भरतपुर । देवघाट क्षेत्र विकास समितिले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १० करोड ८८ लाख ३० हजार बजेट माग गरेको छ । गुरुयोजनाअनुसार काम गर्न र देवघाटको बृहत्तर विकासका लागि सो बजेट माग गरिएको देवघाट क्षेत्र विकास समितिले बुधबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । चालू आर्थिक वर्षमा देवघाट.....
काठमाडौं । भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ढिला गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) नै अग्रसर भएको पाइएको छ । विषेश गरी आयोजनालाई छुट्याइएको रकम भुक्तानी भइसकेपछि थप रकमका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गर्न ढिला गरेर क्यानले.....
काठमाडौं । चाबहिल साँखु सडक कालोपत्रेको काम सुरु भएको छ । केही समय अघि स्थानीय र व्यवसायीले सडक निर्माण र कालोपत्रे नगरेको भन्दै आन्दोलन गरेपछि भने अहिले कालोपत्रेको काम सुरु भएको हो । विगत लामो समयदेखि जीर्ण सडक निर्माण र कालोपत्रे नहुँदा त्यहाँका स्थानीय र व्यापारीले पटक पटक सडक आन्दोलन गर्दै आएका.....
काठमाडौं । लामो सयमदेखि अन्योलमा रहेको बहुप्रतीक्षित मेलम्ची खानेपानी परियोजना विशेष अवस्थामा फास्ट ट्र्याकमै बाँकी काम सम्पन्न हुने भएको छ । एक हप्ताभित्र विवाद र समस्या हटाई मन्त्रिपरिषद्मार्फत स्वीकृति गराई नेपाली ठेकेदार कम्पनीमार्फत नै बाँकी काम गराउने निर्णय अघि बढेको खानेपानी सचिव दीपेन्द्रनाथ.....
बेत्रावती । त्रिशूली–काठमाडौं २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण बुधबारदेखि सुरु गरिएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादनगृहदेखि काठमडौंको मातातीर्थ सवस्टेशनसम्म विस्तार गरिएको प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर परीक्षण थालिएको हो । परीक्षण.....
काठमाडौं । अर्थमन्त्रालयले निकासा गरेको ७० करोड रुपैयाँ विनियोजनमा पर्यटन मन्त्रालयले ढिलाइ गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि १० करोड रुपैयाँ दिएको छ । अर्थले निकाशा गरेको रकम पर्यटन मन्त्रालयले तत्कालै निर्माण कम्पनीलाई पठाउने आश्वास दिएपछि.....
पर्वत । सामुदायिक विद्यालय सञ्चालनका लागि कि त सरकारी अनुदान कि त महायज्ञ वा अन्य कुनै कार्यक्रम गरेर पैसा सङ्कलन गर्ने प्रचलन छ । तर यहाँका एक वृद्धले भने आफ्नो गाउँमा सामुदायिक विद्यालय सञ्चालनका लागि पैतृक सम्पत्ति दान गरेका छन् । पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीका शेरबहादुर गुरुङले.....
चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताएका छन् । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइबर टु द होम सेवाको आज उद्घाटन गर्दै उनले प्रेसका नाममा छाडातन्त्र गर्ने काम भने स्वतन्त्रताको मूल्य र मानक नभएको बताए । सरकार प्रेसप्रति.....
काठमाडौँ । सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी काम अगाडि बढाएका कारण एकपछि अर्को गर्दै सफलताका उदाहरण सार्वजनिक हुँदै आएका छन् । लामो समयसम्म समस्यामा फसेका रुग्ण आयोजना सम्पन्न भएका छन् भने प्रसारण लाइनको काम समेत निरन्तर अगाडि बढेका छन् । रुग्ण आयोजनाको रुपमा रहेको माथिल्लो त्रिशूली.....
काठमाडाैं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा १३ वर्षअघि खोलिएको तिलगङ्गा–ताम्रगङ्गा–गुह्येश्वरी सडक बन्द गर्नका लागि प्रक्रिया सुरु भएको छ । विश्व सम्पदा क्षेत्रको बीचबाट सडक खोलिएको भन्दै संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले पटक पटक बन्द गर्न.....