अर्थतन्त्र


पाँच अर्ब २१ करोड राजस्व सङ्कलन

पाँच अर्ब २१ करोड राजस्व सङ्कलन

२ श्रावण २०७५, बुधबार १६:३३

आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४/७५ मा कुल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजस्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले रु पाँच अर्ब ४६ करोड ५९ लाख ५० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा रु २५ करोड २६ लाख २८ हजार राजस्व कम असुली भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले.....

आठ प्रतिशत आर्थिक वृद्धि गर्न १४ खर्ब ३८ अर्ब खर्चिइने

आठ प्रतिशत आर्थिक वृद्धि गर्न १४ खर्ब ३८ अर्ब खर्चिइने

२ श्रावण २०७५, बुधबार १४:५६

चालू आर्थिक वर्ष (२०७५/७६) मा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न १४ खर्ब ३८ अर्ब रुपैयाँ पुँजीगत खर्च गरिने भएको छ । नेपाल राष्ट्र बैङ्कको अनुसन्धान विभागका प्रमुख तथा कार्यकारी निर्देशक नरबहादुर थापाले सरकारी र निजी क्षेत्रबाट चालू वर्षको वृद्धि प्राप्त गर्न यो रकम खर्च गरिने बताएका हुन् । ‘सङ्घ, प्रदेश.....

नेपालीलाई मकै खेती लाउन सिकाउँदै चीन

नेपालीलाई मकै खेती लाउन सिकाउँदै चीन

२ श्रावण २०७५, बुधबार १४:०९

चिनियाँ कम्पनीले नेपालीलाई मकैखेतीबारे सीपमूलक तालिम दिने भएको छ । नेपालका किसानलाई मकै उत्पादनमा भएको ह्रास कम गर्न र खाद्य सुरक्षा सुनिश्चिततामा सघाउन मङ्गलबारदेखि नेपालमा ‘हाइब्रिड मकै विस्तृत प्रविधि’ प्रशिक्षण कार्यक्रम गरिएको छ । ४६ दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रमलाई चीनको युआन लङपिङ हाई–टेक.....

फेयर बिजनेस फेयर अकाउन्टिङ गर्न अर्थमन्त्रीकाे सुझाव

फेयर बिजनेस फेयर अकाउन्टिङ गर्न अर्थमन्त्रीकाे सुझाव

२ श्रावण २०७५, बुधबार १०:३७

अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय क्षेत्रमा सुशासन र पारदर्शी कर प्रशासनको अवधारणा अघि बढाइएको बताएका छन् । अब व्यावसायिक प्रतिष्ठानले थोरै कर तिर्नुपर्ने गरी लेखाविवरण तयार नगर्न लेखापरीक्षकहरुलाई निर्देशन दिँदै उनले कुनै किसिमको मोलाहिजालाई स्थान नदिइने बताएका छन् । उनले नेपाल चार्टर्ड.....

२० वर्षे कृषि विकास रणनीति परिमार्जन गरिने

२० वर्षे कृषि विकास रणनीति परिमार्जन गरिने

२ श्रावण २०७५, बुधबार ०९:३०

सरकारले कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि ल्याएको २० वर्षे कृषि विकास रणनीति परिमार्जन गर्ने भएको छ । मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै संविधानको मर्मअनुसार नै कृषि विकासका लागि ल्याइएको २० वर्षे दीर्घकालीन रणनीति थप परिमार्जन गरी कार्यान्वयन गर्न लागिएको कृषि मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार.....

प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको कार्यक्रम देखाएर ६० कर्मचारी विदेश भ्रमणमा

प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको कार्यक्रम देखाएर ६० कर्मचारी विदेश भ्रमणमा

१ श्रावण २०७५, मंगलवार १७:३१

गत वर्षदेखि लागू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यक्रम देखाएर कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गतका ६० कर्मचारी विदेश भ्रमणमा गएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ७ दिनका लागि ६० जना कर्मचारी भारत भ्रमणमा गएका हुन् । विदेश भ्रमणका विषयमा कृषि, भूमि.....

मुलुकभर ६४ प्रतिशत रोपाई, गत वर्षको तुलनामा उत्पादन बढ्ने अनुमान

मुलुकभर ६४ प्रतिशत रोपाई, गत वर्षको तुलनामा उत्पादन बढ्ने अनुमान

१ श्रावण २०७५, मंगलवार १४:२०

मुलुकभर हालसम्म ६४ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । कृषि मन्त्रालय अन्र्तगत कृषि प्रसार निर्देशनालयको तथ्यांकअनुसार मुलुकका सवै क्षेत्रमा तीव्र गतिमा धान रोपाई भइरहेको छ । मौसम सक्रिय हुन थालेपछि महिनाभर आधाभन्दा बढि रोपाई सम्पन्न भएको कृषि मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी दिए । उनले.....

आधुनिक इतिहासका सबैभन्दा धनी व्यक्ति बने जेफ बेजोस

आधुनिक इतिहासका सबैभन्दा धनी व्यक्ति बने जेफ बेजोस

१ श्रावण २०७५, मंगलवार १४:१९

अनलाइन रिटेल कम्पनी अमेजनका संस्थापक जेफ बेजोस आधुनिक इतिहासमा सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लूमबर्गका अनुसार, हिजो असार मसान्तमा बेजोसको कुल सम्पत्ति १५० अर्ब डलर थियो, जुन विश्वका दोस्रा सबैभन्दा धनी व्यक्ति माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सको सम्पत्तिभन्दा करिब ५५ अर्ब डलर बढी थियो । ब्लूमबर्ग.....

मकैको बीउ बिक्री भएन

मकैको बीउ बिक्री भएन

१ श्रावण २०७५, मंगलवार १४:११

नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा सञ्चालित मकै जोन कार्यक्रमबाट उत्पादित उन्नत जातको बीउ बिक्री हुन सकेको छैन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै जोन कार्यक्रमअन्तर्गत उत्पादन गरेको मकैको बीउ बिक्री नभएको किसानको गुनासो छ । किसानले बजार व्यवस्थापनको माग गरेका छन् । एक वर्षअघिदेखि.....

नेपालमा अन्नबाली आयात वर्षेनी बढ्दै

नेपालमा अन्नबाली आयात वर्षेनी बढ्दै

१ श्रावण २०७५, मंगलवार ११:०७

मुलुकमा धान, मकै, गहुँ, जौ, फापर र कोदोजस्ता अन्नबालीको आयात केही वर्षदेखि बढ्दै गएको पाइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७४/०७५ को जेठ मसान्त (११ महिना) भित्र ४१ अर्ब ३२ करोड रूपैयाँको अन्न आयात भएको छ । सोही अवधिमा करिब एक करोड ६४ लाख रूपैयाँ बराबरको स्वदेशी.....