बनियानी : झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ । कनकाई–२ का ३७ वर्षीय दीपक चापागाईंले ७० लाख रूपैयाँको लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना गरी काँटी उत्पादन शुरु गरेका हुन् । दक्षिण कोरियामा आधा दशक परिश्रम गरेर फर्केका चापागाईंले स्वदेशमै उद्योग.....
काठमाडौं : भारतको रक्सौलदेखि अमलेखगन्जसम्म पाइपलाइनबाट डिजेल आउन थालेपछि नेपाल आयल निगम लिमिटेडको वार्षिक २ अर्ब ७९ करोड रुपैयाँ ढुवानी खर्च जोगिने भएको छ । अहिले रक्सौलबाट अमलेखगन्जसम्म ट्याङ्करबाट पेट्रोलियम पदार्थ ल्याउँदा ढुवानी खर्च अर्बौं रुपैयाँ लाग्ने गरेकोमा अब बचत हुने भएको छ । यसले गर्दा.....
काठमाडौं : सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले उपसमितिकै प्रतिवेदनका आधारमा कसैलाई कारबाही नगर्ने स्पष्ट पारेका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै प्रवक्ता बास्कोटाले उपसमितिले बनाएको प्रतिवेदन समितिलाई नबुझाई सार्वजनिक गरेकोप्रति आपत्ति जनाएका छन् । उनले.....
बर्दिवास : पुस तेस्रो साता सकिन लाग्दासम्म चिनी उद्योग सञ्चालनमा आउने कुनै भेउ नपाएपछि महोत्तरीका उखु किसान आफैँ उखु पेलेर सख्खर बनाउन थालेका छन् । जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डिष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, एभरेष्ट चिनी मिल) ले यसपाली उखु क्रसिङबारे.....
काठमाडौं : सरकारले उखुको खुद्रा मूल्य निर्धारण गरेको छ । गत शुक्रबार र सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिएका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री बास्कोटाले.....
काठमाडौं : बजार अध्ययनबिनै ग्यास उद्योग स्थापना गरेका उद्योगीले उद्योग सञ्चालन गर्न नसकेपछि धमाधम बिक्री गर्न थालेका छन् । उद्योग स्थापना गर्नुपूर्व बजारको अध्ययन नै नगरी करोडौं रुपैयाँ लगानी गरेका उद्योगीले अहिले ठूला तथा स्थापित उद्योगलाई आफ्नो उद्योग बिक्री गर्न थालेका छन् । केही समयअघि नेपाल ग्यासले.....
पर्वत : पर्वत महाशिला गाउँपालिका–५ लुंखुको काउले गाउँ प्राङ्गारिक गाउँको रुपमा विकास हुँदै गएको छ । गाउँमा रहेका ३७ घरधुरी सबै जैविक तरकारी उत्पादनमा सक्रिय हुन थालेपछि प्राङ्गारिक गाउँको रुपमा विकास हुँदै गएको हो । उक्त गाउँमा हरेक घरधुरीमा गरी १०० बढी प्लाष्टिक टनेल छन् । हरेकका टनेलमा लटरम्म तरकारी.....
नगराइन : धनुषाको नगराइन नगरपालिका–६, लगमाका किसान नयाँ प्रविधिको बोक्न मिल्ने सोलार पम्पबाट प्रदूषणरहित तरिकाले र सजिलैसँग सिँचाइ गर्न पाएर निकै खुशी देखिन्छन् । चिनियाँ प्रविधिको बोक्न मिल्ने करीब ३२ किलो मात्र तौल भएको सजिलो र सौर्य ऊर्जाले चल्ने पम्प आउनुअघि डिजेलबाट चल्ने पम्प चलाउँदा वातावरण.....
काठमाडौं : सरकारले जग्गामा मोहियानी हकको अन्त्य गर्न लागेको छ । अब जमिनमा मोहियानी हक नलाग्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जमिनमा मोहियानी हक कायम नहुने जानकारी गराएको छ । जग्गाको दोहोरो स्वामित्व अन्त्य गर्न मोही लागेको जग्गाधनी र मोही दुवैले वा कुनै एक पक्षले मोही लागेको.....
काठमाडौं : निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषले निर्माण अवधिको ब्याज मात्रै २० अर्ब रुपैयाँ लिने भएको छ । गत आर्थिक वर्षसम्म १४ अर्ब ४२ करोड ५८ लाख रुपैयाँ रहेकोमा यो वर्ष ५ अर्ब ४१ करोड ५६ लाख रुपैयाँ थप भई १९ अर्ब ८४ करोड रुपैयाँ पुग्ने.....