काठमाडौं उपत्यकाका एक सय ४३ स्थानमा निश्चित समयमा पार्किङ गर्न पाइने छ । अस्तव्यस्त काठमाडौं उपत्यकाको पार्किङलाई अगामी दुई हप्ताभित्र व्यवस्थित बनाउनेगरी काठमाडौं महनगरपालिकाले प्रक्रिया अघि बढाएको छ । महानगरपालिका र ट्राफिक व्यवस्थापन महाशाखाको समन्वयमा उपत्यकाको अव्यवस्थित पार्किङलाई व्यवस्थित.....
सरकारले सिन्डिकेट विस्थापन भएको बताइरहँदा मुलुकका ठूला यातायात समिति कम्पनी मोडलमा जान अटेर गरिरहेका छन् । सरकारले साउनबाट यातायात समितिको नवीकरण रोक्ने निर्णय गरे पनि ठूला यातायात समितिहरुले अझै पनि यातायात विभागमा कम्पनी पञ्जीकरणमा चासो दिएका छैनन् । यातायात क्षेत्रमा सिन्डिकेट गर्दै आइरहेका.....
भोलिदेखि मयूर यातायातले २० ओटा सुविधायुक्त बस सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले असार पहिलो साता नै ती ठूला बस सञ्चालनमा ल्याउने भने पनि प्राविधिक तथा अन्य समस्याका कारण ल्याउन सकेको थिएन । मयूर यातायातका अध्यक्ष मोहन श्रेष्ठले उपत्यकाका सबै सडक मयूरमय बनाउने उद्देश्यका साथ भोलिदेखि थप २० ओटा सुविधासम्पन्न.....
सरकारले मिटरमा तथा बिल प्रिन्टिङ सिस्टममा जान नमान्ने ट्याक्सीको २४ घण्टाभित्र दर्ता खारेज गर्ने भएको छ । केही महिनाअघि सरकारलाई मिटरमा नजाने ट्याक्सीलाई कारबाही गर्न निर्देशन दिए पनि अनुगमन भएको थिएन । काठमाडौंमा हालै आयोजित एक कार्यक्रममा भौतिक पूर्वधार यातायातमन्त्री रघुवीर महासेठले यस्तो बताएका.....
सरकारले क्युबिक सेन्टिमिटर (सीसी) का आधारमा कर बढाएपछि ठूला क्षमताका बाइक आयात गर्ने व्यवसायीले नेपाल आउन लागेका बाइकको बुकिङ रद्द गर्न थालेका छन् । सरकारले ८ सय ३१ अर्ब रुपैयाँको राजस्व लक्ष्य भेटाउन विभिन्न क्षेत्रमा करको दर बढाएको छ । यसै क्रममा सरकारले ठूला क्षमताका दुईपाङ्ग्रे सवारी साधनमा पनि.....
महानगरीय ट्राफिक व्यवस्थापन महाशाखाले मोटरसाइकल तथा स्कुटीलाई लक्ष्य गरी एक हप्ते कार्यक्रम आयोजना गरेको छ । विशेषगरी हाल बजारमा भित्रिएका उच्च क्षमताका मोटरसाइकलले बढी दुर्घटना गराउने भन्दै महाशाखाले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । यातायात व्यवस्था विभागसँगको समन्वयमा यो एक हप्ते कार्यक्रम.....
महानगरीय ट्राफिक व्यवस्थापन महाशाखामा नयाँ एसएसपी आएपछि ट्याक्सी बिल प्रिन्टिङ सिस्टम अनुगमन कार्य रोकिएको छ । डेढ वर्षअघिबाट सञ्चालनमा भएको बिल प्रिन्टिङ सिस्टमको केही समय अनुगमन भए पनि केही हप्ताअघि देखि ट्याक्सी बिल प्रिन्टिङ सिस्टम रोकिएको हो । गत दुई साताअघि एसएसपीको पदमा वसन्त पन्त महानगरीय.....
भोल्भो निर्माण उपकरणको नेपालस्थित आधिकारिक वितरक एक्स्प्लोर अर्थमुभर्सले प्रदेश ४ अन्तर्गत पोखराको चाउथेमा नयाँ शाखा खोलेको छ । यस शाखाबाट अब प्रदेश ४ का जिल्लाहरु कास्की, पर्वत, लमजुङ, गोर्खा, तनहुँ, स्याङ्जा, बागलुङ, मुस्ताङ, मनाङ र नवलपरासीका ग्राहकलाई भोल्भो र एसडीएलजीका उत्पादनहरुको जगेडा पार्टपुर्जा.....
महानगरीय ट्राफिक व्यवस्थापन महाशाखाले गृहमन्त्री रामबहादुर थापाको आदेश नमान्ने साढे ६ सयभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ । महाशाखाले उपत्यकाको यातायात व्यवस्थापनलाई दृष्टिगत गरी सिट क्षमताभन्दा बढी यात्रु चढाउने सार्वजनिक भाडाका सवारीसाधनलाई कारबाहीको दायरामा ल्याएको हो । केही हप्ताअघि.....
मयूर यातायात प्रालिले उपत्यकामा आगामी शुक्रबारदेखि थप सेवा सञ्चालन गर्ने भएको छ । रत्नपार्कदेखि बनेपा धुलिखेलसम्म र चक्रपथमा सेवा दिँदै आएको मयूरले अब रत्नपार्क–कलङ्की–थानकोट तथा अन्य ठाउँमा सेवा दिने भएको हो । जेठ पहिलो साता नै उक्त बस सञ्चालनमा ल्याउने तयारी भए पनि कलरिङ, ग्यारेजको समस्याका कारण.....