थोरै मेहनत र छोटो समयमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि पर्वतकाे कुश्मा नगरपालिकाका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । नगरपालिकाका विभिन्न वडामा किबी खेतीको विस्तार अभियान थालिएको छ । एक हजार ४०० मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ । कुश्मा नगरपालिका–३ दुर्लुङका खेम गुरुङ विगत.....
प्रधानमन्त्री केपी शर्मा ओलीले जानजान कुनै निर्माण व्यवसायीले गल्ती गरेमा त्यस्ता व्यवसायीलाई कार्बाहीको दायरामा ल्याउने बताए । अहिलेको मुलुकी ऐनसँग कुनैपनि निर्माण व्यवसायी डराउनु पर्ने अवस्था नरहेको बताउँदै भुलचुकमा भएको गल्तीलाई सरकारले माफी दिने बताए । नेपाल निर्माण व्यवसायी महासङ्घको २० औं.....
पूर्वकानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले मुलुकमा देखिएको घुसखोरीको अन्त्य गर्न कमिसन कानुन ल्याउन माग गरेका छन् । उनले हाजिर गरेबापत तलब र काम गरेबपत कमिसन वा घुस खाने परिस्थितिको अन्त्य गर्न कमिसन कानुन बनाउनुपर्नेमा जोड दिएका हुन् । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री.....
एउटै प्रयोजनका लागि लिइएको जग्गामा सरकारले व्यवसायीलाई तेहोरो मर्का पारिरहेको छ । खानी सञ्चालनका लागि जग्गा लिँदा लिजकोे भाडा, नाफाको एक प्रतिशत दस्तुर र खानीले ओगटेको क्षेत्रफलबराबरको जग्गा किनेर सरकारलाई दिनुपर्ने बाध्यात्मक नियम छ । यस्तो नियमले नयाँ लगानी गर्न व्यवसायीलाई निरुत्साहित गरेको छ.....
मेलम्चीनगरपालिका–८ केउरानीका कोमल गिरीले यस वर्ष पाँच टनेलमा गोलभेँडा खेती गरे । व्यावसायिक रुपमा गोलभेँडा खेती गरेका गिरीले यस वर्ष चार टनेल थपे । उनले गोलभेँडा प्रतिकिलो ५० रूपैयाँमा बिक्री गर्दै आएका छन् । टनेलमा गरेको गोलभेँडा र अन्य तरकारी खेतीबाट उनले दुई वर्षमा ४९ हजार नाफा कमाए । टनेलमा तरकारी.....
सरकारले उखुको खोस्टाबाट उत्पादन हुने विद्युत् बिक्री गरेपछि पाँच प्रतिशत रकम उखु किसानलाई दिने भएको छ । चिनी उद्योगको सह उत्पादनको रुपमा रहेको उखुको खोस्टाबाट निकालिने विद्युत् बिक्री गरेबापत किसानले पनि लाभ लिन सक्ने भएका हुन् । चिनी उद्योग तथा मिलहरुलाई विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार भुक्तानी.....
भदौ २६ गते ‘नाडा अटो सो’ उद्घाटन गर्न पुगेका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आफ्नो सम्बोधनका क्रममा भने ‘सरकार उत्पादनमूलक उद्योगलाई मात्रै प्राथमिकतामा राख्छ, आयातमुखी अर्थतन्त्रलाई प्रश्रय दिँदैन ।’ व्यवसायीका बीचमा उभिएर उनले भने, उत्पादनमूलक उद्योग ल्याउनुस्, सरकारले हरेक सेवा सुविधा दिन तयार.....
बुटवल उपमहानगरपालिकाले आफ्नो १५ वर्षे दीर्घकालीन विकास गुरुयोजना सार्वजनिक गरेको छ । त्यसमा पाँच वर्षे आवधिक योजना समेटिएको छ । उपमहानगरपालिकामा एक वर्षअघि जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो वर्षलाई अध्ययन वर्षका रूपमा लिँदै अब समृद्धिको आधार वर्षका रूपमा दीर्घकालीन योजनासहित महत्वपूर्ण काम अगाडि.....
झापामा एक अर्ब रूपैयाँको लागतमा चाउचाउ उद्योग सञ्चालनमा आएको छ । झापाको मेचीनगर–१४ स्थित दुवागढीमा एक अर्ब रूपैयाँको लगानीमा मनषा थाई फुड्स प्रालि सञ्चालनमा आएको हो । आज आयोजित पत्रकार सम्मेलनमा सञ्चालक अजय अग्रवालले झापामा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले चाउचाउ उद्योग सञ्चालनमा ल्याएकाे.....
अर्धवार्षिक समीक्षाअघि पूरक बजेट नआउने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । ‘पूरक बजेटसम्बन्धी छलफल नै भएको छैन,’ अर्थमन्त्री खतिवडाले भने, ‘यो विषय कसरी बाहिर आयो ?’ अर्थ मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार अहिले बजेट कार्यन्वयनको अवस्थामा रहेकाले पूरक बजेटको सम्भावना.....