अर्थतन्त्र


तनहुँका नौ पर्यटकीय क्षेत्रलाई केन्द्रीय सरकारको साढे तीन करोड बजेट

तनहुँका नौ पर्यटकीय क्षेत्रलाई केन्द्रीय सरकारको साढे तीन करोड बजेट

२२ जेष्ठ २०७६, बुधबार ०८:५८

दमौली । केन्द्रीय सरकारले तनहुँका नौ पर्यटकीय क्षेत्रलाई तीन करोड ५८ लाख बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटअनुसार तनहुँ निर्वाचन क्षेत्र नं १ का विभिन्न पर्यटकीय योजनालाई उक्त बजेट विनियोजन भएको हो । आगामी आर्थिक वर्षमा खर्च हुने गरी व्यास.....

क्यान्सर पीडितलाई आर्थिक सहयोग

क्यान्सर पीडितलाई आर्थिक सहयोग

२२ जेष्ठ २०७६, बुधबार ०८:५१

दमौली । क्यान्सर रोगबाट पीडित तनहुँको बन्दीपुर गाउँपालिका–५ थुम्का निवासी पूर्णप्रसाद रेग्मीको उपचारका लागि रकम प्रदान गरिएको छ । भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत उनलाई आर्थिक स्रोत जुटाउन स्थानीयवासी रामप्रसाद तिवारीको सक्रियतामा स्थानीयस्तरमा नै सङ्कलित एक लाख १८ हजार २०० सोही वडाका.....

प्रतिनिधसभामा बजेटमाथिको छलफलः सत्तापक्षबाट बचाउ, प्रतिपक्ष सांसदबाट आलोचना

प्रतिनिधसभामा बजेटमाथिको छलफलः सत्तापक्षबाट बचाउ, प्रतिपक्ष सांसदबाट आलोचना

२१ जेष्ठ २०७६, मंगलवार १३:३४

काठमाडौं । प्रतिनिधिसभामा सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि यही जेठ १५ गते प्रस्तुत गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) को सत्तापक्षबाट बचाउ र प्रतिपक्षबाट आलोचना हुनेक्रम तीन दिनदेखि जारी छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता.....

यार्सागुम्बाको चोरी निकासी रोक्न दार्चुलाका पाटन क्षेत्रमा सुरक्षाकर्मीको गस्ती

यार्सागुम्बाको चोरी निकासी रोक्न दार्चुलाका पाटन क्षेत्रमा सुरक्षाकर्मीको गस्ती

२१ जेष्ठ २०७६, मंगलवार १३:०८

दार्चुला । यार्सागुम्बाको चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र गेमस्काउटको सामूहिक गस्ती सुरु गरिएको छ । जेठ दोस्रो साताबाट बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलनको समय सुरु भएकाले त्यसको चोरी निकासी रोक्नका लागि दार्चुलाका यार्सागुम्बा पाइने पाटनमा सुरक्षाकर्मी र गेमस्काउटको गस्ती सुरु गरिएको.....

मापसेमा परेपछि १ हजार दिएर उम्किन खोज्दा प्रहरीको फन्दामा

मापसेमा परेपछि १ हजार दिएर उम्किन खोज्दा प्रहरीको फन्दामा

२१ जेष्ठ २०७६, मंगलवार १२:४४

भक्तपुर । मोटरसाइकल चेक जाँच गर्ने क्रममा मापसेमा परेका चाँगुनारायण नगरपालिका–१ मा बस्ने ४० वर्षीय बाबुकृष्ण रोक्कालाई घुस दिन खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सोमबार राति महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरेर माटरसाइकल चलाएको फेला पारेपछि प्रहरीको.....

