सेयर


सेयर बजारमा हरियाली, १३ सय अङ्कमा नेप्से

सेयर बजारमा हरियाली, १३ सय अङ्कमा नेप्से

२३ बैशाख २०७६, सोमबार १५:१३

काठमाडौं । साताको पहिलो आइतबार दिन सेयर बजारमा गिरावट आएकोमा दोस्रो दिन २१.७३ अङ्कले बढेको छ । सेयर बजार बढेर नेप्से परिसूचक १ हजार २९९ अङ्कमा पुगेको छ । आइतबार बजार १६.७१ अङ्क घटेको थियो । सोमबार नेप्सेका सबै परिसूचकमा हरियाली छाएको छ । सोमबार बैङ्क तथा वित्त, जलविद्युत्, उत्पादन, बिमा, लघुवित्त, होटल व्यापार.....

रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाको सेयर बाँडफाँट

रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाको सेयर बाँडफाँट

१९ बैशाख २०७६, बिहीबार १८:०३

काठमाडौं । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको शेयर बाँडफाँड भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मा दुवै आयोजनाको आइपिओ बाँडफाँड गरिएकोे हो । साञ्जेन जलविद्युत् कम्पनीको स्वीकृत आवेदनबाट २ लाख ८८ हजार ८९७ जनालाई बाँडफाँड गरिएको छ । यसेमा १० देखि २ हजार कित्तासम्म आवेदन दिने सबै आवेदकलाई.....

सेयर बजारमा करेक्सन हुँदा ११ अङ्क घट्यो, नेपाल लाइफ र नेपाल बैङ्कको सबैभन्दा बढी कारोबार

सेयर बजारमा करेक्सन हुँदा ११ अङ्क घट्यो, नेपाल लाइफ र नेपाल बैङ्कको सबैभन्दा बढी कारोबार

१७ बैशाख २०७६, मंगलवार १५:२६

काठमाडौं । अघिल्लो सातासम्म लगातार बढ्दै आएको सेयर बजार अब करेक्सन (सच्चिन) हुन सुरु भएको छ । सोमबार ४ अङ्कले घटेको बजार मङ्गलबार ११.७ अङ्कले घटेर नेप्से परिसूचक १ हजार २९८ अङ्कमा झरेको छ । सोमबारको तुलनामा मङ्गलबार कारोबार रकम पनि घटेको छ । मङ्गलबार ९५ करोड रुपैयाँ बराबरका २९ लाख ६७ हजार ३५८ कित्ता सेयरको.....

सेयर बजार ४ अङ्कले घट्दा १ अर्ब १९ करोड ७७ लाखको कारोबार

सेयर बजार ४ अङ्कले घट्दा १ अर्ब १९ करोड ७७ लाखको कारोबार

१६ बैशाख २०७६, सोमबार १५:१९

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार ४ अङ्कले घटेर नेप्से परिसूचक १ हजार ३१० अङ्कमा सीमित भएको छ । सेयर बजार घटे पनि १ अर्ब १९ करोड ७७ लाख रुपैयाँबराबरको ३० लाख १६ हजार ४८० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ । सोमबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा.....

सेयर बजारमा बिमा र बैङ्किङबीचको दुस्मनी, नेपाल बैङ्कमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा बिमा र बैङ्किङबीचको दुस्मनी, नेपाल बैङ्कमा झुम्मिए लगानीकर्ता

१५ बैशाख २०७६, आईतवार १५:४३

नेपाल स्टक एक्सचेन्जमा बिमा कम्पनीहरुको मूल्यमा भएको वृद्धिले नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) पनि उच्च गतिमा बढेको छ । यद्यपि बैङ्किङ उपसूचक भने घटेको छ । यसले बिमा कम्पनीको सेयर र बैङ्कहरुको सेयर मूल्यमा एक प्रकारले दुस्मनीजस्तो देखिएको छ । बिमा कम्पनीको सेयर उछाल देखिँदा बैङ्कहरुको सेयरमा भने.....

रसुवागढी र साञ्जेनको साधारण सेयरः ३ करोड १७ लाखको आवेदन

रसुवागढी र साञ्जेनको साधारण सेयरः ३ करोड १७ लाखको आवेदन

१५ बैशाख २०७६, आईतवार ०९:३१

काठमाडौं । जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयरमा सर्वसाधारणले उत्साहपूर्ण सहभागिता जनाएका छन् । चिलिमे जलविद्युत् कम्पनीका दुई सहायक कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको शेयरमा तीन करोड बढीको आवेदन परेको हो । चिलिमे जलविद्युत् कम्पनीका प्रमुख.....

सेयर बजारमा सुधार, छिमेकी लघुवित्तको सबैभन्दा बढी कारोबार

सेयर बजारमा सुधार, छिमेकी लघुवित्तको सबैभन्दा बढी कारोबार

१० बैशाख २०७६, मंगलवार १५:२३

काठमाडौं । मङ्गलबार सेयर बजार ३.७४ अङ्क बढेको छ । सोमबार ७ अङ्क घटेको सेयर बजार मङ्गलबार बढेर नेप्से परिसूचक १ हजार २६० अङ्कमा पुगेको छ । सेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ । मङ्गलबार ६० करोड ६४ लाख २३ हजार रुपैयाँबराबरका १७ लाख ७५ हजार ९८० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले.....

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई दियो १५ प्रतिशत लाभांश

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई दियो १५ प्रतिशत लाभांश

१० बैशाख २०७६, मंगलवार १४:५९

काडमाडौं । शिवम् सिमेन्टसले आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले ९ सय ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ वितरण गर्ने बताएको छ । पब्लिक कम्पनीमा परिणत भइसकेपछि भएको तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीलाई समेत दिने गरी नगद लाभांश बाँड्ने निर्णय गरेको हो । सिमेन्ट उत्पादक.....

सेयर बजार वृद्धिमा लाग्यो ब्रेक, १०३ करोडको कारोबार

सेयर बजार वृद्धिमा लाग्यो ब्रेक, १०३ करोडको कारोबार

९ बैशाख २०७६, सोमबार १५:१५

काठमाडौं । लगातार बढिरहेको सेयर बजार सोमबार रोकिएको छ । आइतबार ३२ अङ्कले बढेको बजार सोमबार ७.२६ अङ्कले घटेको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । सोमबार १ अर्ब ३ करोड ७६ लाख रुपैयाँबराबरका ३२ लाख २२ हजार २५६ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब २ करोड ४ लाख रुपैयाँ सेयर कारोबार भएको थियो । सोमबार.....

सेयर बजारमा उछाल, १०२ करोडको कारोबार

सेयर बजारमा उछाल, १०२ करोडको कारोबार

८ बैशाख २०७६, आईतवार १५:१६

काठमाडौं । लगानीकर्तामा विश्वास बढेपछि साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ । नयाँ वर्षको सुरुको दिनदेखि सकारात्मक सङ्केत देखिएको बजारमा आइतबार ३२ अङ्क बढेर नेप्से परिसूचक १ हजार २६४ अङ्कमा पुगेको छ । नयाँ वर्ष सुरु भएपछि बजार बढ्दै गएको छ । कम्पनीहरुको वित्तीय प्रतिवेदन आउने क्रम सुरुआत,.....