घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामले उद्योगी व्यवसायीलाई उद्योग स्तरोन्नतिका लागि करिब २५ लाख रुपैयाँ बराबरको अनुदान सहयोग गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७४/७५ मा उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमबाट जिल्लाका ४९ जना उद्यमीलाई सामग्री खरिदका लागि २४ लाख ८७ हजार ७५० रुपैयाँ.....
चालु आर्थिक वर्षको पहिलो छ महिनासम्म उपलब्ध आर्थिक परिसूचकले मुलुकको अर्थतन्त्रमा मिश्रित प्रगति देखाएको छ गैरकृषि क्षेत्रका आर्थिक गतिविधिमा अपेक्षाकृत विस्तार भए पनि कृषि क्षेत्रको उत्पादन अपेक्षा गरेभन्दा केही कम भएको नेपाल राष्ट्र बैङ्कद्वारा आज जारी प्रतिवेदनमा उल्लेख छ । ऊर्जा उत्पादनमा.....
नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरुको कर्जा निक्षेप अनुपातको दैनिक गणना मासिक रुपमा गर्ने व्यवस्था गरेको छ । राष्ट्र बैङ्कले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै वाणिज्य बैङ्कलाई राहत दिने गरी यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीतिले बैङ्कले हर्जाना तिर्न पनि मासिक औसतलाई आधार मान्ने व्यवस्था.....
एसियाली विकास बैङ्कले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न १० अर्ब रुपैयाँ ऋण सहयोग प्रदान गर्ने भएको छ । उक्त बैङ्कले स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनःसंरचनाका निम्ति १० करोड रुपैयाँ बराबरको प्राविधिक सहायता पनि उपलब्ध गराउने भएको छ । आज अर्थमन्त्रालयमा आयोजित.....
अन्तर्राष्ट्रिय हवाई उड्डयनका लागि नेपाल छिर्ने रुट विस्तारका लागि भारतले स्वीकृति दिने सङ्केत गरेको छ । अहिले नेपाल छिर्ने प्रवेशविन्दु सिमरा क्षेत्रमात्र रहेकोमा भारतले कम्तीमा थप दुई रुटका लागि अनुमति दिनका लागि गृहकार्य गरेको सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय.....
ज्येष्ठ नागरिकले वृद्धभत्ता बढाउनुपर्नेमा जोड दिँदै आएका छन् । अहिले पाउँदै आएको दुई हजार रुपैयाँ भत्ता पुनरवलोन गरी महँगी र समयअनुसार बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले विगत लामो समयदेखि धर्ना समेत दिँदै आएका छन् । ऐनमा व्यवस्था भएअनुसार यातायात र स्वास्थ्योपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत.....
भारतको नोयडामा अहिले अटो एक्स्पो चलिरहेको छ । यसलाई विशेषगरी विद्युतीय कार प्रदर्शनीको एउटा उपयुक्त मञ्चका रुपमा लिइएको छ । उक्त एक्स्पोमा विभिन्न सवारीसाधनको प्रदर्शनी त भइरहेकै छ, सँगै भविष्यको प्रविधि अर्थात् विद्युतीय सवारीका बारेमा चर्चापरिचर्चासमेत गरिएको छ । र, यहाँ टप सेभेन विद्युतीय कार पनि.....
उपप्रधान एवम् ऊर्जामन्त्री कमल थापाले अझै मुलुकमा ४० प्रतिशत जनता बिजुलीको पहुँचबाहिर रहेको बताएका छन् । मिडिया नेपाल कञ्चनपुरले आइतबार भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी पाँच वर्षभित्र हरेक घरमा विद्युत् सेवा पु¥याउने लक्ष्यअनुसार सरकारले काम अघि बढाएको जानकारी दिए । आगामी.....
मनाङ र लमजुङ जोड्ने एउटै मात्र सडक बेसीसहर चामे सडक आजबाट चार दिनका लागि बन्द हुने भएको छ । मनाङ र लमजुङ सिमानामा रहेको म्यादी खोलामा पक्की पुल निर्माण गर्ने क्रममा आजबाट पुलको ढलान हुने भएकाले सवारी आवत जावतमा रोक लगाइएको हो । साँघुरो सडक भएको र अर्को कुनै विकल्प नहँुदा सवारी आवत जावतमा रोक लगाइएको पुल.....
प्रधानमन्त्री शेरबहादुर देउवाले दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा निर्माण सम्पन्न भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन गरे । त्यस अवसरमा प्रम देउवाले सुदूरपश्चिममा देशकै सबैभन्दा बढी जलविद्युत् उत्पादन हुने क्षमता भएकाले यस क्षेत्रमा जलविद्युतको प्रचूर विकास गर्न.....