काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैङ्कको ब्याजदर घट्ने क्रममा रहेको बताएका छन् । निक्षेपको ब्याजदर घटेर एक अङ्कमा झरेकाले कर्जाको ब्याजदर पनि कम हुन थालेको उनले बताएका हुन् । चालू आर्थिक वर्षको अर्धवार्षिक बजेट समीक्षा कार्यक्रममा अर्थमन्त्री खतिवडाले भने, ‘नेपाल राष्ट्र बैङ्कले चासो नदेखाएको.....
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र ‘इण्डो–ल्याटिन अमेरिकन चेम्बर अफ कमर्स’बीच द्विपक्षीय, बहुपक्षीय व्यापार तथा लगानीसँग सम्बधित साझा स्वार्थको प्रवर्द्धन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा इण्डो–ल्याटिन अमेरिकन चेम्बर अफ कमर्ससँगको सम्बन्धमार्फत ल्याटिन अमेरिकी मुलुकबाट.....
काठमाडौँ । नेपाल र बङ्गलादेशबीच दोहोरो कर मुक्तिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा राजस्व सचिव लालशङ्कर घिमिरे र बङ्गलादेशका राजस्व सचिव मुसरफ हुसेनले आज सो सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त सम्झौतामा हस्ताक्षर गर्ने तयारी २०७१ सालमै भए.....
काठमाडौं । झुटा विवरण पेस गरी मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले एक अर्ब ७५ करोड रुपैयाँ बिगो माग दाबीसहित २४ फर्मविरुद्ध मुद्दा दायर गरेको छ । झुटा तथा नक्कली कर बीजक जारी गरी मूल्य अभिवृद्धि कर र आयकर छली गरेको प्रमाणित भएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण).....
नयाँदिल्ली । संयुक्तराज्य अमेरिकाले भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ । तर, भारतले अमेरिकी सहुलियत कटौतीबाट दुई देशबीचको व्यापारमा असर नपर्ने स्पष्ट गरेको छ । संयुक्तराज्य अमेरिकातर्फ भारतबाट वार्षिक करिब ८० अर्ब डलर बराबरका सामान निर्यात हुने गरेको छ । भारतका वाणिज्य सचिव.....
काठमाडौ । सरकारले कर प्रणालीमा सुधार र दायरा विस्तारका लागि आवश्यक प्रक्रिया शुरु गरेको छ । राजश्व नीतिनिर्माण तथा वित्तीय सुधार, करसम्बन्धी कानूनमा गर्नुपर्ने समयानुकूल परिवर्तन, करका दरको पुनरवलोकन, राजश्व प्रशासनको सङ्गठन संरचनालगायत विषयलाई समेट्ने तयारी गरिएको हो ।पछिल्लो ५ वर्षयता सरकारले करको.....
काठमाडौं । दुध किसान र डेरी उद्योगलाई धराशायी हुने गरी विदेशी लगानी (एफडीआई) ल्याउन आवश्यक नभएको कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले बताएका छन् । क्यापिटल नेपालसंग कुरा गर्दे भर्खरै आत्मनिर्भर हुन खोजेको डेरी उद्योगलाई समस्या पर्ने गरी बहुराष्टिय कम्पनी अहिले नै भित्राउन जरुरी नभएको मन्त्री.....
काठमाडौं । प्रदेश ३ सरकारले चीनबाट दुई वर्षका ४ हजार गाईका बाच्छाबाच्छी ल्याउने प्रक्रिया अघि बढाएको छ । चीनमा हुर्केर दुई वर्ष पुगेका त्यस्ता बाच्छाबाच्छी तीन वर्ष पूरा भएपछि मात्रै गर्भधारण भई दूध दिने जनाइएको छ । जसका कारण चीनबाट ल्याएका बाच्छाबाच्छी झन्डै डेढ वर्ष पाल्नुपर्ने भएको हो । डेढ वर्ष.....
एजेन्सी । अमेरिकासँग विवादका बावजुद पनि चिनियाँ टेलिकम कम्पनी हुवावेले आफ्ना कर्मचारी तथा सेयरहोल्डरहरुलाई प्रदान गर्दै आएको लाभांशमा तीन प्रतिशतले वृद्धि गरेको स्रोतहरुले बताएका छन् । रोयटर्स समाचार संस्थाका अनुसार सो लाभांश अर्बौं डलरको छ । अमेरिकासँगको तनावका बावजुद पनि कम्पनीको लाभांशमा यस प्रकारको.....
काठमाडौं । ठूला करदाता कार्यालय र सुप्रिम सिमेन्ट प्राइभेट लिमिटेडबीचको कर विवादका विषयमा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासमा मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर विवाद सुनुवाइ हुने भएको हो । सुप्रिम सिमेन्ट नेपाल उद्योग वाणिज्य महासङ्घका.....