद गर्न विदेशी व्यापारी आउन थालेका छन् । गुणस्तरीय चिया छनोट गरी खरिदका लागि आफूहरु यहाँ.....
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहारी सङ्घ लिमिटेडबीच सङ्घसँग आवद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक शरण रेग्मी र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष अर्जुनप्रसाद.....