काठमाडौं : गएको मङ्सिर ८ गते चितवनमा प्रचण्डलाई खुकुरी प्रहारको प्रयास भएको भन्दै समाचार बनाएको आरोपमा प्रहरीले पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सम्पादक चन्दलाई काठमाडौंको मनमैजुबाट पक्राउ गरेको हो । कार्यक्रमका सिलसिलामा चितवन पुगेका प्रचण्डमाथि.....
काठमाडौं : काठमाडौँ महानगरपालिकाको सहकार्यमा निजी कम्पनीले काठमाडौं उपत्यकाका ७० स्थानमा स्मार्ट डस्टबिन (अाधुनिक फोहर सङ्कलन गर्ने भाँडो) राख्न सुरु गरेको छ । कृष्ण सप्लायर्स प्रालिले प्रतिथान ६ लाख रूपैयाँ पर्ने फोहर सङ्कलन गर्ने आधुनिक भाँडो मानिसको अत्यधिक चाप हुने स्थानमा राख्न सुरु गरेको हो.....
बाँदरको आतङ्क बढेपछि भोजपुर रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका स्थानीयबासी समस्यामा परेका छन् । बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका छन् । बाँदरले बस्तीमा पसेर दुःख दिन थालेपछि गाउँका तल्लो भेगका करीब आठदेखि दश घर परिवारले गाउँ नै छाडेका छन् । विगतका वर्षमा.....
नेपाल-चीनबीच व्यापार व्यवसाय सञ्चालन भइरहेको पासाङल्हामु राजमार्गमा गुड्ने सवारी साधनप्रति निगरानी गर्ने काम अगाडि बढेको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार व्यापार व्यवसायका नाउँबाट गैह्रकानुनी क्रियाकलाप गरी विदेशी मुद्रा अपचलन गर्न थालेको पाइएपछि ठाउँठाउँको चौकीबाट हुने नियमित जाँचको.....
पछिल्लो समय काठमाडौं उपत्यकामा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालू आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ । आव २०७४/७५ मा ३२६ महिलाले मापसेसम्बन्धी चेतनामूलक कक्षा.....
महानगरीय प्रहरी परिसर ललितपुरले चार वर्र्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक खुमलाल भुुसाल नेतृत्वको टोलीले महानगरपालिका –२२ फर्सिडोल बस्ने ४० वर्षीय दुर्लभ शाक्यलाई सोही स्थानबाट सोमबार पक्राउ गरेको हो । शाक्यलाई जिल्ला अदालत ललितपुरले विसं २०७१ चैतमा कुटपिट अङ्गभङ्ग मुद्दामा.....
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मङ्लबारदेखि लागू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कोष सञ्चालनको प्रारम्भ गरेसँगै सो कार्यक्रम लागू भएको हो । यो कार्यक्रम पूर्णरुपमा लागू भएपछि सरकारी कर्मचारीले जस्तै निजी क्षेत्रमा कार्यरत कर्मचारीलेसमेत पेन्सन पाउने.....
काठमाडौं : काठमाडौंको मैतीदेवीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम थर वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर महाँकालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका.....
काठमाडौं । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङ प्रहरीले एक युवक पक्राउ गरेको छ । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ताप्लेजुङको फुङलिङ नगरपालिका ९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको हो । सोबारे घरमा कोही नभएको मौका छोपी विकले बालिकालाई करणी गरेको भन्दै.....
नेपाली काग्रेसका नेता एवम् आदर्श पुरुष भीमबहादुर तामाङको स्मृतीमा उनको जन्मस्थल झुलेमा अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ । तामाङको छैटौं वार्षिक स्मृतिका अवसरमा भीमबहादुर तामाङ स्मृति तथा विकास केन्द्रको आयोजना र तामाकोसी गाउँपालिका २ को सहआयोजनामा अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल आयोजना.....