मुख्य नगदेबालीका रुपमा रहेको चियाको निर्यात बढ्ने अपेक्षा लिइए पनि एक वर्षका बीचमा निर्यातभन्दा आयात बढी देखिएको छ । गत आर्थिक वर्ष २०७४/०७५ मा १० अर्ब ७४ करोड ७४ लाख ९३ हजार रुपैयाँको चिया, कफी र अन्य मसलायुक्त पत्ती आयात भएको हो । त्यसैगरी सो अवधिमा विभिन्न मुलुकमा झन्डै ९ अर्ब २० करोड ४ लाख ६० हजार रुपैयाँको.....
इलाममा उत्पादन भएको अदुवामा झापाले निकासी कर लगाउन थालेको छ । व्यवसायीले झापा जिल्ला समन्वय समितिले भन्सार विन्दु काँकरभिट्टामा लिने गरेको सो निकासी कर कानून विपरीत भएको बताएका छन् । आइतबार भारततर्फ सुनिता ट्रेडर्सको नाममा निकासी हुन लागेको १० हजार किलो अदुवामा समन्वय समितिले पाँच हजार रूपैयाँ निकासी.....
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा विद्युत् व्यापार तथा आदानप्रदानका लागि मार्ग प्रशस्त गर्ने गरी समझदारी गरिने भएको छ । विद्युत् व्यापार तथा सहजीकरणका लागि ‘बिम्स्टेक ग्रीड’ निर्माण गर्ने र त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा.....
उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)लाई अद्यावधिक गर्नेसम्बन्धी संयुक्तराज्य अमेरिका र मेक्सिकोका मध्यस्थकर्ताको वार्ता सोमबार पुनः आरम्भ गर्ने तयारी थालिएको छ । वासिङ्टनमा दुवै पक्षबीच साताभर चलेको अनौपचारिक वार्तामा व्यापार र लगानीका विषयमा व्यापक छलफल भएको र दुवै पक्ष सहमति नजिक.....
विचौलियाले उच्च मुनाफा राखेर उपभोक्ता ठगेपछि सरकार तरकारी बजारप्रति आक्रामक रुपमा प्रस्तुत भएको छ । अघिल्लो साता कालिमाटी तरकारी बजारमा अनुगमन गरेर कारबाही प्रक्रिया अघिबढाएको उद्योग वाणिज्य तथा आपूर्ति विभागले सोमबार विहान बल्खु तरकारी बजारमा पनि अनुमगन गरेको हो । सोमबार बिहान झिसमिसे (४ बजे)मा बल्खु.....
कृषकलाई सहयोग पुर्याउने उद्देश्यले पर्वत र बागलुङ जिल्ला हेर्ने गरी पर्वतमा ‘कृषि ज्ञान केन्द्र’ स्थापना भएको छ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने गरी कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो । कुस्मामा स्थापित कार्यालयको पर्वत र बागलुङ जिल्ला कार्यक्षेत्र.....
मागको आधारमा सुन खरिद गर्न नपाएर ग्राहकलाई रित्तै फर्काउनु परेपछि चितवनका सुन व्यवसायीले चार दिनदेखि सुन पसल बन्द गरेका छन् । बैंकबाट पर्याप्त सुन नपाएपछि आन्दोलन स्वरुप नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको आह्वानमा पसल बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । चितवनमा देखिएको यो समस्या देशभर फैलिएको छ ।.....
कर्णाली प्रदेशको जुम्लामा लगानी सम्मेलन हुने भएको छ । केन्द्रको अधिकार विकेन्द्रिकृत भएसँगै स्थानीय सरकारले पनि लगानी जुटाउने पहल सुरु गरेको हो । जुम्लाको चन्दननाथ नगरपालिकाले लगानी भित्राउनका लागि पहिलोपटक लगानी प्रवद्र्धन सम्मेलन आयोजना गर्ने भएको छ । आगामी भदौ २९ गते चन्दननाथ नगरपालिकास्थित कर्णाली.....
अनौपचारिक कारोबार वृद्धि भइरहेको भन्दै ठूला दरका पुराना नोट बन्देज गर्नुपर्नेमा सांसदहरुले लबिङ थालेका छन् । नेकपाका सांसदहरुले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गर्न नोटबन्दी गर्नुपर्ने भन्दै सार्वजनिक बहस सुरु गरेका छन् । त्यसैको परिणाम गत साता नोटबन्दीले सङ्घीय संसदमै स्थान पायो । सङ्घीय संसदको.....
उखु किसानले अझै ४ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी पाउन बाँकी रहेको पाइएको छ । गत आर्थिक वर्ष २०७४/०७५ मा किसानबाट झन्डै ११ अर्ब रुपैयाँ बराबरको उखु विभिन्न चिनी उद्योगले खरिद गरेपनि अहिलेसम्म भुक्तानी नदिएको नेपाल उखु किसान सङ्घका अध्यक्ष कपिलमणि मैनालीले जानकारी दिए । गत वर्ष चिनी उद्योगहरुले कारोबार.....