अर्थतन्त्र


एनसेल कर प्रकरण : कर निर्धारण प्रक्रिया यथास्थितिमा राख्न सर्वोच्चको आदेश

एनसेल कर प्रकरण : कर निर्धारण प्रक्रिया यथास्थितिमा राख्न सर्वोच्चको आदेश

१२ बैशाख २०७६, बिहीबार १८:३५

काठमाडौं। ठूला करदाता कार्यालयले गरेको कर निर्धारणविरुद्ध एनसेलले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले ठूला करदाता कार्यालयसँग कर निर्धारणको निर्णयबारे लिखित जवाफ माग्दै आउँदो २४ गते दुवै पक्षलाई छलफलमा.....

बजेटमा पूर्वका उद्योगी/व्यवसायीको सुझाव – ‘संस्थागत डिपोजिटको ब्याज दुई प्रतिशतसम्म कायम हुनुपर्छ’

बजेटमा पूर्वका उद्योगी/व्यवसायीको सुझाव – ‘संस्थागत डिपोजिटको ब्याज दुई प्रतिशतसम्म कायम हुनुपर्छ’

१२ बैशाख २०७६, बिहीबार १७:१४

काठमाडौं । उद्योग सङ्गठन मोरङले संस्थागत डिपोजिटको ब्याज २ प्रतिशतमा कायम गर्न माग गरेको छ । मोरङले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथि सुझाव राख्दै संस्थागत डिपोजिटलाई २ प्रतिशतमा झार्न सुझाएको हो । त्यसैगरी, नेपाल राष्ट्र बैङ्कले तोकेको स्प्रेड रेट जोडेर अधिकतम सिङ्गल डिजिटको ब्याजदर कायम गरी कडाइका.....

एसएमपी आयात प्रतिबन्धको असर : पाउडर उद्योग मालामाल, टाट पल्टिँदै बिस्कुट इन्डस्ट्रिज

एसएमपी आयात प्रतिबन्धको असर : पाउडर उद्योग मालामाल, टाट पल्टिँदै बिस्कुट इन्डस्ट्रिज

१२ बैशाख २०७६, बिहीबार १३:०२

काठमाडौं । कृषिमन्त्री चक्रपाणि खनालले गत असोजमा स्किम्ड मिल्क पाउडर (धूलो दूध) आयातमा प्रतिबन्ध लगाएपछि स्वदेशी पाउडर उद्योगको ‘एकाधिकार’ बढेको छ भने बिस्कुट इन्डस्ट्रिज टाट पल्टिने अवस्थामा पुगेका छन् । डेरी क्षेत्रका केही उद्योगीको उक्साहटमा कृषिमन्त्री खनालले धूलो दूध आयातमा प्रतिबन्ध लगाएपछि.....

बेस रेट घट्यो, ब्याज घटेन : स्प्रेडदर तीन प्रतिशत बनाउन उद्योगीको माग

बेस रेट घट्यो, ब्याज घटेन : स्प्रेडदर तीन प्रतिशत बनाउन उद्योगीको माग

११ बैशाख २०७६, बुधबार १७:११

काठमाडौं । अनियन्त्रित रुपमा बढेको ब्याजदरबाट पिल्सिएका उद्योगी/व्यवसायीहरुले बैङ्कहरुको ब्याजदरको आधारदर (बेस रेट) घटे पनि ब्याजदर नघटेको भन्दै आक्रोश पोखेका छन् । ‘बैङ्कहरुको ब्याजको आधारदर घटेको छ तर, अहिलेसम्म कुनै उद्योगी/ व्यवसायीले ब्याजदर घटेको सूचना पाएका छैनन्,’ नेपाल उद्योग वाणिज्य महासङ्घका.....

ओखल्ढुङ्गामा आयोजित महोत्सवमा १८ करोड आम्दानी

ओखल्ढुङ्गामा आयोजित महोत्सवमा १८ करोड आम्दानी

११ बैशाख २०७६, बुधबार ०९:२१

ओखलढुङ्गा । ओखलढुङ्गामा भएको औद्योगिक महोत्सवमा १८ करोड आम्दानी भएको छ । उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ११ दिने महोत्सवमा विभिन्न शीर्षकमा १८ करोड रकम उठाएको हो । पहिलोपटक जिल्लामा आयोजना गरिएको औद्योगिक महोत्सवमा १८ करोडको कारोबार भएको सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए । गत चैत ३०.....

