तिब्बतको मानसरोवर पुग्न अघिल्लो वर्षभन्दा कम यात्रु भएपनि यस वर्ष आठ हेलिकप्टर कम्पनीका १० ओटा हेलिकप्टर एक महिनाका लागि हुम्लाको सिमीकोटमा नै आधार क्षेत्र बनाउने भएका छन् । बढी मात्रामा भारतीय पर्यटक आउने सो क्षेत्रमा गत वर्षभन्दा यस पटक यात्रु कम आउँदा उडानको चाप कम भएपनि चहलपहल भने उस्तै रहेको हेलिकप्टर.....
पर्यटकको आगमनमा कमी हुने समय पारेर सौराहाका होटल व्यवसायीले स्तरोन्नतिको काम थालेका छन् । असारमा वर्षभरि नै सबैभन्दा कम पर्यटक आउने गर्दछन् । जेठसम्म सामान्य अवस्थामा रहने भए पनि असारमा सौराहा क्षेत्र सुनसान हुन्छ । साउन लागेपछि क्रमशः पर्यटक आगमनमा वृद्धि हुँदै जान्छ । असारमा सरकारी निकायले बजेट.....
सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१८ को मे मा ६८ हजार ८२५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । योसहित पाँच महिनामा चार लाख ५४ हजार ८५५ विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०१७ को सोही.....
हेलिकप्टरमा पायोनियर श्री एयरले थप नयाँ जहाज भित्र्याएको छ । क्यानेडेयर रिजनल जेट ७०० (सीआरजे) सोमबार मात्र काठमाडौं आइपुगेको एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । यससँगै श्रीसँग सीआरजे ७०० जहाज दुई र सीआरजे २०० जहाज दुई पुगेका छन् । ७० सिट क्षमताको उक्त जहाजले काठमाडौं विमानस्थललाई.....
यती एयरलाइन्सको जेटस्ट्रिम जहाज दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंबाट ३० जना यात्रुसहित पोखरा गएको उडान नं ६८१ को ९ एन–एएचयू कलसाइनको जहाज अवतरणपछि पार्किङमा जाने क्रममा चिप्लिएर घाँसे मैदानमा पुगेको हो । जहाज चिप्लिएको एयरलाइन्सका प्रवक्ता भीमराज राईले जानकारी दिए । दिउँसो पौने ३ बजे अवतरण गरेकोमा.....
अन्तराष्ट्रिय उडानका लागि नेपाललाई थप प्रवेश मार्ग उपलब्ध गराउन भारतीय पक्ष सहमत भएको छ । तिन दिनसम्म नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणवीच भएको वार्तामा नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश बिन्दुका लागि काठमाण्डौ देखि विराटनगर र काठमाण्डौ देखि जनकपुरवीचको हवाईरुटलाई.....
धेरै वर्षसम्म विदेशमा बसेर गाउँ फर्किएका बेनी नगरपालिका–४ बास्कुनाका बासिन्दाले गाउँमा ‘एफएम भिलेज’ अर्थात् ‘फुड एण्ड मिल्क भिलेज’ बनाउने अभियान थालेका छन् । कृषि पेशामा सम्भावना देखेपछि उनीहरु गाउँ फर्किएका हुन् । बास्कुनाका बासिन्दा अहिले पशुपालन, तरकारी खेती र फलफूल खेती गरी गाउँलाई फलफूल र दूधको.....
फिफाको आधिकारिक पार्टनर तथा एयरलाइनका रुपमा कतार एयरवेजले २०१८ को फिफा विश्वकप रुसमा भएको शुभारम्भ भव्य रुपले मनाएको छ । विश्वभरिका फुटबल प्रशंसकले तीव्र पतीक्षा गरिरहेको यो महाउत्सवमा कतार एयरवेजले बहुसङ्ख्यक खेलप्रेमीलाई यहाँ आउने तारतम्य मिलाएको छ । टूर्नामेन्ट आरम्भ भएको खुसियाली मनाउन पुरस्कार.....
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणार्थ नेपाल र चीनबीचको सीमा नाका रसुवागढीबाट सामान आउने क्रम शुरु भएको छ । निर्माणका लागि हालै २६ वटा टिपर र दुईवटा पानी ट्याङ्कर रसुवागढी नाकामा आइसकेकामा १४ वटा टिपर चिनियाँ नाका पार गरी रसुवाको घट्टेखोला आइपुगेको चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङतर्फबाट.....
उजुरी परेका ट्राभल एजेन्सीलाई जोगाउन नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले विज्ञप्ति जारी गरेको छ । नेपाल आउने विदेशी पर्यटक पदयात्राका क्रममा बिरामी भएको अवस्थामा उद्धार गरी चर्को रकम असुल गरी ठगी गर्ने ट्राभल/ट्रेकिङ एजेन्सीविरुद्ध उजुरी परेको समाचार क्यापिटल नेपाल अनलाइनमा प्रकाशित भएपछि.....