नेपाल उद्योग परिसङ्घका राष्ट्रिय परिषद सदस्य तथा लक्की ग्रुपका निर्देशक रमेश गुप्ताको असामयिक निधनप्रति गहिरो दुख व्यक्त गरेको छ । भारतको दिल्लीमा उपचाररत उनको चैत १९ गते ६० वर्षको अल्पायुमै भएको निधनले परिसङ्घ अत्यन्त दुखीत भएको छ । नेपालका अत्यन्त जुझारु उद्यमीको निधनले देशले एक असल उद्योगी तथा.....
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालमा पनि डिजेल र पेट्रोलको मूल्य बढेको छ । नेपाल आयल निगमले डिजेल र पेट्रोलमा प्रति लिटर २ रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरको १ सय ५ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ पुगेको आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले.....
सदरमुकाम चरिकोटमा आगामी चैत ३० गतेदेखि ‘सडक महोत्सव २०७४’ को आयोजना गरिने भएको छ । नयाँ वर्ष मनाउन चरिकोट आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरि चैत्र ३० गते महोत्सवको आयोजना गर्न लागिएको हो । सदरमुकाम चरिकोटबीच बजारमा आयोजना गरिने महोत्सवमा विभिन्न होटलहरुले खानाका विभिन्न परिकारहरु सडकमै.....
भिभोले अल न्यु भी नाइन स्मार्टफोन बजारमा ल्याएको छ । युवा ग्राहकहरुका लागि लक्ष्य गरी पर्फेक्ट सट, पर्फेक्ट भ्यू र अल पावर्ड विशेषता सहितको उक्त फोन बजारमा आएको हो । आइतबार काठमाण्डौस्थित सोल्टी होटलमा उक्त स्मार्टफोन लन्च गरिएको हो । भिभोको फुलभ्यू डिस्प्ले र ९० प्रतिशत स्किन टु बडी अनुपात रहेको उक्त.....
उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारले कानुन र प्रशासनमा समसामयिक सुधार गर्दै आर्थिक र लगानी मैत्रीवातावरण बनाउने बताए । उपराष्ट्रपति पुनले नेपाल उद्योग परिसङ्घका पदाधिकारी एवं कार्यसमितिका सदस्यसँग भेटवार्ता गर्दै यस्तो बताएका हुन् । सरकार र निजी क्षेत्र एक अर्कालाई विश्वासमा लिएर साझेदारीको धारणाले.....
भारतको युनाइटेड स्प्रीट्स् इन्डिया लिमिटेड अन्तर्गतको युनाईटेड स्प्रीट्स् नेपाल नेपाली युवा उद्यमी राजेशवीर सिंह तुलाधारको पूर्ण स्वामित्वमा आएको छ । मोरङको टङ्किसिनबारीमा अवस्थित यस कम्पनीले एन्टिक्विटी, सिग्नेचर, म्याकड्वेल्स नम्बर वान ह्विस्की, गोल्डेन ग्रेप ब्रान्डी, ब्लु रिबान्ड जिन लगायतका.....
स्टकहोममा २१ मार्च २०१८ मा सम्पन्न ‘स्काईट्र्याक्स वर्ल्ड एयरपोर्ट अवार्ड्स – २०१८’ को चौथो ’सपिङका लागि सर्वश्रेष्ठ विमानस्थल’ र पाँचौ ’बेस्ट एयरपोर्ट फर डाइनिङ’ पुस्कार कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल (एचआईए)ले पाएको छ । स्काईट्र्याक्स वर्ल्ड एयरपोर्ट अवार्ड्स विमानस्थल उद्योगको सबैभन्दा.....
भृकुटीमण्डपमा चलेको तेस्रो खाद्य मेला आइतबार सम्पन्न भएको छ । शुक्रबारबाट सुरु भएको मेलामा झन्डै ४० लाख रुपैया कारोबार भएको मेला आयोजक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रवक्ता पूर्णचन्द्र वस्तीले क्यापिटल नेपाललाइ जानकारी दिए । मेलाको झण्डै ५५ हजार दर्शकले अवलोकन गरेको उनले बताए । मेलामा.....
सुनचाँदीका व्यवसायीको संगठनहरु नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ एकीकरण हुने भएका छन् । दुवै महासङघका अध्यक्षहरु क्रमशः मोहनकुमार सुनार र रमेश महर्जन संयोजक रहने गरी एकीकृत गर्ने सहमति भएको हो । सुनचाँदी क्षेत्रमा देखिएका विद्यमान समस्यालाई दीर्घकालीनरुपमा समाधान.....
विश्व प्रसिद्ध स्मार्टफोनहरुमा हुवावे एक लोकप्रिय नाम हो । हालसम्म नोभा टु–आई, मेट टेन–प्रो र पी टेन–प्लसलगाएत निकै लोकप्रिय मोडल नेपाली बजारमा उपलब्ध भइसकेका छन् । यसैक्रममा हुवावेको नयाँ मोडल वाई–नाइन नेपाली बजारमा आगामि हप्ता सार्वजनिक हुने भएको छ । गत महिना नोभा टु–आईको सफलतासँगै अब वाई–नाइन पनि.....