साँफे–मार्तडी राजमार्गअन्तर्गतको बूढीगङ्गा नगरपालिका–१, अम्कोटेको सडकखण्ड आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ । सडक निर्माणका क्रममा सडकको छेऊ र माथिपट्टि रहेका ढुङ्गा फुटाउनुपर्ने भएकाले सडकमा आवतजावत गर्ने सवारीका साधनमा रोक लगाइएको पीएस कन्सट्रक्सन कम्पनीका प्रेमबहादुर थापाले बताए । उनले.....
नेपालीमा माछा खाने संस्कृति बढेसँगै यसको बजार पनि बढेको छ । उत्पादन भएको माछाको सहजै बिक्री भएपछि माछापालन पनि फस्टाएको हो । माछापालन बढेसँगै गतवर्षको तुलनामा यो वर्ष माछा उत्पादन १० प्रतिशत उत्पादन वृद्धि हुने प्रक्षेपण पनि गरिएको छ । चालू आर्थिक वर्ष ०७४/७५ मा ९० हजार टन माछा उत्पादन हुने मत्य विकास.....
विदेशी भूमिमा काम गरेर नेपाल पठाउने आम्दानीमा भारतको हिस्सा बढ्दै गएको छ । कुनै बेला भारतीय हिस्सा नदेखिने रेमिट्यान्स (विप्रेषण)मा यतिबेला भारतबाट आउने रकम सबैभन्दा बढी देखिन थालेको छ । चालू आर्थिक वर्षको ३ महिनाको विवरण हेर्दा भारत नेपालमा रेमिट्यान्स पठाउने पहिलो मुलुकमा पर्छ । चालू वर्षको असोजसम्म.....
खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन निर्माण सुरु भएको झन्डै १४ वर्षमा गत वर्ष पूरा भयो । काठमाडौंको विद्युत् आपूर्ति सुधार गर्ने लक्ष्यले निर्माण सुरु गरिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन १४ वर्षदेखि अलपत्र छ । ठेकेदारले काम नगरेपछि विद्युत् प्राधिकरणले गत असोज ६ गते २२० केभी.....
नेपाली सेनाले काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने भएको छ । द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले उक्त जानकारी दिएका हुन्नुर । उक्त द्रुतमार्गको.....
सरकारले क्लिङ्कर आयातमा देखिएको समस्या समाधान गर्न नसक्दा सिमेन्ट उद्योगको अर्बौ रुपैयाँ लगानी जोखिममा पर्ने देखिएको छ । भारतबाट क्लिङ्कर आयात गर्ने र नेपालमा सिमेन्ट बनाएर बिक्री गर्दै आएका ३० भन्दा बढी उद्योगको लगानी जोखिममा पर्दै गएको व्यवसायीहरुले बताएका छन् । हाल १४ उद्योगले आफै क्लिङ्कर उत्पादन.....
झापाको दमकबाट इलाम हुँदै पाँचथर जोड्ने दमक–रवि चिसापानी सडक (फाल्गुनन्द मार्ग)को सम्पूर्ण भाग खुलेको छ । दुई दशकअघिदेखि निर्माणाधीन ४१ किमी सडकको सबै भाग खुलेको निर्माण उपभोक्ता समितिले जानकारी दिएको छ । समितिका अध्यक्ष गगन पुरीका अनुसार एक सातापछि साना सवारी साधन गुडाउन दिइने निर्णय भएको छ । यसअगाडि.....
उद्योग वाणिज्य सङ्घ चितवनको ५१औँ साधारणसभा तथा ३५औँ अधिवेशनले सहनलाल प्रधानको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ । गएराति सम्पन्न मतगणनामा निकटतम प्रतिद्वन्द्वी राजु श्रेष्ठलाई ३ सय ४३ मतले पछि पार्दै प्रधान अध्यक्षमा चयन भएका हुन् । प्रधानले एक हजार ४ सय ८९ मत ल्याउँदा श्रेष्ठले एक हजार.....
बेनीमा सञ्चालित छैठौं म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति एवम् ४ नम्बर प्रदेशस्तरीय कृषि, आद्यौगिक, व्यापारिक तथा सांस्कृतिक मेलामा दर्शकको ओइरो लागेको छ । सोमबार बेनीको खुल्लामञ्च दर्शकले खचाखच भरिएको थियो । महोत्सवको प्रमुख आकर्षण स्थानीय तहस्तरीय पुरुष महिला भलिबल र बास्केटबल प्रतियोगिता मङ्गलबारदेखि.....
सरकारले भूकम्पमा घरबारविहीन भएका परिवारलाई अहिलेसम्म पौने ६३ अर्ब रुपैयाँ वितरण गरेको छ । निजी आवास पुनर्निर्माण गर्न तीन किस्तामा उक्त रकम वितरण गरिएको हो । ६ लाख ६६ हजार ९ सय ७७ परिवारले पहिलो किस्ताको ५० हजार रुपैयाँका दरले ३३ अर्ब ३४ करोड रुपैयाँ, १ लाख ७५ हजार ६ सय २७ परिवारले दोस्रो किस्ताको १ लाख.....