पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १५ स्थित ठूलीमजुवा द्वारेको खरबारीस्थित ७६८ रोपनी जग्गा सरकारी स्वामित्वमा फिर्ता भएको छ । व्यक्तिले कब्जा गरी धमाधम विभिन्न भौतिक संरचना निर्माण गर्न थालिएको साविक छिनेडाँडा गाविस वडा नं. ९ को कित्ता नम्बर ५९१ को क्षेत्रफल ७६८ रोपनी १३ आना तीन पैसा एक दाम जग्गा सरकारी.....
नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात गर्न १५ महिनाको नयाँ विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ । भारतको नयाँ दिल्लीमा सोमबार, मंगलबार र बुधबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र भारतीय पक्षबीच यही अप्रिल सन् २०१८बाट.....
निर्माण कार्य सुरु गरिएको ३३ वर्ष पूरा हुँदा पनि बिपी नगर– बोगटान– दिपायल सडकले पूर्णता पाउन सकेको छैन । कैलालीका दुई र डोटीका चारओटा गाउँपालिका जोड्ने दिपायल–बोगटान सडकको अहिलेसम्म ६५ किलोमिटर सडकको ट्र्याक मात्र खोलिएको छ । यो २०४२ सालदेखि निर्माण कार्य थालिएको सडक हो । सुरुमा राष्ट्रिय योजनामा.....
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको मुआब्जासम्बन्धीको विवाद सुल्झिएको छ । मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, स्थानीय र नागरिक उड्डयन प्राधिकरणबीच भएको वार्तामा सहमति जुटेको हो । सहमतिपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले ट्वीट गर्दै.....
दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा स्थानीयलाई वितरण गर्ने सेयर विवाद सतहमा आएको छ । दोलखावासीलाई १० प्रतिशत सेयर दिने निर्णयप्रति त्यहाँका स्थानीयले असहमति जनाएका थिए । विवाद समाधानका लागि जिल्ला समन्वय समिति दोलखामा पठाइए पनि विवाद टुङ्गिन सकेको छैन.....
सडकमार्गको पहुँच पुगेको एयरपोर्ट भएर पनि १४ जिल्लाका स्थानीयले तत्कालका लागि हवाई सुविधा नपाउने देखिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बन्द अवस्थामा रहेका २० एयरपोर्र्टमध्ये १४ ओटा सञ्चालन गर्न नसकिने जानकारी दिएको छ । यात्रुको अभाव भएकै कारण १४ ओटा एयरपोर्र्ट सञ्चालन गर्न सकिने नेपाल.....
सरकारको पूर्व–पश्चिम रेलमार्ग सञ्चालनको योजनाअनुसार रेलमार्ग विस्तारका लागि कपिलवस्तु क्षेत्रमा माटो परीक्षण कार्य सुरु गरिएको छ । प्याकेज–१ अन्तर्गत विभिन्न स्थानमा माटो परीक्षण भइरहेको छ । सो खण्डको माटो परीक्षणको जिम्मा पाएको ईआरएमसीजीओ टेक्निकल प्रालिले काम अगाडि बढाएको छ । माटो परीक्षण प्रत्येक.....
गत आर्थिक वर्ष नेपाल खाद्य संस्थानको घाटा २ करोड ७२ लाख रुपैयाँ थियो । खासमा यो संस्थानको ठूलो कारोबार पनि छैन र यसले घाटा खाने काम गर्नुपर्ने अवस्था पनि छैन । तर, राजनीतिक नेतृत्वले संस्थानलाई आफ्ना कार्यकर्ता तथा आफन्त भर्ती केन्द्र बनाएपछि यसको हालत दिनप्रतिदिन नाजुक बन्दै गएको हो । तत्कालीन आपूर्तिमन्त्री.....
तीन खम्बे अर्थनीति अबलम्बन गरेको सरकारले सहकारी क्षेत्रमा बेथिति बढ्न थालेपछि निक्षेपकर्ताको निक्षेपलाई सुरक्षित गर्न नियमनमा कडाई गर्न थालेको छ । सहकारीका निक्षेपकर्ताको निक्षेपलाई सुरक्षित गर्न मुलुकभर रहेका साढे ३४ हजार सहकारीलाई प्रभाबकारी रुपमा अनुगमनको दायरामा ल्याउन लागेको हो । सहकारीले.....
नवीकरणीय ऊर्जाको विकासलाई उत्प्रेरणा दिन यही चैत १५ देखि नवीकरणीय ऊर्जा प्रविधि विकाससम्बन्धी पाँचौ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा काठमाडौँ विश्वविद्यालयको अगुवाइमा हुन लागेको सो सम्मेलनमा इन्टरनेशनल इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स.....