सेयर


तामाकोसीमा सेयर भरेका दोलखाबासीको पैसा फिर्ता दिन आलटाल

तामाकोसीमा सेयर भरेका दोलखाबासीको पैसा फिर्ता दिन आलटाल

११ मंसिर २०७५, मंगलवार ११:१६

काठमाडाैं । दोलखावासीका लागि खुलाइएको माथिल्लो तामाकोसीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको महिना दिन बितिसक्दा पनि पैसा फिर्ता दिन आलटाल भइरहेको छ । सह बिक्री प्रबन्धक सनराइज क्यापिटलले विभिन्न बहाना पार्दै पैसा फिर्ता दिन आलटाल गरिरहेको हो । सेयर बाँडफाँट भएको चार महिना बितिसक्दा पनि खाता नम्बर.....

चौतारी लघुवित्तको आईपीओ मङ्सिर १९ देखि, ३ हजार कित्तासम्म आवेदन दिन पाइने

चौतारी लघुवित्तको आईपीओ मङ्सिर १९ देखि, ३ हजार कित्तासम्म आवेदन दिन पाइने

११ मंसिर २०७५, मंगलवार ११:०४

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले मङ्सिर १९ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तले निष्कासन गर्ने ६ लाख कित्ता आईपीओमध्ये कर्मचारीका लागि ९ हजार ३ सय कित्ता, सामूहिक लगानी कोषलाई ३० हजार.....

माथिल्लो तामाकोसीको सर्वसाधरणतर्फको आईपीओ आज बाँडफाँट

माथिल्लो तामाकोसीको सर्वसाधरणतर्फको आईपीओ आज बाँडफाँट

११ मंसिर २०७५, मंगलवार ०६:४१

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सर्वसाधरणतर्फको प्राथमिक सेयर (आईपीओ) मङ्गलबार (आज) बाँडफाँट हुनेभएकाे छ । सर्वसाधारणका लागि बिक्री खुलाइएको १५ दिनपछि कम्पनीको सेयर बाँडफाँट हुने भएको हो । कम्पनीले १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीआे कात्तिक १५ देखि २१ गतेसम्मका.....

१७ जलविद्युत् कम्पनीले साढे ३ अर्बको आईपीओ ल्याउँदै, हेर्नुहोस् कसको कति (सूचीसहित)

१७ जलविद्युत् कम्पनीले साढे ३ अर्बको आईपीओ ल्याउँदै, हेर्नुहोस् कसको कति (सूचीसहित)

१० मंसिर २०७५, सोमबार १७:००

काठमाडौं : विभिन्न १७ जलविद्युत् कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । जलविद्युत् कम्पनीले साढे ३ अर्ब रुपैयाँबराबरको ३ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । आईपीओ निष्कासनका लागि कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । कम्पनीहरुको आवेदको अध्ययन भइरहेको.....

घटेर ११६० अङ्कमा आएको सेयर बजारमा ३० करोडको कारोबार

घटेर ११६० अङ्कमा आएको सेयर बजारमा ३० करोडको कारोबार

१० मंसिर २०७५, सोमबार १५:२६

कारोबार भएकामध्ये दुई समूहबाहेक सबै समूह ओरालो लागेको दिन घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११६० अङ्कमा आएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से ६ दशमलव ३५ अङ्कले घटे पनि ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । ११६६.५९ अङ्कबाट सुरु भएको बजार ६ अङ्कले घट्दै ११६०.२८ अङ्क कायम भएको हो । सोमबार नेप्सेमा.....

मङ्सिरदेखि लगानीकर्तालाई युजर आईडी र पासवर्ड

मङ्सिरदेखि लगानीकर्तालाई युजर आईडी र पासवर्ड

१० मंसिर २०७५, सोमबार १४:१९

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लगानीकर्तालाई मङ्सिर २३ गतेदेखि युजर आइडी र पासवर्ड दिने भएको छ । लगानीकर्ताले युजर आईडी र पासवर्ड माग्दै नेप्सेमा धर्नासहित नाराबाजी गरेपछि मङ्सिर २३ देखि युजर आइडी चाहने लगानीकर्तालाई दिने भएको हो । अनलाइन प्रणाली सुधारको माग राख्दै नेप्सेको कार्यालय घेर्न पुगेका.....

युजर आईडी र पासवर्ड माग्दै नेप्सेमा लगानीकर्ताको धर्ना

युजर आईडी र पासवर्ड माग्दै नेप्सेमा लगानीकर्ताको धर्ना

१० मंसिर २०७५, सोमबार १२:५४

काठमाडौं : नेपालको धितोपत्र बजारको कारोबार स्थल नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लगानीकर्ताको समूहले धर्ना दिएको छ । बिहान १० बजेदेखि नै नेप्से प्राङ्गणमा भेला भएका लगानीकर्ताले छिटो आफूहरुलाई पासवर्ड र युजरनेम दिनुपर्ने भन्दै नारबाजी गरिरहेका छन् । कात्तिक २० गतेबाट अनलाइन कारोबार प्रणालीको सुरुपात.....

तामाकाेसीमा ऋण खोजेर सेयर भरेका स्थानीयको पैसा अझै फिर्ता भएन

तामाकाेसीमा ऋण खोजेर सेयर भरेका स्थानीयको पैसा अझै फिर्ता भएन

९ मंसिर २०७५, आईतवार १७:१५

दोलखा फस्कु घर भई हाल काठमाडौंको बालुवाटार बस्दै आएका बासु कार्कीले तामाकोसीको सेयर आवेदन दिन सहकारीबाट १ लाख २० हजार रुपैयाँ ऋण लिए । त्यो पनि १६ प्रतिशत ब्याज तिर्ने सर्तसहित । परिवारका चार जनाको सेयर आवेदनबापत उनले सनराइज क्यापिटललाई १ लाख २० हजार रुपैयाँ बुझाए । प्रतिव्यक्ति ३ सय कित्ताका दरले चार.....

सेयर बजार घटेर साढे ११ सय नजिक

सेयर बजार घटेर साढे ११ सय नजिक

९ मंसिर २०७५, आईतवार १५:१०

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)१ हजार १ सय ६६ दशमलव ४३ अङ्कको बिन्दुमा आएको छ । साताको पहिलो दिने आइतबार १४ दशमलव ८२ अङ्कले ओरालो लागेपछि नेप्से करिब साढे ११ सय बिन्दुको नजिक आएको छ । यसअघि साउन २७ गते आइतबार १ हजार १ सय ६३ अङ्कको बिन्दुमा आएको नेप्से पुनः सोही बिन्दुनजिक आएको हो । आइतबार नेप्सेमा.....

८ वर्षपछि एपललाई उछिन्दै माइक्रोसफ्ट सबैभन्दा मूल्यवान कम्पनी

८ वर्षपछि एपललाई उछिन्दै माइक्रोसफ्ट सबैभन्दा मूल्यवान कम्पनी

९ मंसिर २०७५, आईतवार १४:०३

आठ वर्षपछि गत शुक्रवार केही समयका लागि एपललाई उछिन्दै माइक्रोसफ्ट अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनी बन्यो । तथापि, एपलले केही बेरमै आफ्नो स्थिति फेरि हासिल गर्दै माइक्रोसफ्टलाई पछाडि पार्यो । एपल सन् २०१० मा माइक्रोसफ्टलाई पछि पार्दै सबैभन्दा मूल्यवान कम्पनी बनेको थियो । शुक्रबार अमेरिकी सेयर बजार.....