बेझाड । पाल्पाका चार स्थानमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सांसद कार्यक्रमअन्तर्गत प्रदेश ५ का ५२ स्थानअन्तर्गत पाल्पाका चार स्थानीय तहमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुँदैछन् । नयाँ सोचका साथ ल्याइएको यस कार्यक्रम सञ्चालनका लागि प्रदेशसभा सदस्यहरू तुलाराम घर्तीमगर,.....
काठमाडौं । अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान निरन्तर ओरालो लागिरहेका बेला सरकारले यसको योगदान बढाउने गरी खाका तयार पारेको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको दीर्घकालीन सोचसहितको पन्ध्रौं योजना मस्यौदाको खाकामा उद्योग क्षेत्रको योगदान १४.८ प्रतिशतबाट बढाएर २०.७ प्रतिशत पुर्याइने उल्लेख छ । आर्थिक.....
काठमाडौं । नेपालका चर्चित उद्योगपति विनोद चौधरी यस वर्षको फोर्ब्स म्याग्जिनको सूचीमा १३४९ औं स्थानमा पर्न सफल भएका छन् । फोर्ब्सको आकडाअनुसार उनको सम्पत्ति एक अर्ब ७० करोड अमेरिकी डलर छ । फोर्ब्सको २०१७ को धनाढ्यको सूचीमा १५६७ स्थानमा रहेका चौधरीको सो समयमा एक अर्ब ३१ करोड अमेरिकी डलरबराबरको सम्पत्ति.....
राँझा । सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रममा सहभागी यहाँका युवाले समयमै सहुलियत ऋण प्राप्त गर्न नसक्दा निराश भएका छन् । जिल्ला युवा समितिको कार्यालय बाँकेमार्फत स्वीकृत व्यवसाय योजनाअनुसार गाउँमै उद्यम व्यवसाय गर्न तयार भएका युवा समूहलाई ऋण लगानी नभएपछि उनीहरुले सञ्चालन गरेको उद्यमसमेत अलपत्र.....
एजेन्सी । नेपालका तीन प्रमुख नदीमध्येका दुई कोसी र सप्तगण्डकी भारतको समथर फाँटहरुबाट बग्दै गङ्गा नदीमा गएर मिसिन्छन् । गङ्गा भगिरथी हुग्ली नदी प्रणालीलाई १९८६ मा भारतले राष्ट्रिय जलमार्ग पहिलो घोषणा गरेको थियो । राष्ट्रिय जलमार्ग पहिलोसँगै, गण्डकी र कोसी नदी हाजीपुर र कुर्सेला नामका दुई ठाउँबाट बग्दै.....
काठमाडौँ । नेपाल आयल निगमसँग सहमति भएसँगै ग्यास उद्योगीले आजदेखि एलपी ग्यासको ‘प्रोडक्ट डेलिभरी अर्डर (पिडिओ) खरिद गर्ने भएका छन् । निमगसँगको सहमतिपछि आजैदेखि ग्यास उद्योगीले निगमबाट पिडिओ खरीद गर्ने नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । कमिसन वृद्धिलगायतको माग राखेर आन्दोलन गर्दै आएका उद्योगीले.....
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैङ्कर र व्यवसायीहरुलाई ब्याजदरका विषयमा सहमती गर्न आग्रह गरेका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको बुधबार औपचारिक कारोबारको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले बैङ्कर र व्यवसायीहरुले ब्याजदरका विषयमा सहमति गरेर निर्णय गर्नुपर्ने र सहमति नभए सरकारले हस्तक्षेप.....
चितवन । भरतपुर महानगरपालिकामा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी नमुना बन्दै गएको छ । विसं २०४२ सालमा स्थापना भएको उक्त सहकारी दूध सङ्कलन गरी उच्च प्रविधिको प्रयोग गर्दै दुग्धजन्य पदार्थका उत्पादन आफै प्रशोधन गरी गुणस्तरीय दूध उत्पादन गरिरहेको छ । अहिले दैनिक ६ हजार लिटर दूध सङ्कलन हुने उक्त सहकारीमा.....
कास्की । गण्डकी प्रदेश सरकारले कृषियोग्य जमीनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न स–साना कित्ताका जमीनलाई एकीकृत गरी सामूहिक खेती गर्ने कार्यक्रम अघि बढाएको छ । एक बाली मात्र खेती गरिने जमीनमा चक्लाबन्दीको माध्यमबाट आवश्यक सिँचाइ, मल तथा बीउको व्यवस्थापन गरी कम्तीमा पनि तीन बाली खेती गरी उत्पादन वृद्धि.....
काठमाडौं । चालु आर्थिक वर्षमा सरकारले लिएको राजश्व संकलन र खर्चको लक्ष्य पुरा नहुने भएको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले राजश्व र खर्चको यस्तो संशोधित अनुमान तय गरेको हो । राजश्व र खर्च लक्ष्य भन्दा कम भएपछि ८ प्रतिशत आर्थिक वृद्धि नहुने अर्थ मन्त्रालयले स्वीकार गरेको.....