समाज


लाजिम्पाटमा आगलागी, १ को मृत्यु ४ घाइते

लाजिम्पाटमा आगलागी, १ को मृत्यु ४ घाइते

२२ चैत्र २०७५, शुक्रबार १२:१४

काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित धर्म महर्जनको घरमा अगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । गएराति करिब १२ बजेतिर लागेको आगोले जलेर सोही घरमा डेरा गरी बस्ने ओखल्ढुङ्गा पोखरेका ४० वर्षीय भेषबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । अगलागीबाट सोही घरमा डेरा गरी बस्ने बर्दिया.....

फोहोर फाल्नेलाई फोहोर नै ‘उपहार’

फोहोर फाल्नेलाई फोहोर नै ‘उपहार’

२२ चैत्र २०७५, शुक्रबार ११:४१

झापा । झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा सरसफाई अभियानले बिहीबार नगर क्षेत्रमा फोहर फाल्नेलाई फोहर नै ‘उपहार’ दिएको छ । नगर क्षेत्रलाई स्वच्छ बनाउने अभियानमा जुटेको युवाको समूहले जथाभावी फोहर फाल्ने दुई पसललाई फोहर उपहार प्रदान गरेको अभियानका संयोजक कमल पोखरेलले बताए । प्रत्येक सोमबार.....

एकै सलले पासो लगाएर एकै परिवारका ३ जनाले गरे आत्महत्या

एकै सलले पासो लगाएर एकै परिवारका ३ जनाले गरे आत्महत्या

२२ चैत्र २०७५, शुक्रबार १०:०७

काठमाडौं । चितवनको भरतपुरमा एकै परिवारका ३ जनाले आत्महत्या गरेका छन् । बिहीबार साँझ महानगरपालिका वडा नं १८ चनौलीमा एकै परिवारका तीन जनाले सामूहिक आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आमा, छोरी र छोराले एकै ठाउँमा पासो लगाएर आत्महत्या गरेका हुन् । ३२ वर्षीय आमा माया आले, १४ वर्षीया.....

प्रशोधित खाने पानीविरुद्ध १५ ओटा मुद्दा

प्रशोधित खाने पानीविरुद्ध १५ ओटा मुद्दा

२१ चैत्र २०७५, बिहीबार १६:२४

काठमाडौं । चार महिनाको अवधिमा दूषित खाद्यवस्तु मिसावट, गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्रीवितरण कसुरमा २१ ओटा मुद्दा दायर भएका छन् । बिहीबार काठमाडौंमा आयोजित खाद्य तथा गुण नियन्त्रण विभागको दोस्रो चौमासिक कार्य विवरण सार्वजनिक कार्यक्रममा गत साउनदेखि अहिलेसम्म खाद्यवस्तु तथा प्रशाेधित पिउने.....

दोस्रो चौमासिकमा ६,०८० ओटा खाद्यवस्तुका लागि आयात अनुमति

दोस्रो चौमासिकमा ६,०८० ओटा खाद्यवस्तुका लागि आयात अनुमति

२१ चैत्र २०७५, बिहीबार १६:२०

काठमाडौं । खाद्य तथा प्रविधि गुण नियन्त्रण विभागले चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा ६,०८० ओटा खाद्यवस्तुका लागि आयात अनुमति जारी गरेको छ । विभागले विभिन्न कारण ४४ ओटा वस्तुको आयात अनुमतिलाई अस्वीकृत गरेको बताएको छ । आयात निर्यात निर्देशिकाअनुसार खाद्यवस्तु आयात गर्नुपूर्व अनुमति लिनु पर्ने व्यवस्था.....

हुँदै नभएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानडा !, ठगिए ६ बङ्गलादेशी

हुँदै नभएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानडा !, ठगिए ६ बङ्गलादेशी

२१ चैत्र २०७५, बिहीबार १५:३३

काठमाडौं । भनिन्छ, ठगका अनेक दाउ हुन्छन् । आखिर भएको छ पनि त्यस्तै । बिचौलियामार्फत नेपालको पोखरा विमानस्थल हुँदै क्यानडा जाने चक्करमा लाग्दा ६ जना बङ्गलादेशी नागरिकको बिचल्ली भएको छ । नेपाली बाटो हुँदै क्यानडा लैजाने भन्दै सिद्दिकी स्माइल नामक एक बङ्गालीले फागुन २४ गते बङ्गलादेशबाट ६ जनालाई नेपाल ल्याएर.....

शुक्रबारसम्म पानी पर्ने

शुक्रबारसम्म पानी पर्ने

२१ चैत्र २०७५, बिहीबार १५:२७

काठमाडौं । आगामी तीन दिनको मौसममा फेरबदली हुनुका साथै अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी भागमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा साथै स्थानीय वायुको प्रभावले गर्दा मौसममा फेरबदल हुने भएको हो । बुधबार.....

सन्तानलाई सामुदायिक विद्यालयमा नपढाए सरकारी कर्मचारीको सेवा सुविधा रोक्का हुने

सन्तानलाई सामुदायिक विद्यालयमा नपढाए सरकारी कर्मचारीको सेवा सुविधा रोक्का हुने

२१ चैत्र २०७५, बिहीबार १४:३५

सल्यान । सल्यान जिल्लाको दार्मा गाउँपालिकाले सरकारी सेवामा कार्यरत कर्मचारीहरुले आफ्ना बालबालिका सामुदायिक विद्यालयमा नपढाए सेवासुविधा नै रोक्का गर्ने निर्णय गरेको छ । सरकारी सेवासुविधा उपभोग गरिरहेका र सार्वजनिक पदधारण गरेका व्यक्तिले अनिवार्यरुपमा आफ्ना सन्तान सामुदायिक विद्यालयमा पढाउनु पर्ने.....

२१२ किलो गाँजासहित २ जना पक्राउ

२१२ किलो गाँजासहित २ जना पक्राउ

२१ चैत्र २०७५, बिहीबार १०:५४

काठमाडौं । प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, तिनताप्केबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो करिब ३ बजेतिर जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले २१२ किलोग्राम गाँजासहित महोत्तरीको बर्दिवास नगरपालिका–११ बस्ने ३६ वर्षीय रामजस यादव.....

मापसे गर्नेले तिरे ३१ करोड ३१ लाख जरिवाना, ३ लाख १३ हजार परे कारवाहीमा

मापसे गर्नेले तिरे ३१ करोड ३१ लाख जरिवाना, ३ लाख १३ हजार परे कारवाहीमा

२१ चैत्र २०७५, बिहीबार ०८:३८

काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरेकै कारण सवारी दुर्घटना बढेको भेटिएपछि ट्राफिक प्रहरीले २०६९ असोज १५ गतेबाट मदिरा सेवन गरी सवारी साधन चलाउन नपाउने नियम कडाइका साथ लागू गर्यो । हुनत, नियमानुसार मदिरा सेवन गरी गाडी चलाउन पहिला पनि मिल्थेन, तर पनि ट्राफिक प्रहरीको ध्यान त्यता गएको थिएन । दिनदिनै सवारी.....