समाज


पब्जीको गुनासोमाथि छानबिन गर्न प्रहरीलाई निर्देशन

पब्जीको गुनासोमाथि छानबिन गर्न प्रहरीलाई निर्देशन

२६ चैत्र २०७५, मंगलवार १५:५९

काठमाडौं । अनलाइन भिडियो गेम प्लेयर्स अन्नोन्स ब्याटल ग्राउन्ड अर्थात् पब्जीले बालबालिकामाथि नराम्रो असर पुर्याएको जनगुनासो बढेपछि प्रहरीले पब्जीको समस्याबारे अनुसन्धान थालेको छ । पब्जीबाट उब्जेका समस्या र गुनासामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले आफू मातहतका प्रहरी कार्यालयलाई निर्देशन.....

अछाममा चट्याङ लागेर १ को मृत्यु,  १६ जना घाइते

अछाममा चट्याङ लागेर १ को मृत्यु, १६ जना घाइते

२६ चैत्र २०७५, मंगलवार ०८:४९

अछाम । सोमबार राति चट्याङ लागेर अछाममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले चट्याङ लागेर अछामको पञ्चदेवल विनायक नगरपालिका–७ बस्ने प्रसाद रावलको छोरा अन्दाजी १४ वर्षीय जनकको मृत्यु भएको जानकारी दिए । राति घरमा.....

वसुन्धरामा सकेट बम भेटियो

वसुन्धरामा सकेट बम भेटियो

२५ चैत्र २०७५, सोमबार १४:३३

काठमाडौं । वसुन्धराको ओसिस क्याफेसँगै जोडिएको घरमा सकेट बम फेला परेको छ । घरमाथि रहेको कम्युटर सेन्टरको सोफामुनि सकेट बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होवीन्द्र बोगटीले पुष्टि गरे। सोफा मुनि सकेट बम भेटिएको हो। हामी डिस्पोजका लागि तयारी गरिरहेका छौं। बम कसरी त्यहाँ पुग्यो भन्ने.....

सुर्तीजन्य पदार्थ बोक्न र प्रयोगमा निषेध

सुर्तीजन्य पदार्थ बोक्न र प्रयोगमा निषेध

२५ चैत्र २०७५, सोमबार ११:२४

विराटनगर । प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबारदेखि मन्त्रालय र मातहतका कार्यालयका सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ बोक्न र प्रयोग गर्न निषेध गरेको छ । समाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालय परिसरमा सुर्तीजन्य पदार्थ निषेध.....

काठमाडौंका सडकमा राति १० बजेसम्म सार्वजनिक गाडी चल्ने

काठमाडौंका सडकमा राति १० बजेसम्म सार्वजनिक गाडी चल्ने

२५ चैत्र २०७५, सोमबार ०९:१५

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा राति १० बजेसम्म भाडाका सार्वजनिक सवारी साधन अनिवार्य चलाउनु पर्ने व्यवस्था गरेको छ । आइतबार सम्पन्न काठमाडौं महानगरपालिकाको चौथो नगरसभाद्वारा पारित सवारी तथा यातायात व्यवस्थापन विधेयक ऐन–२०७५ मा यस्तो व्यवस्था गरेको हो । ऐनमा काठमाडौंका सहडकमा बिहान.....

एयरपोर्टका व्यवसायी सुवास श्रेष्ठले प्रहरीको संरक्षणमा अवैध डलर र मानव तस्करी गर्दै आएको खुलासा

एयरपोर्टका व्यवसायी सुवास श्रेष्ठले प्रहरीको संरक्षणमा अवैध डलर र मानव तस्करी गर्दै आएको खुलासा

२४ चैत्र २०७५, आईतवार २१:०९

काठमाडौं । गत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध डलरसहित पक्राउ परेका व्यापारी सुवास श्रेष्ठले उच्च प्रहरी अधिकारीसंगको सेटिङ्गमा विदेशी मुद्रा कारोबारका साथै कामदारलाई भिजिट भिसामा खाडी पठाउने गरेको अनुसन्धानबाट खुलेको छ । शुक्रबार परिवार लिएर बैकक जान लागेका श्रेष्ठलाई प्रहरीले.....

वडा सदस्यले सरकारी तलवभत्ताबाट स्टेचर वितरण गरे

वडा सदस्यले सरकारी तलवभत्ताबाट स्टेचर वितरण गरे

२४ चैत्र २०७५, आईतवार १२:१२

बागलुङ । बागलुङको जैमिनी नगरपालिका—७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले राज्यबाट पाएको तलव सुविधाबाट विपन्न गाउँका जनतालाई स्टेचर वितरण गरेका छन् । रसाईलीले आफ्नो तलवभत्ताबाट टोल—टोलमा २० ओटा स्टेचर वितरण गरेका हुन् । जनप्रतिनिधि भएपछि रसाईलीले सरकारबाट खाइपाई पाएको तलवभत्ता सामाजिक क्षेत्रमा लगाउँदै.....

ठुलो परिमाणमा विदेशी मुद्रासहित एकै परिवारका ५ जना पक्राउ

ठुलो परिमाणमा विदेशी मुद्रासहित एकै परिवारका ५ जना पक्राउ

२३ चैत्र २०७५, शनिबार १०:५०

काठमाडौं । प्रहरीले त्रिभुन अन्तर्राष्टिय बिमानस्थलबाट ठुलो परिमाणमा अवैध विदेशी मुद्रासहित एकै घरका ५ जनालाई पक्राउ गरेको छ ।शुक्रबार अपरान्ह काठमाडौंबाट थाई एयरबाट बैकक जान लागेका सुवास श्रेष्ठ सहित उनका परिबारलाई प्रहरीले पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा बिमानस्थलको सादा पोशाकको प्रहरीले.....

सडककाे धुलाे अझै हटेन,खाल्डाखुल्डी र सडकछेउमा ब्रुमर चलाउन कठिन

सडककाे धुलाे अझै हटेन,खाल्डाखुल्डी र सडकछेउमा ब्रुमर चलाउन कठिन

२२ चैत्र २०७५, शुक्रबार १७:३५

काठमाडौं महानगरपालिकाले दैनिक रूपमा ब्रुमर चलाएर सडक सफा गरिरहे पनि निर्माणस्थलबाट आएका धुलो, हिलो, माटो र सवारीसाधनले भित्र्याउने फोहरका कारण सडक सफा देखिएको छैन। अहिले ब्रुमर नपुगेका ठाउँका स्थानीयवासी आफ्नो ठाउँमा ब्रुमर नआइपुगेको गुनासो गरिरहेका छन् भने अर्कातिर ब्रुमरले अहिले सफा गरिरहेको सडकमा.....

ललितपुरमा ट्रकले भ्यानलाई ठक्कर दिँदा २ को मृत्यु

ललितपुरमा ट्रकले भ्यानलाई ठक्कर दिँदा २ को मृत्यु

२२ चैत्र २०७५, शुक्रबार १४:११

काठमाडौं । ललितपुरको सानेपा नजिकै सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जनक शिक्षा सामाग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रकले भ्यानलाई ठक्कर दिदाँ भ्यानका चालक इन्द्रबहादुर सुनवार र डोल्मा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । रोकिराखेको भ्यानमा ट्रकले ठक्कर दिँदा दुर्घटना भएको महानगरीय.....