४ सय केभीको गल्छी—केरुङ प्रसारण लाइन निर्माण चीन र नेपालको संयुक्त लगानीमा बनाउन चीनले प्रस्ताव राखेको छ । प्रारम्भिक बैठकका विषयमा छलफलका लागि चीन पुगेको नेपाली टोलीसँगको भेटवार्तामा चीनले यस्तो प्रस्ताव गरेको हो । नेपालले प्रसारण लाइन बनाउन चीनले अनुदान दिनुपर्ने प्रस्ताव विपरीत चिनियाँ पक्षले.....
हामी समस्यामा परिसकेका छौं । परिसूचकहरु केलाउँदा हामी अहिले नै समस्यामा परेको देखाउँछ । औद्योगिक उत्पादन कमजोर भएको छ वा घटेको छ । कृषि परित्याग गरिसकेका छौं । आयातमा आधारित भएर बसेका छौं । भन्सार दर बढाइरहेका छौं । विश्वव्यापी रुपमा ‘ट्यारिफ वार’ भइरहेका बेला हामी अझै भन्सार बढाएर गइरहेका छौं । सानो देश.....
नेपालमा प्रायः हरेक वर्ष रासायनिक मलको अभाव भइरहेका बेला सरकारले सातै प्रदेशमा मल भण्डारण गर्न अत्याधुनिक गोदामघर बनाउने योजना अगाडि सारेको छ । रासायनिक मलको अभाव हुन नदिन र नियमित आपूर्तिका लागि नयाँ रणनीतिअनुरुप यस्तो प्रस्ताव गरेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले मलको अभाव हटाउन.....
अर्थमन्त्री डा युवराज खतिवडाले जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा आज करदाता सेवा कार्यालयको उद्घाटन गर्दै डा खतिवडाले तत्काल सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए.....
आर्थिक वृद्धिको गुणस्तर मापक सूचकमा नेपालको स्तर झनै कमजोर देखिएको छ । १५ वर्षअघिको तुलनामा ८ स्थान तल खस्किएको छ । साउथ एसिएन नेटवर्क अन इकोनोमिक मोडलिङ (सानेम)ले गरेको अध्ययनअनुसार सन् २००० को तुलनामा २०१५ सम्म आइपुग्दा नेपालको आर्थिक वृद्धिको गुणस्तर मापक सूचकमा थप गिरावट आएको छ । नागरिकको जीवनस्तरमा.....
वैदेशिक रोजगारीमा जाने नेपालीलाई सञ्चय कोषको व्यवस्था हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा जाने कामदारहरुलाई लक्ष्य गरी यो व्यवस्था लागू गर्न लागेको हो । मन्त्रालयका सचिव महेश्वरप्रसाद दाहालले विदेशमा जाने नयाँ कामदार र पुनः जाने कामदारले अनिवार्य रुपमा सञ्चय कोषमा खाता.....
नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएकोे ५४ लाख ९६ हजार रूपैयाँ र हुण्डीको कारोबारमा संलग्न भएको.....
जेठ १५ गते बजेट आयो । बजेटमा उद्योगीले जेजस्तो अपेक्षा गरेका थिए, बजेटले त्यसलाई सम्बोधन गर्न सकेन । उद्योगीले अपेक्षा गरेजस्तो लगानीमैत्री वातावरणलाई सघाउने गरी बजेट आएन । उद्योगमा सबैभन्दा ठूलो समस्या उच्च ब्याजदर, पूर्वाधार अभाव र बिजुलीको हो । केही विषय बजेटले सम्बोधन गरे पनि उद्योगलाई प्राथमिकता.....
नेपालमा मागअनुसार स्याउ उत्पादन हुनसकेको छैन । माग पूरा गर्न व्यापारीले विदेशबाट स्याउ आयात गर्दै आएका छन् । उत्पादन बढाउने उद्देश्यका साथ किसानले जिल्लामा स्याउ फार्म स्थापना गर्न लागेका छन् । जिल्लामा ‘हाई डेन्सिटि एप्पल फार्म’ले नयाँ प्रविधिबाट स्याउ उत्पादन गरिरहेको छ । सो फार्मका कामदार यतिबेला.....
नेपालकै पुनर्बिमा कम्पनीमा छ ओटा बिमा कम्पनीले शतप्रतिशत पुनर्बिमा गर्न थालेका छन् । विगतमा मुलुकबाहिर पुनर्बिमा गर्दै आएका बिमा कम्पनीहरुले पछिल्लो समय मुलुकभित्रै नेपाल पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गर्न थालेका हुन् । खासगरी जीवन बिमा कम्पनीहरुले नेपालमै सम्पूर्ण हिस्साको पुनर्बिमा गर्न थालेका.....