नेपाली बजारमा खपत हुने चिनियाँ सामग्री सोमबारदेखि रसुवागढी नाकाबाट भित्रिने तयारी भएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी निरीक्षक कमल पन्थीले तिब्बतमा ल्होछार पर्वका कारण सामान ढुवानी कार्य रोकिएको र भोलिदेखि नियमित सञ्चालनका लागि त्यहाँका कामदार काममा फर्किएर केरुङमा सामान लोड गर्ने.....
विद्युत् प्राधिकरणले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)सम्म चैतभित्रमा विद्युत् पुर्याउने भएको छ । तर, त्यहाँ स्थापना हुने उद्योगका लागि विद्युत् दिनका लागि सेजले बनाउनुपर्ने ३३/११ केभीको सब स्टेसन (१० एमभीए) निर्माण प्रक्रिया अहिलेसम्म अगाडि बढेको छैन । यसले गर्दा प्राधिकरणले भैरहवा सेजसम्म विद्युत्.....
चीनको अर्थतन्त्र २०१७ मा ६.९ प्रतिशतको गतिले बढ्यो, अपेक्षाभन्दा बढी र सात वर्षमा पहिलो वार्षिक वृद्धि भएको त्यहाँको सरकारी रिपोर्टले बताएको छ । यो अङ्कले विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्थाका लागि अर्थशास्त्रीहरुले गरेको भविष्यवाणीलाई चित पा¥यो र चिनियाँ सरकारको ६.५ प्रतिशतको आप्mनै आधिकारिक.....
जलस्रोत, पर्यटन, कृषि, पशुपालन र जडिबुटीको क्षेत्रमा सम्भावनै सम्भावनाको क्षेत्र हो म्याग्दी । तर, सम्भावना हुँदाहुँदै पनि यो पहिचान, संरक्षण, पूर्वाधार र खोजअनुसन्धानको कमीका कारण ओझेलमा परेको छ । म्याग्दीलाई समृद्ध एवम् विकसित बनाउन राज्य तथा निजीक्षेत्र लगानी भिœयाउनमा केन्द्रित हुनुपर्ने म्याग्दी.....
पछिल्लो समयमा वित्तीय प्रणालीको ब्याजदमा अस्वाभाविक उतारचढाव आएको छ । बैङ्कहरुले पुँजी, कर्जा तथा निक्षेप(सीसीडी) रेसियो कसिलो अवस्था भएपछि ब्याजदरमा अस्वाभाविक प्रवृत्ति देखिएको हो । बैङ्कको सीसीडी कसिलो भएपछि कर्जा प्रबाह गर्नका लागि निक्षेप तान्नु पर्ने अवस्था सिर्जना भयो । निक्षेप अकर्षण गर्नका.....
भारतबाट आयातित वस्तुको रकम अमेरिकी डलरमा भुक्तानी गर्ने क्रम चालु वर्षमा ह्वात्तै बढेको छ । चालु वर्षको ५ महिनामा नेपालले भारतबाट आयातित सामग्रीका लागि ५२ अर्ब ७३ करोड ५७ लाख रुपैयाँबराबरको डलर झुक्तानी गरेको छ । पाँच महिनाको अवधिमा भुक्तानी भएको यो रकम गत वर्षको यसै अवधिको ३३ अर्ब ६३ करोड ४४ लाख रुपैयाँको.....
केन्द्रीय बैङ्कद्वारा समस्याग्रस्त घोषणा भएका अर्थात् चल्न नसक्ने अवस्थामा पुगेका वित्तीय संस्थाहरुमा ठूला लगानीकर्ताको चासो बढ्न थालेको छ । यस्तो चासोले समस्याग्रस्त कम्पनीहरुले पुनर्जीवन पाउन थालेका छन् । खासगरी आफ्नै स्वामित्वमा बैङ्क तथा वित्तीय संस्थाको खोजी गर्दै हिँड्ने समूह र व्यक्तिलाई.....
सरकारले चालु आर्थिक वर्षमा लिएको ७.२ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यलाई पूरा गर्न कठिन हुने नेपाल नेपाल राष्ट्र बैङ्कले सङ्केत गरेको छ । पाँच महिनाको मुलुकको आर्थिक परिदृश्य सार्वजनिक गरेको बैङ्कले सकारात्मक सङ्केत देखिएको बताए पनि कृषि क्षेत्रको वृद्धिले समग्र आर्थिक वृद्धिको आगामी परिदृष्य निर्धारण.....
स्थानीय तह (नगर/गाउँपालिका)ले एक हजार रुपैयाँको सम्पत्तिमा २५ रुपैयाँ कर लगाउन पाउने भएका छन् । सरकारले नगर/गाउँपालिकालाई आफ्नो क्षेत्रभित्र रहेको सम्पत्ति कर लगाउन भनी तोकेको घरजग्गाको मूल्याङ्कित रकमको ०.२५ (शून्य दशमलव दुई पाँच) प्रतिशतका दरले कर लगाउने र उठाउने अधिकार दिन लागेको हो । त्यस्तै स्थानीय.....
सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न ठाउँमा फूलको उत्पादन नहुँदा भारतबाट विभिन्न प्रजातिका फूल आयात गरी व्यवसाय सञ्चालन गर्न फूल व्यवसायी बाध्य छन् । फूलको व्यावसायिक खेती गर्न नसक्दा भारतीय फूलको भर पर्नु परेको हो । बिहेको मौसम, सम्मान–सत्कार गर्न या घर सजाउन फूल आवश्यक पर्दछ । विभिन्न समयमा.....