यूएस बङ्गला एयरलाइन्सले विभिन्न ट्राभल कम्पनीका १४ जना प्रतिनिधिलाई घुमाउन बङ्गलादेश लगेको थियो । दुई जना साथीहरु हिजो नै फर्किनुभयो । हामी आज आउँदै थियौं । एयरपोर्ट नजिक आइपुग्दा आकाशमा जहाज तीन राउण्ड घुम्यो । घुम्दा पनि धेरै तल तल उडिरहेको थियो । घर नजिकमा ठोक्किएला जस्तै भएको थियो । जहाज उत्तरतिरबाट.....
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको झीँ–पाखापानी सडकलाई दुई लेनको बनाउन आयोजना सुरु भएको छ । रघुगङ्गा गाउँपालिकाले बेनपा–१० पात्लेखेतको सिमानादेखि वडा नं ५ झीँ हँुदै ६ नं वडा पाखापानी जोड्ने फराकिलो बनाउन ७५ लाख रुपैयाँको लागतमा आयोजनाको काम सुरु गरेको हो । झीँको सिमानादेखि पाखापानीको ठोकलाखोला सम्मको.....
‘समृद्ध नुवाकोट हाम्रो अठोट’ भन्ने नाराका साथ विदुरमा सञ्चालन भएको पाँचौँ नुवाकोट महोत्सव आइतबार सम्पन्न भएको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा फागुन १६ गतेबाट सुरु भएको महोत्सव १२ दिनपछि आइतबार समापन गरिएको हो । समापन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाले.....
बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई विकास बजेटबाट तलब खुवाएको छ । बैतडीमा शिक्षकलाई तलब खुवाउन स्थानीय तहलाई हम्मेहम्मे परेको छ । शिक्षकका लागि आवश्यक रकम निकासा नभएपछि शिक्षकलाई विकास बजेटबाट तलब खुवाइएको दशरथचन्द नगरपालिकाका उप–प्रमुख मीना चन्दले.....
कोका–कोला नेपालले विश्वकप फुटबलको अवसर पारेर नयाँ अभियान सुरु गरेको छ । कम्पनीले यस अभियानको नाम ‘खेल्ने होइन त ?’ राखेको छ । ‘खेल्ने होइन त ?’ भन्ने अभियान मुख्यतया २ अर्थमा सार्थक बनाइएको छ । जसमा मानिसहरुलाई फुटबल खेल्न आह्वान गर्ने र ‘कोक खाम् रसिया जाम्’ भन्ने क्याम्पेनको बारेमा जानकारी दिनु हो । विश्वकप.....
मानवीय सेवामा संलग्न विश्वमै ठूलो सामाजिक संस्थामा पर्ने लायन्स क्लब इन्टरनेसनलले म्याग्दीका दुई सामुदायिक विद्यालयलाई चार करोड ५० लाख रुपैयाँमा भवन बनाइदिने भएको छ । जिल्लामा नेतृत्व, व्यक्तित्व विकास सँगै सामाजिक तथा परोपकारी कार्यमा सक्रिय रहेको लायन्सले बेनी नगरपालिका–९ तोरीपानीमा अवस्थित.....
एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा आज पदयात्रा गरिएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, रक्षा नेपाल लगायतका सङ्घसंस्थाद्वारा आयोजित भृकुटीमण्डपबाट सुरु भएको पदयात्रा भद्रकाली मन्दिर, सहिद गेट, नयाँ बाटो हुँदै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको.....
अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन आजदेखि सौराहामा सुरु हुँदैछ । सम्मेलनमा २० देशका १०० जना वैज्ञानिक सहभागी हुने बताइएको छ । नेपाल केमिकल सोसाइटी र वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरको संयुक्त आयोजनामा सम्मेलन सुरु गर्न लागिएको हो । अन्तर्राष्ट्रियस्तरमा र नेपालमा भएका खोज अनुसन्धान तथा उपलब्धि.....
बागलुङको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजना निर्माणको काम अन्तिमचरणमा आएर रोकिएको छ । जग्गाको मुआब्जा विवादका कारण फागुनभित्रै विद्युत् उत्पादन गर्ने तयारी प्रभावित बनेको छ । बाँधदेखि विद्युत् गृहसम्मको दुई हजार ७०० मिटर पाइपलाइनअन्तर्गतको जग्गाबारे विवाद भएको छ । विवादपछि पाइपलाइन.....
खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष न्यून पर्यटक भित्रिएका छन् । चालू आर्थिक वर्षमा हालसम्म २९ विदेशी पर्यटक भित्रिएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिए । निकुञ्जमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका.....