कृषि


जी–टु–जीमार्फत ५० हजार टन मल ल्याउन बाटो खुल्यो, असार मसान्तसम्म खरिद नभए बजेट फ्रिज

जी–टु–जीमार्फत ५० हजार टन मल ल्याउन बाटो खुल्यो, असार मसान्तसम्म खरिद नभए बजेट फ्रिज

३० जेष्ठ २०७६, बिहीबार १८:५७

काठमाडौं । नेपाल सरकार र भारत सरकार (जीटुजी)मार्फत ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन बाटो खुलेको छ । जीटुजीमार्फत मल ल्याउन मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो । ३० हजार टन युरिया र २० हजार टन डीएपी मल जीटुजीमार्फत ल्याउन मन्त्रिपरिषदले सैद्धान्तिक स्वीकृति दिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका.....

गाउँमै भविष्य खोज्दै युवा

गाउँमै भविष्य खोज्दै युवा

३० जेष्ठ २०७६, बिहीबार १५:१२

बेझाड । आर्थिक उपार्जनका लागि गाउँबाट वैदेशिक रोजगारमा जाने युवाको सङ्ख्या बढिरहेको बेला निस्दी गाउँपालिका–५ गेझाका सारुले गाउँकै तरकारीखेतीमा आफ्नो भविष्य खोजिरहेका छन् । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीमा गएको देखेपछि परिवार र आफन्तबाटै विदेश जान दबाब आए पनि उनले गाउँकै तरकारी खेती गरेर मनग्य.....

चितवन बन्यो दूधमा आत्मनिर्भर, दैनिक २ लाख लिटर दूध निर्यात

चितवन बन्यो दूधमा आत्मनिर्भर, दैनिक २ लाख लिटर दूध निर्यात

२९ जेष्ठ २०७६, बुधबार १८:३९

काठमाडौं । चितवन दूधमा आत्मनिर्भर जिल्ला घोषणा भएको छ । दूधमा जिल्ला आत्मनिर्भर भई दैनिक रुपमा काठमाडौं लगायत अन्य जिल्लामा २ लाख लिटर दूध जाने गरेको केन्दीय दुग्ध उत्पादक सहकारी सञ्चालक सदस्य बालकृष्ण उप्रेतीले बताए । काभ्रेपछि दूधमा आत्मनिर्भर हुने दोस्रो चितवन भएको छ । दूधमा आत्मनिर्भर जिल्ला घोषणा.....

बङ्गुरपालनबाट आर्थिकरुपमा सक्षम

बङ्गुरपालनबाट आर्थिकरुपमा सक्षम

२९ जेष्ठ २०७६, बुधबार १७:०४

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ ग्वारखोला निवासी ६८ वर्षीय सत्यबहादुर पुन अहिले व्यावसायिक बङ्गुरपालन गरेर आर्थिकरुपमा सक्षम भएका छन् । आफूलाई एक सफल बङ्गुरपालक उद्यमीको रुपमा चिनाउन सफल भएका छन् । विगत एक दशकदेखि सो पेशा अङ्गालेका उनले अहिले वार्षिकरुपमा सबै खर्च कटाएर १० लाखदेखि १२ लाख रूपैयाँसम्म.....

अलैँची दाना बिक्रीबाट पाँच करोड आम्दानी

अलैँची दाना बिक्रीबाट पाँच करोड आम्दानी

२९ जेष्ठ २०७६, बुधबार १५:०६

लमजुङ । जिल्लाका अलैँची कृषकले अलैँची दाना बिक्रीबाट पाँच करोडभन्दा बढी आम्दानी गरेका छन् । लमजुङमा उत्पादित ७५० क्विन्टल अलैँची दाना बिक्रीबाट कृषकले पाँच करोड २५ लाख आम्दानी गरेका हुन् । गत वर्ष उत्पादित ६०० क्विन्टल अलैँची दाना बिक्रीबाट चार करोड ४८ लाख आम्दानी भएको थियो । गत वर्ष प्रतिकिलो ६०० देखि.....

