आफै विदेश जाँदाआउँदा साथमा ५ हजार अमेरिकी डलरबराबरको विदेशी मुद्रा वा ५ हजार नेपाली रुपैयाँभन्दा बढी रकम साथमै लिएर यात्रा गर्नेहरुले अब त्यसको सम्पूर्ण विवरण भन्सार अधिकृतलाई दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन, २०६४ अनुसार ५ हजार डलरबराबरको विदेशी मुद्रा.....
चालू आर्थिक वर्षको ११ महिनामा उद्योगमा तीन खर्ब ३० अर्ब रुपैयाँबराबरको लगानी भित्रिएको छ । उद्योग विभागको पछिल्लो तथ्याङ्कअनुसार कृषिजन्य, निर्माण, ऊर्जा, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज, सेवा तथा पर्यटन क्षेत्रका चार सय ८८ ओटा साना ठूला र मझौला उद्योगमा यो लगानीको प्रतिबद्धता आएको.....
निजगढ–मोतियारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने काम रोकिएको छ । केही दिनदेखि निरन्तर भइरहेको वर्षाले पाइपलाइन बिछ्याउन अवरोध पुर्याएपछि तत्काल पाइप बिछ्याने काम रोकिएको नेपाल आयल निगमले जनाएको छ । ‘निरन्तर वर्षा भइरहेका बेला पाइपलाइन बिछ्याउन मिल्दैन, त्यसैले केही दिन रोकिएको हो,’ नेपाल.....
एघार महिनामा ५५ करोड रुपैयाँबराबरको स्मार्टकार्ड नेपाल भित्रिएको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार सो रकमका स्मार्टकार्ड भित्रिएको हो । नेपालमा १८ ओटा मुलुकबाट भित्रिने यी स्मार्टकार्डको प्रयोग बैङ्क, लाइसेन्स, आईडीकार्डलगायत अन्य निजी कम्पनीका सुरक्षात्मक कार्यमा प्रयोग हुने गरेको विभागले.....
विश्वको सबैभन्दा ठूलो फुटबल उपाधि झनै कौतुहल तथा अत्याकर्षक बन्दैछ । किनकि फिफाले यस वर्ष फ्रान्स र क्रोएसियाबीच खेलिने खेलमा विजेता टिमलाई ३८ मिलियन अर्थात्, रनर–अपभन्दा १० मिलियन डलर बढी धनराशी दिनेछ । हालै २००६ को विश्व कप जित्ने टिमले रनर–अपभन्दा २ मिलियन डलर मात्र बढी (१८ का विरुद्ध २० मिलियन) पाएको.....
आर्थिक वर्ष २०७४/०७५ मा व्यावसायिक रुपमा १९ हजार मेट्रिक टन चिया उत्पादन भएको छ । केन्द्रीय तथ्याङ्क विभाग, राष्ट्रिय चिया तथा कफी विभाग बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्ष १८ हजार नौ सय ५८ मेट्रिक टन चिया उत्पादन भएको हो । झन्डै एक सय १३ ओटा चिया उत्पादन गर्ने कारखानाले वार्षिक रुपमा उक्त परिमाणमा.....
नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले नेपालगञ्ज–दिल्ली उडानपछि प्रदेश ५ को विकासले फड्को मार्ने बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधीकारीबीचको भेटवार्तामा महासङ्घकी अध्यक्ष राणाले सो कुरा बताएकी हुन् । नेपालका लागि भारतीय राजदूत मञ्जीव.....
नेपाल उद्योग परिसङ्घले नेपाल राष्ट्र बैङ्कद्वारा सार्वजनिक आर्थिक वर्ष २०७५÷७६ को मौद्रिकनीतिले आर्थिक नीतिको अवधारणालाई माथि उठाउन नयाँ आधारको रुपमा लिएको छ । वित्तीय प्रणाली र मौद्रिक व्यवस्थापनमा विभिन्न चुनौती देखिएको वर्तमान अवस्थामा यी चुनौतीलाई समाधान गर्न प्रस्तुत नीतिले धेरै हदसम्म सम्बोधन.....
प्रदेश ७ अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापना हुने दैजी छेला औद्योगिक क्षेत्र निर्माणको कामले गति पाएको छ । लामो समयदेखि थाती रहेको औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय तह नेतृत्वले सक्रियता देखाएपछि कामले गति पाएको हो । यहाँको निजी क्षेत्रले औसरकारलाई स्थापनाका लागि दबाब दिँदै आएको.....
कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले बर्खे धानका लागि सात हजार ३०० टन रासायनिक मल बिक्री गरेको छ । सरकारको अनुदानित मल बिक्री वितरण गर्दै आएको सो कार्यालयले गएको चैतदेखि हालसम्म डिएपी दुई हजार ७७४, युरिया चार हजार ४८१ र पोटास ९५ टन मल बिक्री गरेको छ । दुई सय २५ भन्दा बढी सहकारी संस्थामार्फत.....