न्यूनदृष्टियुक्त तुलाचन जो आफैँ कमाउँछन्

न्यूनदृष्टियुक्त तुलाचन जो आफैँ कमाउँछन्

११ बैशाख २०७६, बुधबार ०९:१६

चिप्लेढुङ्गा । पोखरा बागलुङ (भूपि शेरचन) राजमार्गमा १८ वर्षदेखि एक दृष्टिविहीनले ओखलमा टिमुर र खुर्सानी कुटेर व्यापार गर्दै आएका छन् । अन्नपूर्ण गाउँपालिका–३ का ५० वर्षीय अमृत तुलाचनले विसं २०५८ देखि उक्त व्यापार गर्दै आएका हुन् । क्षयरोगका बिरामी उनले नौ वर्षसम्म नियमित औषधि खान्थे । विस्तारै औषधिको.....

गृहको बजेट घटाउने होइन, बढाउनु पर्छ : गृहमन्त्री थापा

गृहको बजेट घटाउने होइन, बढाउनु पर्छ : गृहमन्त्री थापा

१० बैशाख २०७६, मंगलवार १८:१८

काठमाडौ । गृहमन्त्री रामबहादुर थापा बादलले गृहमन्त्रालयको बजेट बढाउनु पर्ने बताएका छन् । मङ्गलबार गृहमन्त्रालयमा आर्थिक वर्ष २०७६/७७ को बजेटका बारेमा भएको छलफलमा गृहमन्त्री थापाले यो वर्ष गृह मन्त्रालयको बजेटको सिलिङ घटाइएको भन्ने सुनिएको भन्दै त्यसो गर्न नहुने बताएका छन् । बजेटमा कमी हुनेबित्तिकै.....

चितवनका दानी व्यक्ति, जसले अस्पताललाई तीन करोड दान गरे, अब विश्वविद्यालय बनाउने धोको

चितवनका दानी व्यक्ति, जसले अस्पताललाई तीन करोड दान गरे, अब विश्वविद्यालय बनाउने धोको

१० बैशाख २०७६, मंगलवार ११:०५

बीबीसी । चितवनको नारायणगढमा निर्माण हुने उदयकुमार(चमेलीदेवी पिया चितवन स्पाइनल इन्जुरी अस्पताल तथा पुनर्स्थापना केन्द्रका लागि एक स्थानीय व्यवसायीले तीन करोड रुपैयाँ दान दिएका छन्। जिल्लाका पुराना व्यवसायी उदयकुमार पियाले अस्पताल बनाउने आफ्नो चाहनाबमोजिम उक्त रकम प्रदान गरेको बताए। विभिन्न कारणले.....

बंगलादेशमा नेपाली धागो निर्यात गर्ने बाटो खुल्यो

बंगलादेशमा नेपाली धागो निर्यात गर्ने बाटो खुल्यो

१० बैशाख २०७६, मंगलवार ०९:३०

काठमाडौं । नेपालबाट बंगलादेशमा नेपाली धागो निकासीको बाटो खुलेको छ । विगत ४ वर्षदेखि बंगलादेशमा प्रतिबन्ध लाग्दै आएको नेपाली धागो आयात फुकुवा भएसँगै अब नेपाली धागो निर्वाध रुपमा निकासी हुन पाउने भएको हो । बंगलादेशस्थित राष्ट्रिय राजस्व बोर्डले सरोकारवालाहरुसँगको छलफलपछि स्थलमार्ग हुँदै नेपाली धागोको.....

इलेक्ट्रोनिक्स पसलमा आगलागी, १ करोड बढीको क्षेति

इलेक्ट्रोनिक्स पसलमा आगलागी, १ करोड बढीको क्षेति

१० बैशाख २०७६, मंगलवार ०८:४७

राँझा । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल सोमबार राति आगलागीबाट ध्वस्त भएको छ । धु्रव दाहालले सञ्चालन गरेको सौगात इलेक्ट्रोनिक्समा आगलागी भएको हो । कोही नभएको बेलामा भएको आगलागीबाट पसलमा रहेको एलइडी टिभी, फ्रिजलगायतका सामग्री जलेर ध्वस्त भएको बाँकेका प्रहरी उपरीक्षक.....