कृषि


किसानको उखु बारीमै सुक्यो

किसानको उखु बारीमै सुक्यो

९ बैशाख २०७६, सोमबार १३:०८

काठमाडौं । यस वर्षको उखु क्रसिङ सिजन सकिन लागे पनि किसानको उखु बिक्री नभई बारीमै सुक्न थालेको छ । एक हप्ताभित्र सर्लाही, सिराहा, रौतहट, बारा र पर्साका सबैजसो चिनी क्रसिङ उद्योग बन्द हुने भएपछि अहिले उखु किसान मर्कामा परेका छन् । खासगरी रौतहट र सर्लाहीका किसानले अहिलेसम्म पनि उखु बिक्री गर्न सकेका छैनन्.....

स्थानीय उत्पादनको बजारीकरणका लागि ‘कोसेली घर’

स्थानीय उत्पादनको बजारीकरणका लागि ‘कोसेली घर’

९ बैशाख २०७६, सोमबार ११:२५

पर्वत । स्थानीय लघु तथा घरेलु उद्यमीद्वारा उत्पादित सामग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालन गरिएको छ । जिल्लाको मोदी गाउँपालिकामा लघु तथा घरेलु उद्यमी तथा कृषकद्वारा उत्पादित उपभोग्य वस्तुको एकीकृतरुपमा बजारीकरण गर्नका लागि कोसेली घरअर्थात् सौगातगृह सञ्चालनमा ल्याइएको हो । मोदी गाउँपालिका–२.....

प्रधानमन्त्रीको कटाक्षपछि झस्किए चिनी उद्योगी, परिमाणात्मक बन्देज फुकुवाको सङ्केत

प्रधानमन्त्रीको कटाक्षपछि झस्किए चिनी उद्योगी, परिमाणात्मक बन्देज फुकुवाको सङ्केत

८ बैशाख २०७६, आईतवार १४:०९

काठमाडौं । चिनी उद्योगीसँग एकाएक रुष्ट बनेका प्रधानमन्त्री केपी ओेली उनीहरुमाथि खनिनुले चिनीको परिमाणात्मक बन्देज फुकुवा हुने सङ्केत गरेको छ । देशमा भएको चिनी बिक्री हुन छाडेको र त्यही भएर किसानको भुक्तानी दिन नसकिएको गुनासो उद्योगीले प्रधानमन्त्रीसमक्ष गरेपछि उनकै निर्देशनमा चिनी आयातमा परिमाणात्मक.....

खाद्य संस्थानको चामल कारागारमा बढी खपत

खाद्य संस्थानको चामल कारागारमा बढी खपत

८ बैशाख २०७६, आईतवार १३:५४

पोखरा । गण्डकी प्रदेशका पहाडी जिल्लामा चामल आपूर्ति गर्दै आइरहेका नेपाल खाद्य संस्थाको पोखरा शाखामा हाल ५०० क्विन्टल चामल मौज्दात छ । पोखराबाट पहाडी जिल्ला खासगरी मनाङ र मुस्ताङ जिल्लामा सर्वसाधारणका लागि र अन्य जिल्लाका कारागारमा चामल आपूर्ति हुँदै आएको छ । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा, पर्वत, कास्कीका.....

कफीको निर्यात बढ्नै सकेन, आयात ३ गुणाले बढ्यो

कफीको निर्यात बढ्नै सकेन, आयात ३ गुणाले बढ्यो

८ बैशाख २०७६, आईतवार १२:१८

काठमाडौं । नेपालमा कफी उत्पादनको राम्रो सम्भावना भएपनि लक्ष्यअनुसार विदेश निर्यात बढाउन सकिएको छैन् । नेपाली कफीको माग स्वदेशमाभन्दा विदेश बढी भएपनि परिमाणात्मक हिसावले निर्यात गर्न नसकिएको चिया तथा कफी विकास बोर्डले जनाएको छ । बोर्डको तथ्याङ्कअनुसार, २०६९/०७० मा ८५ हजार ८५८ केजी कफी निर्यात भएकोमा.....