व्यापक आलोचनापछि कृषि अनुदान दुरुपयोग रोक्न कस्सिँदै सरकार

व्यापक आलोचनापछि कृषि अनुदान दुरुपयोग रोक्न कस्सिँदै सरकार

२८ जेष्ठ २०७६, मंगलवार १६:००

काठमाडौं । कृषि अनुदानको दुरुपयोग र गैरकिसानले लाभ लिएको भनी व्यापक आलोचना भएपछि सरकारले अनुदान व्यवस्थित गर्न कस्सिएको छ । त्यसअनुसार सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नयाँ व्यवस्थाबमोजिम ५० प्रतिशत अनुदान पाउन कृषिमा न्यूनतम ५ लाख रुपैयाँ लगानी भएको हुनुपर्ने नयाँ व्यवस्था लागू गर्न लागेको.....

रैथाने जातका धानको बीउ लोप हुँदै

रैथाने जातका धानको बीउ लोप हुँदै

२७ जेष्ठ २०७६, सोमबार १६:३७

रामपुर । पाल्पा जिल्लामा उत्पादन हुने रैथाने जातका धानको बीउ पछिल्लो समय हराउँदै गएको छ । पहिले पहिले परम्परागत ढङ्गबाट रोपिने बर्मेली, अनदी, जर्नेली, बातिसरो, थापाचिनी, बासमति, झिनुवा, आमझोत्ते,लगायतका धानको बीउ लोपोन्मुख अवस्थामा रहेको किसानको भनाइ छ । पछिल्लो समय बजारमा पाइने विभिन्न थरिका धानको बीउबाट.....

आलु खेतीबाट आम्दानी

आलु खेतीबाट आम्दानी

२७ जेष्ठ २०७६, सोमबार १६:३०

डडेल्धुरा । बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले राम्रो आम्दानी गर्ने गरेका छन् । अमरगढी नगरपालिकाको ११ मध्ये वडा नं १, २, ३, ६, ७, ८ र १० मा किसानले व्यावसायिक रुपमा आलुखेती गर्ने गरेका छन् । जिल्लाको उत्पादनशील विभिन्न स्थानमा आलुखेती वृद्धि भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख दिलबहादुर विष्टले बताए.....

किसानलाई वर्गीकरण गरी पहिचान गर्ने –कृषिमन्त्री खनाल

किसानलाई वर्गीकरण गरी पहिचान गर्ने –कृषिमन्त्री खनाल

२६ जेष्ठ २०७६, आईतवार १७:३०

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको दिगो विकासका लागि सरकारले किसानलाई वर्गीकरण गरेर योजना अघि सार्ने निर्णय गरेको बताएका छन् । कृषिको दिगो विकासका लागि संसारभरि नै किसान वर्गीकरणको व्यवस्था रहेको उल्लेख गर्दै उनले कृषिको दिगो विकासका लागि किसानको वर्गीकरण गर्ने.....

उखु किसानले पाएनन् यस वर्षको ७ अर्ब भुक्तानी, अनुदानबापतको ९५ करोड सरकारी बक्यौता

उखु किसानले पाएनन् यस वर्षको ७ अर्ब भुक्तानी, अनुदानबापतको ९५ करोड सरकारी बक्यौता

२३ जेष्ठ २०७६, बिहीबार १७:१३

काठमाडौं । किसानले यस वर्षको उखु बिक्री गरेबापत ७ अर्ब रुपैयाँ भुक्तानी अहिलेसम्म पनि पाउन सकेका छैनन् । चिनी उद्योगले किसानबाट १० अर्ब रुपैयाँको उखु खरिद गरे पनि त्यसबापत ७ अर्ब रुपैयाँ भुक्तानी नगरी उद्योग बन्द भएका हुन् । खासगरी इन्दुशङ्कर चिनी मिल्स लिमिटेडले १ अर्ब ६२ करोड रुपैयाँको उखु खरिद गरे.....