वनलाई सुदूरपश्चिम प्रदेश सरकारको एक करोड ४० लाख सहयोग

वनलाई सुदूरपश्चिम प्रदेश सरकारको एक करोड ४० लाख सहयोग

२१ जेष्ठ २०७६, मंगलवार ११:२२

बैटडी । जिल्लाका दुई वनलाई सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गरेको छ । ग्वाल्लेक केदार प्रस्तावित संरक्षित वन र सिगास प्रस्तावित संरक्षित वनलाई प्रदेश सरकारले सहयोग गरेको हो । दुबै वनलाई सुदूरपचिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु एक करोड ४० लाख बजेट विनियोजन गरेको डिभिजन वन कार्यालयले.....

कालिगण्डकी जलाशययुक्त जलविद्युतको अध्ययन गर्न बोलपत्र आह्वान

कालिगण्डकी जलाशययुक्त जलविद्युतको अध्ययन गर्न बोलपत्र आह्वान

२१ जेष्ठ २०७६, मंगलवार १०:१२

पर्वत । कालिगण्डकी जलाशययुक्त बहुउद्देश्यीय परियोजनाको सम्भाव्यताको अध्ययन गर्न विद्युत् विकास विभागले बोलपत्र आह्वान गरेको छ । पर्वत, बागलुङ र गुल्मी जिल्लामा पर्ने कालीगण्डकी नदीमा परियोजनाको काम अगाडि बढ्न थालेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा उक्त परियोजनाको विस्तृत अध्ययन गर्न बजेट विनियोजन.....

बिजुली नै नदिई दोब्बर महशुल तिर्न काटेको पत्र  गैरकानुनी : उद्योगी

बिजुली नै नदिई दोब्बर महशुल तिर्न काटेको पत्र गैरकानुनी : उद्योगी

२० जेष्ठ २०७६, सोमबार १६:४५

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २४ घण्टा बिजुली नदिइ दोब्बर बिजुली महशुल तिर्न काटेको पत्र नै गैरकानूनी देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले २०७२ साल कात्तिक १५ गते ८ ओटा क्षेत्रीय कार्यालयलाई पठाएको पत्रमा ‘डेडिकेटड लाइन’बाट निरन्तर रुपमा विद्युत् आपूर्ति भइरहेको विद्यमान ग्राहक र अब उप्रान्त.....

प्रतिनिधिसभामा बजेटमाथि छलफल : सत्तापक्ष सांसद भन्छन्–आर्थिक वृद्धि हासिल गर्ने बजेट आयो, बिपक्षी भन्छन्–बजेट नरामुखी मात्रै भयो

प्रतिनिधिसभामा बजेटमाथि छलफल : सत्तापक्ष सांसद भन्छन्–आर्थिक वृद्धि हासिल गर्ने बजेट आयो, बिपक्षी भन्छन्–बजेट नरामुखी मात्रै भयो

२० जेष्ठ २०७६, सोमबार १३:४५

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७६/७७ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफल जारी छ । छलफलमा सत्तापक्षीय दलका सांसदहरुले बजेट ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकांक्षा पूरा गर्ने आधार तयार गर्ने गरी आएको बताए । उनीहरुले स्पष्ट खाका र आधारसहित आएको बजेटको प्रभावकारी.....

अब कृषि अनुदान भूकम्पपीडितसरह बैङ्किङ प्रणालीमार्फत, सबैखाले अनुदान अनुपात ५० प्रतिशत बनाइने

अब कृषि अनुदान भूकम्पपीडितसरह बैङ्किङ प्रणालीमार्फत, सबैखाले अनुदान अनुपात ५० प्रतिशत बनाइने

२० जेष्ठ २०७६, सोमबार १२:२८

काठमाडौं । सरकारले भूकम्पपीडित लाभग्राहीसरह कृषि अनुदान वितरण बैङ्किङ प्रणालीमार्फत किस्तामा वितरण गर्ने भएको छ । अनुदान वितरणलाई प्रभावकारी बनाउन आगामी आर्थिक वर्षदेखि बैङ्किङ प्रणालीबाट किस्ताबन्दीमा अनुदान दिने योजना बनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यसअघि सरकारी अनुदानमा.....