६ वर्षका लागि कृषि क्षेत्र विकास कार्यक्रम सुरु, लागत साढे ७ अर्ब

६ वर्षका लागि कृषि क्षेत्र विकास कार्यक्रम सुरु, लागत साढे ७ अर्ब

६ बैशाख २०७६, शुक्रबार १६:४३

काठमाडौं । आगामी छ वर्षका लागि लागू हुने गरी कृषि क्षेत्र विकास कार्यक्रम सुरु भएको छ । कर्णाली प्रदेशका १० जिल्लामा लागू हुने गरी कार्यक्रम सञ्चालन हुने भएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत अघि बढेको उक्त कार्यक्रममा आईफ्याडको अनुदान एवम् ऋण सहयोग तथा सरकारको पनि लगानी रहनेछ । हेल्भेटास.....

मेलौलीमा कृषि र पर्यटन क्षेत्रको विकासका लागि महोत्सव सुरु

मेलौलीमा कृषि र पर्यटन क्षेत्रको विकासका लागि महोत्सव सुरु

३ बैशाख २०७६, मंगलवार १३:३८

बैतडी । बैतडीको मेलौलीमा आजदेखि प्रथम मेलौली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन सुरु भएको छ । यसअघि सोमबारदेखि हुने भनिएको महोत्सव एक दिनका लागि स्थगन भएको थियो । महोत्सवको सम्पूर्ण तयारी नपुगेकाले महोत्सव एक दिनपछि सञ्चालन हुनलागेको मेलौली सूचना तथा सञ्चार समूहका कोषाध्यक्ष लक्ष्मण विकले.....

३ करोड ४४ लाखमा पर्वत र बागलुङमा ८० ओटा नमुना कृषि फर्म बन्दै

३ करोड ४४ लाखमा पर्वत र बागलुङमा ८० ओटा नमुना कृषि फर्म बन्दै

२८ चैत्र २०७५, बिहीबार ०८:३३

पर्वत । पर्वत र बागलुङमा ८० ओटा नमुना कृषि फर्म बन्ने भएका छन् । कृषिको आधुनिकीकरण तथा व्यवसायिकरणका लागि कृषि ज्ञान केन्द्र पर्वतले नमुना फर्म बनाउने भएको हो । ज्ञान केन्द्रकाअनुसार यसका लागि ३ करोड ४४ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । कार्यालयले विभिन्न ९ओटा बाली समेटेर नमुना फर्म बनाउन लागेको जानकारी.....

विदेशी सहयोगका कृषि परियोजनाहरुको प्रगति शून्य

विदेशी सहयोगका कृषि परियोजनाहरुको प्रगति शून्य

२७ चैत्र २०७५, बुधबार १३:३९

काठमाडौं । विदेशी सहयोगमा सञ्चालित कृषिका आयोजनाहरुको प्रगति निराशाजनक देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्र्तगत अघि बढाइएका विदेशी लगानीका १३ आयोजनामध्ये अधिकांश आयोजनाको प्रगति न्युन पाइएको हो । चालू आर्थिक वर्षको ८ महिनामा ५ ओटा आयोजनाको प्रगति प्राय शून्य छ । मन्त्रालयले सार्वजनिक.....

बालाजु कृषि उपज बजारका व्यवसायी आन्दोलित

बालाजु कृषि उपज बजारका व्यवसायी आन्दोलित

२७ चैत्र २०७५, बुधबार १२:४८

काठमाडौं । बालाजु कृषि उपज बजारका व्यवसायीहरु आन्दोलित भएका छन् । कालीमाटी तरकारी तथा फलफुल विकास समितिले व्यवसायीलाई अत्याधिक भाडा लगाएको, सडकको अनाधिकृत कब्जा गरेको, क्षेत्रविस्तार नगरेको र फुटपाथले कारोबार गर्न समस्या भएकाले समस्या हटाउन माग गरेका छन् । कृषि उपज बजार क्षेत्रमा अनावश्यक रुपमा सडक.....