अर्थतन्त्र


छत्तीस करोडको आलु उत्पादन

छत्तीस करोडको आलु उत्पादन

२७ पुष २०७४, बिहीबार १३:३१

डडेल्धुरामा आव २०७३/७४ मा ३६ करोड रुपैयाँ बराबरको आलु उत्पादन भयो । जिल्लाभरिमा गत वर्ष १८ हजार मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष २४ हजार मेट्रिक टन आलु उत्पादन भएको छ । यस वर्ष आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी.....

उदयपुर सिमेन्टको उत्पादन ७०० मेट्रिक टन

उदयपुर सिमेन्टको उत्पादन ७०० मेट्रिक टन

२७ पुष २०७४, बिहीबार १२:४७

सरकारी स्वामित्वको देशकै सबैभन्दा ठूलो उदयपुर उदयपुर सिमेन्ट उद्योगले दैनिक ७ सय मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको छ । उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढेको र उद्योगको मेसिन मर्मत र सुधारमा समेत राम्रो व्यवस्थापन भएका कारण अहिले गैंडाछाप सिमेन्टको उत्पादन प्रतिदिन ७ सय मेट्रिक.....

मूल्यवृद्धि फिर्ता लिन महासङ्घको माग

मूल्यवृद्धि फिर्ता लिन महासङ्घको माग

२७ पुष २०७४, बिहीबार १०:३७

नेपाल निर्माण व्यवसायी महासङ्घले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग इन्धन, फलाम, सिमेन्ट, गिटी, बालुवालगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता गराउन आग्रह गरेको छ । महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठको नेतृत्वमा गएको टोलीले निर्माण सामग्रीको मूल्य बढेर व्यवसायी र जनता मारमा परेको.....

वैकल्पिक ऊर्जाको व्यवस्थापनमा जोड

वैकल्पिक ऊर्जाको व्यवस्थापनमा जोड

२६ पुष २०७४, बुधबार १९:५२

पेट्रोलियम पदार्थको निर्भरतालाई घटाउँदै वैकल्पिक ऊर्जाको व्यवस्थापनमा लाग्नुपर्नेमा सरोकार भएका निकायका अधिकारीले जोड दिएका छन् । नेपाल आयल निगमको ४८ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा आपूर्तिमन्त्री जयन्त चन्दले विश्वमा सबैभन्दा बढी तेल उत्पादन एवम् निर्यात गर्ने संयुक्त अरब इमिरेट्सले.....

उखुु बेचबिखनमा किचलो

उखुु बेचबिखनमा किचलो

२६ पुष २०७४, बुधबार १७:०९

रौतहटमा उद्योगी र दलाल मिलेर निर्धारित मूल्यभन्दा थोरैमा उखुु खरिद गरिरहेका छन् । यसको प्रत्यक्ष मारमा आपूmहरु परेको स्थानीय किसानहरुले बताए । नियमनकारी निकायको मौनताका कारण उद्योगीले छुुट्टाछुुट्टै स्थानमा उखुु खरिदका लागि काँटा राखेर दलालमार्पmत निर्धारित दरभाउभन्दा निकै कम मूल्यमा किसानको उखुु.....

बारा जिल्लाको पाँच हजार हेक्टरमा हिउँदे तरकारी

बारा जिल्लाको पाँच हजार हेक्टरमा हिउँदे तरकारी

२६ पुष २०७४, बुधबार १४:४४

यस वर्ष बारा जिल्लामा कुल पाँच हजार ४६० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको छ । यहाँका किसानले हिउँदे तरकारीमा काउली, बन्दा, भन्टा, मूला, गोलभेँडा, केराउलगायत खेती गरेका छन् । हिउँदे तरकारी खेतीबाट प्रतिहेक्टर १५.३० मेट्रिक टनका दरले कुल ८३ हजार ५३८ मेट्रिक टन तरकारी उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले.....

अमेजनका सीईओ विश्वकै धनाढ्य

अमेजनका सीईओ विश्वकै धनाढ्य

२६ पुष २०७४, बुधबार १२:३३

अमेजनका सीईओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति भएका छन् । हाल उनको कुल सम्पत्ति यति धेरै भएको छ जति अहिलेसम्म कसैको भएन । सोमबार ब्लुमबर्गद्वारा जारी अर्बपतिहरुको सूचीमा जेफ बेजोस अहिले १०५.१ अर्ब डलरभन्दा पनि धेरै सम्पत्तिका मालिक बनेका छन् भनी उल्लेख गरिएको छ । बेजोसले माइक्रोसप्mटका संस्थापक.....

चुहावट नियन्त्रण अभियान

चुहावट नियन्त्रण अभियान

२६ पुष २०७४, बुधबार ११:२७

पर्सा जिल्लामा विद्युत् चुहावट १० प्रतिशतमा झार्न प्राधिकरणले नियन्त्रण अभियान थालेको छ । विगत दुई वर्ष अघिसम्म १८ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगञ्जले यो अभियान सुरु गरेको हो । प्राधिकरणले लुकीछिपी विद्युत् चोरी गर्नेलाई धमाधम पक्राउ गरी कारबाही.....

पूर्वाधार निर्माण बढ्दा स्टिल उद्योगलाई अवसर

पूर्वाधार निर्माण बढ्दा स्टिल उद्योगलाई अवसर

२६ पुष २०७४, बुधबार ११:००

मुलुकमा पूर्वाधार निर्माणले तीव्रता पाएसँगै निर्माण सामग्रीको माग बढेको छ । राजनीतिक स्थिरतासँगै मुलुकमा सडक, सिँचाइ, विद्युत् आयोजना, विमानस्थल निर्माण अघि बढेपछि स्टिलको माग बढे पछि उद्योगीलाई पनि अवसर वृद्धि भएको छ । भूकम्पले भत्काएका करिब आठ लाख घरसहित सरकारी संरचना निर्माणको क्रममा रहेकाले पनि.....

उद्योग विभागमा सात हजार उद्योग दर्ता

उद्योग विभागमा सात हजार उद्योग दर्ता

२६ पुष २०७४, बुधबार ०८:५६

उद्योग विभागले हालसम्म सात हजार २६० उद्योग दर्ता गरेको छ । ठूला, मझौला र विदेशी लगानीका साना उद्योग दर्ता गर्ने जिम्मेवारी पाएको विभागले हालसम्म सात हजारभन्दा धेरै उद्योग दर्ता गरेको हो । तीमध्ये ठूला ९८४, मझौला एक हजार ६०२ र साना चार हजार ६७४ उद्योग दर्ता भएको विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी.....