वाम गठबन्धनले बहुमत ल्याएर प्रधानमन्त्री बन्न तयारी गरिरहेकै बेला गत माघ १५ गते केपी शर्मा ओलीले नेपाल चेम्बर अफ कमर्ससँगको भेटमा सीमित कर तिरेर सम्पत्ति घोषणा गर्ने र सो सम्पत्तिलाई वैधानिकता दिएर नेपालको अर्थतन्त्र विस्तार गर्नुपर्ने बताए । नेपालमा सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाका कारण र.....
भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएपछि त्यसको सर्वत्र विरोध भएको छ । कर वृद्धि अस्वाभाविक रूपले नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म बढाएको हो । महानगरपालिकाले ज्यासल वा आरन राखी काँस, पित्तल तामाको भाडा बनाउनेलार्ई ५ सयबाट.....
चिनियाँ कम्पनी चोङजिङ वाटर टर्बाइन वक्र्स (सीडब्ल्यूटीडब्ल्यू) चाइनाले नेपालमा पाँच ओटा जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । उक्त कम्पनीले आगामी २०७५ असोजदेखि दोलखा र रामेछापको सिमानामा खिम्ती—२ निर्माण सुरु गर्दै छ । उक्त आयोजनामा अहिले कम्पनीले इन्जिनियरिङको काम गरिरहेको छ । उक्त कम्पनीले रसुवामा.....
काठमाडौंँ उपत्यकामा झण्डै ६० प्रतिशत किसान थोपा सिँचाइ गर्न थालेका छन् । एक दशकयता तरकारीखेतीमा थोपा सिँचाइको प्रयोग ह्वात्तै बढेको नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताए । थोपा सिँचाइका कारण जनशक्ति र पानी दुवैको बचत भएको.....
नेपालमा चिनियाँ र भारतीय पर्यटक आउने क्रम बढेसँगै सरकारले दुवै भाषामा वेबसाइट बनाउने तयारी थालेको छ । पछिल्लो समय दुई छिमेकी मुलुक चीन र भारतबाट ठूलो सङ्ख्यामा पर्यटक आउन थालेपछि सरकारले उनीहरुको सहजताका लागि आफ्नै भाषामा वेबसाइट बनाउन लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले.....
भीमदत्त नगरपालिकाले कानून मिचेर मदिरा कारोबार गर्ने व्यवसायीको इजाजत पत्र खारेजीका लागि सिफारिस गर्ने भएको छ । नगरपालिकाले जरिवाना गरिएका व्यवसायीले फेरि कानून उलंघन गरेमा सम्बन्धित निकायलाई इजाजत खारेजीका लागि सिफारिस गर्ने कानूनी व्यवस्था गरेको छ । भीमदत्त नगरपालिकाले मदिरा बिक्री वितरण, व्यवस्थापन.....
राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्पपीडितलाई उपलब्ध गराएको आवास अनुदान रकम वितरणमा देखिएका समस्या समाधान गर्न बैङ्कहरुलाई निर्देशन दिएको छ । प्राधिकरणले बैङ्कहरुरुलाई पत्र काट्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिएको हो । बैङ्क तथा वित्तीय संस्थासँग भएको सहमतिअनुसार अहिले भुकम्प पीडितलाई.....
स्तरोन्नति कार्यलाई तीव्रता दिन बेनी–जोमसोम सडकखण्ड आठ घण्टा बन्द गरिने भएको छ । राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोममा छ महिनादेखि विभिन्न चार खण्डमा कार्य भइरहेको छ । मुक्तिनाथ र दामोदरकुण्डको दर्शन, कागबेनीमा स्नान तथा मुस्ताङको प्राकृतिक सुन्दरतामा.....
नेपालगञ्जको राँझा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रुपमा विस्तार गर्न तदारुकता देखाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा बुधबार बसेको सर्वदलीय बैठकले राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास र विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारसँग अनुरोध.....
म्याग्दीको म्याग्दी खोलामा निर्माण हुने २५ मेगावाट जलविद्युत् उत्पादनका लागि २०७४ फागुन २ गते सानिमा बैङ्कको नेतृत्वमा प्रभु बैङ्क, कुमारी बैङ्क, सेन्चुरी बैङ्क, मुक्तिनाथ विकास बैङ्क र महालक्ष्मी विकास बैङ्कले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरे । कुल ५ अर्ब १४ करोड लगानी हुने सो आयोजनाले.....