भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले १२ वर्षपछि पूर्ण रुपमा विद्युतीय सवारीहरु ल्याउने प्रतिबद्धता जनाएका छन् । उनले अहिले पनि यातायात क्षेत्रमा सिन्डिकेट कायम छ भन्ने आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले.....
उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा नक्कली स्मार्ट लाइसेन्सको बिगबिगी छ । सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स विस्थापन गरी स्मार्ट लाइसेन्स प्रणाली लागू गरेको थियो । तर, अहिले नक्कली लाइसेन्स लिएर सवारी चलाउने बढ्दै गएका छन् । यससँगै पक्राउ पर्नेको सङ्ख्या पनि बढेको उनको भनाइ छ । असारको अन्तिम.....
भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा सवारी दुर्घटना बढाएको जनाउँदै मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ । यही साउन ५ गतेदेखि राजमार्ग, बाइपास सडक र मुख्य शहरी क्षेत्रमा दिउँसो र राति तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाइएको हो । जेठ अन्तिम साता नै सर्वदलीय बैठकले उक्त निर्णय.....
उपत्यकामा सिन्डिकेट खारेज भएसँगै नयाँ खुलेका कम्पनीले ठुल्ठूला सुविधायुक्त बस भित्र्याउने क्रम बढेको छ । सरकारले साउन एक गतेदेखि देशभर रहेका यातायात समितिलाई पूर्ण रुपमा खारेज गर्दै कम्पनीमा आउन भनेको छ । तर, कतिपय समितिहरु कम्पनीमा अझै आएका छैनन् । यसैबीच, उपत्यकामा भने नयाँ खुलेका कम्पनी–कम्पनीबीच.....
एस फाइभ रुटमा यातायात सञ्चालन कार्य फेरि पछि धकेलिएको छ । गत बैशाखमै सञ्चालन हुनुपर्ने दिगो यातायात प्रालि असार २९ गते सारिएको थियो । तर २९ गते पनि सञ्चालन नहुने भएको छ । गोंगबु–सिनामङ्गल–मैतीदेवी चल्ने भनिएको ५० सिटे बस यातायात व्यवस्था विभागकै लापरबाहीका कारण सञ्चालनमा आउन नसकेको प्रालिका सचिव लालप्रसाद.....
यातायात क्षेत्रमा जरा गाडेको सिन्डिकेट हटाउन कडा कदम चालेको सरकार अहिले पछि हटेको छ । सरकारले साउन एक गतेदेखि देशभर रहेका यातायात समितिलाई पूर्ण रुपमा खारेज गर्दै सबैलाई कम्पनीमा ल्याउने भने पनि ठूला समितिले कम्पनीमा दर्ता गर्न आलटाल गरिरहेका छन् । कम्पनीमा जान केही दिन बाँकी रहँदा पनि कैयौं समितिले.....
नेपाली अटो बजारमा हुन्डाईको विद्युतीय कार भित्रिने भएको छ । नेपालका लागि हुन्डाई मोटरको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्सले हुन्डाई कोना इलेक्ट्रिक ल्याउने बताएको छ । कम्पनीले उत्कृष्ट पावरटे«नका साथ हुन्डाई कोना इलेक्ट्रिक कार आगामी सेप्टेम्बरमा ल्याउने तयारी गरेको छ । बजारमा विद्युतीय.....
बुधबार कोटेश्वरका सन्तोष रेग्मी वैदेशिक यात्रामा जाने क्रममा घरबाट एयरपोर्टसम्म जान ट्याक्सी खोजे । ट्याक्सी चालकले मिटरमा नजाने, मिटरमा जाने भए तोकिएको दरभन्दा बढी पैसा तिर्नुपर्ने बताएपछि रेग्मी बार्गेनिङ् गरेर दुई सय पचास रुपैयाँ तिर्न तयार भए । कोटेश्वरमा ट्राफिक प्रहरीले राखेको होर्डिङ बोर्डअनुसार.....
सरकारको साना सवारीसाधनलाई विस्थापन गर्ने योजना अलपत्र परेको छ । यातायात व्यवस्था विभागले गत वैशाखबाट उपत्यकालगायत देशभर रहेका साना तथा २० वर्ष पुराना सवारीलाई पूर्ण रुपमा हटाउने निर्णय कार्यान्वयनमा आउन सकेको छैन । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडांै उपत्यकामा.....
मयूर यातायातले एक वर्षभित्र सय ओटा ठूला विद्युतीय बस ल्याउने भएको छ । अहिले उपत्यकामा ४४ बसले सेवा दिँदै आएकामा आगामी एक वर्षभित्र मयूरले सुविधायुक्त विद्युतीय बस सञ्चालन गर्ने लक्ष्य राखेको हो । सरकारले विद्युतीय सवारीसाधनलाई मुख्य प्रथामिकतामा राखेसँगै मयूर यातायातले पनि विद्युतबाट चल्ने बस ल्याउन.....