हानकुक टायरले एलएच सर्भिसेस र स्पेयर पार्टस् (एल एच एस् एस्) लाई नेपालको लागि आधिकारिक विक्रेताकोे रुपमा नियुक्त गरेको छ । एल एच एस् एस् कम्पनी २०१८ मा स्थापित भएको हो र कम्पनीको भिजन “उपभोक्ताको गतिशीलताका लागि एक मात्र समाधान” भन्ने लक्ष्यका साथ अगाडी बढेको छ । यस कम्पनीले विश्वव्यापी रुपमा प्रख्यात.....
साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ । काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको हो । काठमाडौँ महानगरपालिकाको रु पाँच करोड र ललितपुर महानगरपालिकाको रु एक करोड.....
चरिकोटबाट दसैं मनाएर मङ्गलबार काठमाडौं फकिएका दिनेश केसी कोटेश्वरमा ओर्लिए । सार्वजनिक भाडाको गाडीमा डिल्लीबजार पुग्न सहज नहुने भन्दै ट्याक्सी खोज्न लागे । ट्याक्सी चालकलाई गाउँबाट मानिस आउनेलाई ओसारपसार गर्न भ्याइनभ्याई थियो । एक बोरा सामानका साथमा उनले एक ट्याक्सीलाई रोक्दै सोधे, ’दाइ डिल्लीबजार.....
मङ्गलबार नेपालथोकदेखि काठमाडौं आउन लागेकी दोलखाकी सावित्री थापाले ४/५ घण्टा बस कुर्नप¥यो । बीपी राजमार्गमा चल्ने सवारी निकै पातलो चलेकाले पनि उनले बस पाउन निकै गाह्रो पर्यो । सोमबार मुग्लिङदेखि काठमाडौं आउन गाडी कुरेर बसेका बागलुङका सुरेन्द्र पौडेलले पनि यस्तै नियति भोग्नुप¥यो । उनी दिउँसो २ बजेदेखि.....
नेपालमा पहिलो पटक विद्युतीय बस सेवा सुरु भएको छ । ललितपुर महानगरपालिकासँग समन्वय गरी साझा यातायातले मङ्गलबारबाट बीवाईडी कम्पनीका दुइटा विद्युतीय बसमार्फत् सेवा सुरु गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले साझाले सुरु गरेको विद्युतीय बस सेवाको उद्घाटन गरे । बससेवा उद्घाटन गर्दै प्रम ओलीले विद्युतीय.....
भारतीय बजारमा हुन्डाई स्यान्ट्रोको पुनः प्रवेश भएको छ । नयाँ दिल्लीमा मङ्गलबार एक भव्य कार्यक्रमबीच अल न्यू स्यान्ट्रोलाई सार्वजनिक गरिएको हो । बलिउड अभिनेता शाहरुख खान, हुन्डाई मोटर इन्डियाका प्रबन्ध निर्देशक तथा सीईओ वाईके कोले स्यान्ट्रो ह्याचब्याकलाई सार्वजनिक गरे । स्यान्ट्रो कार सार्वजनिक.....
यातायात व्यवस्था विभागले काठमाडौंको जामलाई हटाउन २ सय भन्दा बढी रुटलाई खारेज गरेर ६६ ओटामा सिमित गर्ने भएको छ । एसियाली विकास बैङ्कको सहयोगमा सञ्चालित काठमाडौं दिगो सहरी यातायात परियोजनाले नयाँ रूट सिफारिस गरेसँगै विभागले ६६ ओटा रुट मात्रै सञ्चालन गर्न लागेको हो । विभागका महानिर्देशक लावण्यकुमार ढकालका.....
बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका ५ रिठ्ठेभिरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । ६ जना गम्भीर घाइते छन् । एकजना बेपत्ता छन्। दुर्घटनामा सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ८ का २८ वर्षीय रवि खड्का, मरिण गाउँपालिका ७ का सुकेदरमारका रतनबहादुर लामाका दुई छोरा राजकुमार.....
यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालले यस पटकको दसैं सुरक्षित र मर्यादित हुने बताएका छन् । विगतका वर्षहरुमा अत्यधिक दुर्घटना तथा अव्यवस्थित भएको भन्दै उनले गतवर्षको तुलनामा यसपालिको दसैंमा कुनै पनि अप्रिय घटना नहुने दाबी गरे । यातायात व्यवसायी, महानगरीय ट्राफिक महाशाखा र यातायात.....
प्राथमिक सार्वजनिक (आईपीओ) निष्कासन गर्ने पहिलो यातायात कम्पनीका रुपमा मयूर यातायातले प्रक्रिया सुरु गरेको छ । कम्पनीले तिहारलगत्तै आईपीओ निष्कासनका लागि तयारी गरिरहेको छ । यदि मयूर यातायातले धितोपत्र बोर्डबाट अनुमति पाएर आईपीओ निष्कासन गरेमा सर्वसधारणमा सेयर निष्कासन गर्ने पहिलो यातायात कम्पनी बन्ने.....