समाचार


लागुऔषध तस्करीको ट्रान्जिट प्वाइन्ट बन्याे नेपाल

लागुऔषध तस्करीको ट्रान्जिट प्वाइन्ट बन्याे नेपाल

६ मंसिर २०७५, बिहीबार २०:००

विश्वव्यापी समस्याका रुपमा रहेको लागुऔषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको छ, जसका कारण विकास र शान्ति सुरक्षामा समेत नकारात्मक प्रभाव परिरहेको छ । लागुऔषध अवैध ओसारपसार नियन्त्रण गर्न कानुन कार्यान्वयन गर्ने निकाय क्रियाशील रहे पनि अन्तर्राष्ट्रिय रुपमा सङ्गठित र सक्रिय गिरोहको सञ्जालले.....

मन्त्रालयका कामकारवाही थप प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

मन्त्रालयका कामकारवाही थप प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

६ मंसिर २०७५, बिहीबार १९:०३

गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय अन्तर्गत निकायका कामकारवाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बिहीबार आयोजित कार्यक्रममा मन्त्रालयको आर्थिक वर्ष २०७५÷७६को प्रथम चौमासिक समिक्षा बैठकमा गृहमन्त्री थापाले मन्त्रालयका कामकारवाही सन्तोषजनक रहे पनि यसलाई थप प्रभावकारी बनाउन आवश्यक.....

गरिबी निवारणमा भट्टराई र अनुदान अायाेगमा सुवेदी नियुक्त, खेलकुद परिषदबाट गुरुङ हटाइए

गरिबी निवारणमा भट्टराई र अनुदान अायाेगमा सुवेदी नियुक्त, खेलकुद परिषदबाट गुरुङ हटाइए

६ मंसिर २०७५, बिहीबार १७:५६

गरिबी निवारण काेषकाे उपाध्यक्षमा निर्मल भट्टराई नियुक्त भएका छन् । मङ्सिर ३ गते बसेकाे मन्त्रिपरिषदकाे बैठकले भट्टराईलाई नियुक्त गरेकाे हाे । उनी यसअघि पूर्वप्रधानमन्त्री झलनाथ खनालका स्वकीय सचिव थिए । त्यसै गरी सरकारले विश्वविद्यालय अनुदान अायाेगकाे अध्यक्षमा प्रा. डा. भीमप्रसाद सुवेदीलार्इ नियुक्त.....

नुन सर्वसुलभ बिक्री भइरहेकोछ : साल्ट ट्रेडिङ

नुन सर्वसुलभ बिक्री भइरहेकोछ : साल्ट ट्रेडिङ

६ मंसिर २०७५, बिहीबार १७:०८

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बाजुरा जिल्लामा तोकिएको मूल्यभन्दा बढी मूल्यमा नुन बिक्री वितरण नभएको जनाएको छ । कर्पोरेशनको धनगढीस्थित सेती अञ्चल कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले आफूले बाजुरा जिल्लाको नुन बिक्रीको विषयमा स्थलगत अनुगमन गर्दा तोकिएको मूल्यभन्दा बढी रकममा कहीँ.....

सेतीखोला जलविद्युत् आयोजनाको पीपीए, ५ अर्ब लागत

सेतीखोला जलविद्युत् आयोजनाको पीपीए, ५ अर्ब लागत

६ मंसिर २०७५, बिहीबार १६:१४

कास्कीको माछापुच्छ्रे गाउँपालिका—२ मा निर्माण हुने सेतीखोला जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता(पीपीए) सम्पन्न भएको छ । विहीबार नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह, विद्युत् व्यापार विकासका प्रमुख प्रवल अधिकारी र भिजन लुम्विनि प्रालिका अध्यक्ष जगतबहादुर पोखरेले.....

खोटाङमा श्रीमानसँग झगडा हुँदा एक महिलाले मदिरा सेवन गरी आफ्नै घरमा आगाे लगाइन्

खोटाङमा श्रीमानसँग झगडा हुँदा एक महिलाले मदिरा सेवन गरी आफ्नै घरमा आगाे लगाइन्

६ मंसिर २०७५, बिहीबार १४:४७

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१० माखाममा बुधबार एक महिलाले श्रीमान्सँग विवाद हुँदा आफ्नै घरमा आगो लगाएकी छन् । स्थानीय जितबहादुर तामाङ र उनको श्रीमती फूलमाया तामाङबीच विवाद हँुदा श्रीमतीले आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब १२ लाख ९१ हजारबराबरको क्षति भएको छ । जिल्ला प्रहरी.....

no-image

करेन्ट लागेर मजदुरको मृत्यु

६ मंसिर २०७५, बिहीबार १४:२०

काठमाडौंको चन्द्रागिरीमा घर बनाउँदै गरेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–१३ नैकापस्थित ठकुरी गाउँ बस्ने मकवानपुर थाहा नगरपालिका–१ का २६ वर्षीय राम तामाङको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु प्रहरीले जनाएको छ । सोही ठाउँस्थित निर्माणाधीन घरमा काम गर्ने क्रममा हाइटेन्सन.....

no-image

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

६ मंसिर २०७५, बिहीबार १४:१३

रोल्पामा एक जनाले बच्चरोले हानेर श्रीमतीको हत्या गरेका छन् । रोल्पाको सुनिल स्मृति गाउँपालिका—५ का ५५ वर्षीय इन्द्रबहादुर राईले ४२ वर्षीय श्रीमती त्रिमता घर्ती मगरलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मदिरा सेवन गरी घर्तीले श्रीमतीलाई बुधबार साँझ हत्या गरेका.....

no-image

१३ वर्षीया बालिका बलात्कार अभियोगमा एक युवक पक्राउ

६ मंसिर २०७५, बिहीबार १४:०९

तेह्रथुममा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । म्याङलुङ नगरपालिका–३ बस्ने ती बालिकालाई मङ्गलबार राति जबर्जस्ती करणी गरेको अभियोगमा सोही ठाउँमा बस्ने २३ वर्षीय सन्तोष लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा प्रहरीले.....