अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले लिएको दोहोरो अङ्कको आर्थिक वृद्धिको लक्ष्य निजी क्षेत्रबिना असम्भव रहेको बताएका छन् । निजी क्षेत्रले दुई तिहाइ लगानी गर्ने भएकाले निजी क्षेत्रबिना आर्थिक वृद्धिको सम्भावना नरहेको बताएका हुन् । आर्थिक पत्रकार समाज (सेजन)को १९औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै.....
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको मन्त्रीस्तरीय बैठक सुरु भएको छ । मन्त्रीस्तरीय बैठकको अध्यक्षता नेपालले आजै हस्तान्तरण गर्नेछ । बैठकमा बङ्गलादेशका विदेशमन्त्री अबुल हसन महमूद अली, भारतका बाह्य मामिला राज्यमन्त्री भीके सिंह, म्यान्मारका.....
उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रितम खड्गी निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनको गए राति अन्तिम परिणाम सार्वजनिक भएको हो । निवर्तमान अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत) लाई ६७ मत अन्तरले पराजित गर्दै खड्गी आगामी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । खड्गीले ८४४ मत प्राप्त.....
पाँचथरमा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरले राज्यलाई तिर्नुपर्ने कर अझसम्म तिरेका छैनन् । जी एन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर ती हाइड्रोपावरले नतिरेका हुन् । जिससले खुलाएको बोलपत्र(टेन्डर) पारेर कर उठाउने जिम्मा पाएको जी एन कन्स्ट्रक्सनलाई कर नतिरेका हुन् । गत.....
काठमाडौंमा भदौ १४ र १५ गते बङ्गालको खाडीको प्रयास बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग (बिम्स्टेक) आयोजना हुँदै छ । स्थापनाको २१ वर्ष भइसक्दा पनि यो अझै आफ्नो खुट्टामा उभिन सङ्घर्ष गर्दै छ । दक्षिण एसिया तथा दक्षिणपूर्व एसियाका बङ्ग्लादेश, भूटान, भारत, नेपाल, श्रीलङ्का, म्यान्मार तथा थाइल्यान्डसहित.....
प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले त्यस क्षेत्रका देशहरुबीच आर्थिक एकीकरण, कनेक्टिभिटी (रेल, यातायात, ऊर्जा र हवाई) र बुद्धिस्ट सर्किटको पहुँच विस्तारमा सहयोग गर्ने बताएका छन् । बिमस्टेक सम्मेलनबारे.....
प्रतिनिधिसभाअन्तर्गतको विकास समितिले काठमाडौंवासीको पानीको उच्च मागलाई सम्बोधन गर्न मेलम्ची खानेपानी प्रणालीमा एङ्ग्री र लार्के खोलाबाट थप १७ करोड लिटर पानी थप्ने विषयमा तदारुकताका साथ काम गर्न खानेपानी मन्त्रालयललाई निर्देशन दिएको छ । समितिले यस सम्बन्धमा गरिनुपर्ने कार्यहरु (आईईई, ईआईए, डीपीआरलगायत)का.....
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सन् १९९१ मा श्रीलङ्कामा सम्पन्न छैटौँ शिखर सम्मेलनले पारित गरेको कोलम्बो घोषणापत्रको बुँदा नं १७ मा सार्क क्षेत्रका नागरिकले कम्तीमा पनि दालभात खान पाउनुपर्ने कुरामा जोड दिइएको थियो । ‘दालभात’ गरीबी निवारण गर्ने प्रयासमा सार्क क्षेत्रीय मञ्चको एक प्रतीकात्मक.....
बाढी र पहिरोले विद्युत्को नहर बगाएपछि यहाँका चार हजारभन्दा बढी स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । जिल्लाको नलगाड नगरपालिकाको वडा नं २, ३, ४ र ५ को बीचमा रहेको झुर्मेखोलामा गत साउन २९ गते आएको बाढीले नहर बगाएपछि नलगाड नगरपालिकाका छ वटा लघुजलविद्युत् आयोजना बन्द भएका हुन् । बाढी पहिरोले आठ किलोवाटको.....
बिहीबारबाट सुरु हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को तयारीका लागि विदेश मन्त्रालयका सचिवहरुको बैठक सुरु भएको छ । बैठकमा सदस्य राष्ट्रका परराष्ट्र तथा विदेश मन्त्रालयका सचिवहरु सहभागी भएका छन् । होटल सोल्टीमा सुरु भएको बैठकमा शिखर सम्मेलनका सारभूत.....