प्रदेश सरकारले उद्योग–व्यवसायमैत्री नीति र ऐन ल्याउन आवश्यक गृहकार्य सहित योजना तर्जुमा गरिरहेकाले निजी क्षेत्र हतोत्साही हुनु पर्ने कुनै कारण नभएको धारणा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलल व्यक्त गरेका छन् । नेपाल उद्योग परिसङ्घले प्रदेश सरकारको नीति तथा योजना आयोगसँगको सहकार्यमा आयोजित प्रदेश.....
जनसेवी लघुवित्त वित्तीय संस्थाले साधारण प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अङ्कित चार करोड २० लाख रुपैयाँ बराबरका ४ लाख २० हजार कित्ता आईपीओ निष्कासनको अनुमति मागेको हो । कम्पनीले निष्कासन गर्ने सेयरको बिक्री प्रबन्धकमा एनएमबी.....
कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले कृषि मन्त्रालयअन्तर्गत रहेका केही निकायहरु निकम्मा भएको भन्दै त्यस्ता निकायलाई हटाउने बताएका छन् । राष्ट्रिय किसान आयोगको दोस्रो वार्षिक प्रगति समीक्षा कार्यक्रमका अवसरमा उनले यस्तो बताएका हुन् । कृषि तथा पशु विकास मन्त्रालयअन्तर्गतका दर्जनभन्दा बढी निकाय.....
म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी ‘ऊर्जा नदी’मा रुपान्तरण हुँदैछ । प्रस्तावित जलविद्युत् आयोजनाहरु निर्माण भएमा म्याग्दीको अधिकांश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ । मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीबाट पाँच अाेटा जलविद्युत् आयोजना निर्माणको.....
उदयपुर उद्योग वाणिज्य सङ्घ कटारीका अध्यक्ष पुस्कर खड्काले मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले आफूलाई भ्रममा पारेर हस्ताक्षर गराएको भन्दै आपत्ति जनाएका छन् । एउटा कार्यक्रम गरेर अर्को विषयमा हस्ताक्षर गराएको भन्दै खड्काले एक विज्ञप्ति निकाल्दै आफूले गरेको हस्ताक्षर फिर्ता लिएको जानकारी गराएका.....
गोरखा जिल्लामा नक्कली नोटको बिगबिगी बढेको छ । नक्कली नोट भेटिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बैंक तथा बित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिलाई कार्यकक्षमा बोलाइ अनिवार्य रुपमा नक्कली.....
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताएका छन् । सञ्चार केन्द्र नेपालले बिहीबार यहाँ आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं देखिएका चुनौती’ विषयक अन्तरक्रियामा उनले बेलाबेलामा.....
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकारले तोकेको सीमाभित्र रही (२० प्रतिशत) नाफा राखेर मात्र व्यापार गर्न निर्देशन दिएका छन् । उनले व्यापार तथा उद्योग गर्ने नाममा तोकिएभन्दा बढी नाफा कमाउन खोज्ने जो सुकैलाई पनि सरकारले नछाड्ने बताए । विगतमा गरिएको अनुगमनमा बजार व्यवस्थित नदेखिएकाले.....
रोल्पा जिल्लाका सामुदायिक वनले खोटो बिक्री गरी वर्षेनी पर्याप्त आम्दानी गर्ने गरेका छन् । खाटो बिक्रीबाट गत वर्ष जिल्लाका १९१ सामुदायिक वनले दुई करोड ३९ लाख ८६ हजार रूपैयाँ आम्दानी गरेका छन् । जिल्लाका ६३७ सामुदायिक वनमध्ये अघिल्लो वर्ष १९१ वनले ६ खोटो कम्पनीलाई २३ लाख ९८ हजार ६४६ किलो खोटो बिक्री गरेका.....
पर्वतका किसान माछापालनतर्फ आकर्षित भएका छन् । पर्याप्त आम्दानी लिन सकिने भएपछि किसान त्यसतर्फ आकर्षित भएका हुन् । मोदी गाउँपालिका–२ का वडाध्यक्ष विकास तिमिल्सिना र बागलुङको धौलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक यामप्रसाद शर्माले माछा बिक्रीबाट एउटै याममा ६० लाख आम्दानी गरेका छन् । उनीहरुले सञ्चालन.....