काठमाडौं । कर्जाको ब्याजदरमा कमी आएको छ । गत चैतसम्म वाणिज्य बैङ्कहरुले प्रवाह गर्ने कर्जाको ब्याजदर घटेर औसत १२.२८ प्रतिशतमा झरेको छ । फागुनमा कर्जाको औसत ब्याजदर १२.३३ प्रतिशत थियो । बैङ्कहरुको आधारदर घटेपछि कर्जाको ब्याज पनि घटेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । केन्द्रीय बैङ्कका अनुसार गत वर्ष.....
काठमाडौं । विप्रेषण (रेमिट्यान्स) आप्रवाह २०.९ प्रतिशतले वृद्धि भएको छ । गत चैतसम्म ६ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले वृद्धि भएको छ.....
काठमाडौं । लामो समयदेखि बन्द भएर बक्यौता रकम नतिर्ने विदेशी विमान कम्पनीहरुलाई कालोसूचीमा राख्न सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई यथाशीघ्र बक्यौता उठाउन निर्देशन दिएको हो । यसअघि बसेको बैठकले बक्यौता रकम उठाउन क्यानलाई निर्देशन.....
काठमाडौं । विश्वभरि नै टेलिकमको आम्दानी खुम्चिरहेका बेला नेपाल टेलिकमले व्यवसाय बढाउन नयाँ रणनीति ल्याउने भएको छ । नीतिगत र प्राविधिक व्यवधानबाट खुम्चिएको आफ्नो आयस्रोत बढाउन टेलिकमले भर्टिकल बिजनेस इन्डस्ट्रिजमा अर्थात् डेटा प्लस कन्टेन्ट बिजनेसमा सिफ्ट हुने रणनीति लिएको प्रवक्ता प्रतिभा वैद्यले.....
ताप्लेजुङ । ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागएिको ७३ मेगावाट क्षमताको मध्यतमोर जलवद्यिुत् आयोजनाको नर्मिाण कार्यले तीव्र गत लिएको छ । आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानीमा हाइड्रो एण्ड इञ्जनिीयरङि प्रालकिा अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महीनाअघबिाट नर्मिाण थालएिको हो.....
बर्साैंदेखि काठमाडौंको पर्यटकीय स्थल ठमेलमा सञ्चालित एक दर्जन रात्रिकालीन रेस्टुरेन्ट र डिस्को पनि अन्तरिम आदेशका भरमा चल्दै आएका छन् । स्थानीय प्रशासन ऐनअनुसार राति १२ बजेसम्म मात्र रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाइन्छ । त्यसैले राति १२ बजेभन्दा पछि चलाएको पाइए सञ्चालकलाई पक्राउ गरी कारबाही गर्न.....
काठमाडौं । नेपालले विश्वका १५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको भए पनि २३ मुलुकसँगको व्यापारमा मात्र नाफा देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको नौ महिनाको विवरणमा १२८ मुलुकसँग व्यापार घाटामा छ । व्यापार नाफामा रहेका मुलुकको कारोबार भने असाध्यै न्यून छ । नाम मात्रैको व्यापार.....
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भ्याट र आयकरमा नीतिगत रुपमा अबको बजेट अस्थिर नहुने बताएका छन् । निजी क्षेत्रका चार संस्थाले शुक्रबार आगामी बजेट २०७६/२०७७ मा सुझाव पेश गरेपछि अर्थमन्त्रीले भ्याट र आयकरमा नीतिगत अस्थिरता नहुने बताएका हुन् । शुक्रबार निजी क्षेत्रका चार संस्था नेपाल उद्योग वाणिज्य.....
काठमाडौं । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आगामी वर्ष ३९ ओटा जिल्लाका गरिब घरधुरीलाई वितरण गरिने ‘गरिब परिचयपत्र’ वितरणका लागि २ अर्ब रुपैयाँ बजेट माग गरेको छ । मुलुक सङ्घीय संरचनामा गएपछि स्थानीय सरकारसँग समन्वय गरी ‘गरिब परिचयपत्र’ वितरण कार्यक्रम अघि बढाउन आगामी वर्ष २ अर्ब रुपैयाँ माग गरिएको.....
अन्तरिम आदेशले चलेका व्यवसाय क्यासिनो मात्रै होइन, अरु धेरै छन् । क्यासिनो जस्तै गरी दादागिरी देखाउँदै आएका छन्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलभित्र तथा बाहिरी भागमा सञ्चालित २० ओटा पसलले । सरकारलाई भाडा नतिरी सित्तैमा व्यवसाय सञ्चालन गर्दै आएका पसलेले पनि.....