अर्थतन्त्र


पूर्व उपाध्यक्ष श्रेष्ठ र वरिष्ठ सदस्य हिराचनको संयोजकत्वमा छानबिन समिति गठन

पूर्व उपाध्यक्ष श्रेष्ठ र वरिष्ठ सदस्य हिराचनको संयोजकत्वमा छानबिन समिति गठन

१४ माघ २०७५, सोमबार ११:४८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले कृषि उद्यम केन्द्रमा भ्रष्टाचार भएको ठहर गरेको छ । केन्द्रमा भ्रष्टाचार भएको भन्दै महासङ्घले छानबिन गर्न महासङ्घकै वरिष्ठ सदस्य शकुन्तलाल हिराचनको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त समितिमा सदस्य विनोद ढकाल छन् । यो समितिले कृषि उद्यम केन्द्रका परियोजना.....

उद्योग वाणिज्य महासंघमा आर्थिक अनियमितता विवाद चुलियो, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले दिए राजीनामा

उद्योग वाणिज्य महासंघमा आर्थिक अनियमितता विवाद चुलियो, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले दिए राजीनामा

१३ माघ २०७५, आईतवार १९:३७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कोषध्यक्ष पदबाट व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले पदबाट राजिनामा दिएका छन् । कृषि उद्यम केन्द्रमा भएको अनियमितता सार्वजनिक गरेको आरोप लागेपछि प्रधानले राजीनामा गरेका हुन् । कृषि उद्यम केन्द्रमा भएको अनियमितताको विषयलाई लिएर महासंघ भित्र तिब्र विवाद उत्पन्न.....

महासङ्घका कार्यसमिति सदस्यबीच विवाद, २ बजे डाकिएको बैठक ६ बजेसम्म सुरु हुन सकेन

महासङ्घका कार्यसमिति सदस्यबीच विवाद, २ बजे डाकिएको बैठक ६ बजेसम्म सुरु हुन सकेन

१३ माघ २०७५, आईतवार १८:०६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको कृषि उद्यम केन्द्रमा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेपछि आइतबार २ बजेलाई डाकिएको कार्यसमितिको बैठक अहिलेसम्म बस्न सकेको छैन । महासङ्घमा पदाधिकारी र कार्यसमिति सदस्य दुई गुटमा विभाजित भएपछि कार्यसमिति बैठकले.....

व्यक्ति तथा कम्पनीलाई खनिज उत्खनन अनुमति

व्यक्ति तथा कम्पनीलाई खनिज उत्खनन अनुमति

१३ माघ २०७५, आईतवार १३:४६

काठमाडौँ । खानी तथा भूगर्भ विभागले देशभरका २४१ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले चालू आर्थिक वर्षमा देशका विभिन्न भू–भागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त सङ्ख्यामा उत्खनन गर्न अनुमति प्रदान गरेको हो । अनुमति दिएका खानीमध्ये.....

पन्ध्र लाखको च्याउ बिक्री

पन्ध्र लाखको च्याउ बिक्री

१३ माघ २०७५, आईतवार १३:२७

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रका च्याउ खेतीमा संलग्न किसानले १५ लाख रूपैयाँभन्दा बढीको कन्ये जातको च्याउ बिक्री गरेका छन् । नगरपालिकाको कृषि विकास शाखाबाट अनुदानमा बीउ र प्रविधिमा सहयोग पाएपछि एकसय किसानले च्याउ खेती गरेका हुन् । सय वटा नमुना च्याउ घर बनाई किसानले च्याउ उत्पादन गर्दै.....

हुन्डी कारोबार मौलाएको भन्दै रेमिट कम्पनीमाथि अर्थको निगरानी

हुन्डी कारोबार मौलाएको भन्दै रेमिट कम्पनीमाथि अर्थको निगरानी

११ माघ २०७५, शुक्रबार १४:०३

काठमाडौं : रेमिट्यान्स कम्पनीहरुले नै हुन्डी कारोबारलाई प्रश्रय दिएको आशङ्कामा सरकारले निगरानी थालेको छ । पछिल्लो समय विदेश जाने नेपालीको सङ्ख्या घटे पनि रेमिट्यान्स रकममा चामत्कारिक वृद्धि देखिएपछि सरकारले रेमिट्यान्स कम्पनीहरुमाथि यसअघिको कारोबारलाई खोतल्न थालेको हो । खासगरी रेमिट्यान्स कम्पनीहरुले.....

प्रवासी नेपालीलाई प्रधानमन्त्री ओलीले भने— लगानी सम्मेलन सफल पार्न लागिपर्नुस्

प्रवासी नेपालीलाई प्रधानमन्त्री ओलीले भने— लगानी सम्मेलन सफल पार्न लागिपर्नुस्

११ माघ २०७५, शुक्रबार १३:०६

स्वीट्जरल्याण्ड : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाल सकारात्मक बाटामा अगाडि बढेकाले प्रवासी नेपाली जनतालाई अलमलमा नपर्न र विदेशी मित्रलाई नेपालप्रति पूर्वाग्रही नहुन आग्रह गरेका छन् । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नियोगका लागि स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत.....

मापदण्ड विपरीतका क्रसर उद्योगलाई सञ्चालनमा रोक

मापदण्ड विपरीतका क्रसर उद्योगलाई सञ्चालनमा रोक

११ माघ २०७५, शुक्रबार १०:३९

रत्ननगर । मापदण्डविपरीत सञ्चालित चितवनका चार क्रसर उद्योगलाई भरतपुर महानगरपालिकाले सञ्चालनमा रोक लगाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी र भरतपुर महानगरको राजस्व विभागको संयुक्त टोलीले त्रिशूली किनारका तीन र भरतपुर–२१ को एउटा क्रसर उद्योगलाई सञ्चालनमा रोक लगाएको हो.....

विद्युतीय बीजकमा कडाइ गर्दै सरकार, ३५ करोडभन्दा बढी कारोबार गर्ने करदातालाई चैतसम्मको समय

विद्युतीय बीजकमा कडाइ गर्दै सरकार, ३५ करोडभन्दा बढी कारोबार गर्ने करदातालाई चैतसम्मको समय

११ माघ २०७५, शुक्रबार ०९:०६

काठमाडौं । सरकारले विद्युतीय बीजकमा कडाई गरेको छ । आन्तरिक राजस्व विभागले आउँदो चैतभित्र विद्युतीय बीजक जारी गर्न उद्योग तथा व्यावसायीक प्रतिष्ठानलाई भनेको छ । विभागले वार्षिक ३५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने उद्योग प्रतिष्ठानलाई विद्युतीय बीजक जारी गर्नुपर्ने व्यवस्था गरेको हो । आउँदो चैतभित्र.....

एचआईडीसीएलले जलविद्युतमा ३६ अर्ब २६ करोड लगानी गर्ने

एचआईडीसीएलले जलविद्युतमा ३६ अर्ब २६ करोड लगानी गर्ने

१० माघ २०७५, बिहीबार १६:१५

काठमाडौं । सार्वजनिक निजी साझेदारीमा स्थापना भएको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले आउँदो ५ वर्षमा जलविद्युत आयोजनामा ३६ अर्ब २६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । एचआईडीसीएलले ३ हजार २३८ मेगावाट क्षमताका आयोजना बनाउन स्वपुँजी र ऋण गरी सो रकम लगानी गर्ने.....