धेरैजसो ठाउँमा कामदार आपूर्ति गर्दै आएको आउटसोर्सिङ कम्पनी सुविधा सेवाले आफ्ना कर्मचारीलाई कुनै पनि सुविधा नदिएको खुलेको छ । श्रम ऐनले कामदारलाई न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ, उपदान, सञ्चयकोषलगायतका सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । तर, सुविधा सेवाले ती सुविधा उपलब्ध नगराएको पाइएको.....
नेपाल र मलेशियाबीच हुने श्रम सम्झौताको मस्यौदालाई मूर्तरुप दिन शुक्रबार नेपाली प्रतिनिधिमण्डल र मलेशियाका उच्च अधिकारीबीच छलफल हुँदैछ । छलफलमा नेपाली प्रतिनिधिमण्डलले नेपालबाट मलेशियामा कामदार आपूर्ति दुई देशको सरकार सम्मिलित (जीटुजी) प्रक्रियामार्फत हुनुपर्ने विषयलाई प्रमुखताका साथ उठाउने भएको.....
एक साताअघि विषाक्त रक्सी सेवन गरी मलेसियामा ज्यान गुमाएका दुई जनाको शव बिहीबार नेपाल ल्याइएको छ । सर्लाहीका आइतसिंह गोले र नवलपरासीका दुर्गासिंह रानाको शव थाई एयरमार्फत काठमाडौं आइपुगेको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार बिहीबार दिउँसो शव आइपुगेको हो । ती शव परिवारलाई बुझाउने तयारी हुँदै.....
सरकारले भर्खरै नयाँ श्रम ऐन जारी गरेको छ । नयाँ श्रम ऐनले श्रमिकको हकमा धेरै राम्रो काम गरेको छ । यसअघिको श्रम ऐन श्रमिकको हितभन्दा पनि रोजगारदाताको हकमा थियो । त्यसैका कारण धेरै श्रमिक पीडित थिए । तर, अहिले आएको श्रम ऐन अत्यन्तै व्यावहारिक तथा हितकर छ । नयाँ ऐनले श्रमिक आपूर्तिकर्तालाई पनि कानुनको दायरामा.....
कानुनविपरीत काम लगाउने र सेवासुविधा उपलब्ध नराउनेको पर्याय बनेका छन्— श्रमिक आपूर्तिकर्ता । श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध नगराउने, बिमा, उपदान, साप्ताहिक बिदा नदिने र तोकिएको भन्दा बढी घण्टा काममा लगाउन श्रमिक आपूर्तिकर्ता कम्पनी अग्रसर भएका छन् । सरकारले श्रमिकलाई शोषण गर्नेमाथि कडा.....
वैदेशिक रोजगारमा कामदारमाथिको ठगी, विदेश पुगेपछि अलपत्र, न्यूनतम सुविधाबाट वञ्चित र दलालको रजगज चलेको वर्षाैं भयो । अस्तव्यस्त रहेको वैदेशिक रोजगार क्षेत्रमा अहिले भने केही सुधारका सङ्केत देखिन थालेका छन् । विगतमा अस्थिर सरकारको फाइदा उठाउँदै सरकारले घोषणा गरेका कतिपय नियम र व्यवस्थालाई नमान्ने म्यानपावर.....
सङ्खुवासभाका धनबहादुर खड्का ग्रुप फोर सेक्युरिटी कम्पनीमा वैशाखबाट सुरक्षा गार्डका रुपमा कार्यरत छन् । तर उनको नाममा न अहिलेसम्म सञ्चय कोषमा रकम जम्मा भएको छ, न त औषधोपचार तथा बिमाको सेवा नै उनले पाएका छन् । उनलाई श्रमिक आपूर्तिकर्ता ग्रुप फोर सेक्युरिटीले न पुरानो श्रम ऐनअनुसार सेवा सुविधा दियो न त नयाँ.....
मलेसियामा श्रम समझदारीलाई अन्तिम रुप दिन नेपाली टोली आज मलेसिया जाँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवालीको संयोजकत्वमा सहसचिवहरुको तीन सदस्यीय टोली मलेसिया जान लागेको हो । नेपालबाट वार्ताका लागि जाने टोलीमा परराष्ट्र मन्त्रालयका दक्षिणपूर्व एसिया महाशाखा.....
मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार अाेटा ट्रेड युनियनले आइतबार गरेको अनुगमनमा उद्योगले त्यहाँ कार्यरत श्रमिकलाई श्रम सम्झौताबिना कार्य गराएको पाइएको छ । बूढीगङ्गा–३.....
डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजागरी दिएको छ । नेपालका करिब पाँच लाख किसानले दूध उत्पादन गरी रोजगार र स्वजरोगार बन्दै गएका छन् । पशुपालनतर्फ युवाको आकर्षण बढ्दा रोजगारी पाउनेको सङ्ख्या बर्सेनी बढेको हो । पछिल्ला वर्ष विदेशबाट फर्केका र शिक्षित युवाको पशुपालन पेशामा.....