सरकारले द्वन्द्व पीडितलाई राहत र आर्थिक सहायता उपलब्ध गराउने नाममा राज्यकोषबाट अर्बाै रुपैयाँ खर्च गरेको छ । दश वर्षे युद्धका क्रममा मृत्यु, घाइते र विस्थापित भएकाहरुलाई राहत र आर्थिक सहायता भन्दै राज्यकोषबाट २०७४ फागुनसम्म १७ अर्ब ३४ करोड २० लाख रुपैयाँ खर्च भएको छ । सरकारले आइतबार सार्वजनिक गरेको.....
विगत दुई दशकको अवधिमा कृषि उत्पादन ३.२ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालयद्वारा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०७४/७५ ले यस्तो देखाएको हो । पछिल्ला दुई दशकमा नेपाल र भारतमा कृषि उत्पादनमा वृद्धि दर समान रहेको सर्वेक्षणमा उल्लेख छ । तर, छिमेकी मुलुक चीन र बङ्गलादेशमा भने यो दुई दशकमा कृषि उत्पादन.....
सरकारले विद्युत् आपूर्ति सहज बनाए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा औद्योगिक क्षेत्रको योगदान ५ प्रतिशतमा खुम्चिएको छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७४/०७५ मा बीस वर्ष अघिसम्म जीडीपीमा औद्योगिक क्षेत्रको योगदान १० प्रतिशत थियो । तर, अहिले ५ दशमवल ४ प्रतिशतमा खुम्चिएको छ । लामो.....
अर्थमन्त्री डा युवराज खतिवडाले चालू आव २०७४/७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७४ आज सदनमा पेस गरे । अर्थमन्त्री डा खतिवडाले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै विकासका गति र मुलुकभित्र रहेका विकासका चुनौतीलाई यसमा औँल्याउने काम भएको जानकारी दिए । उनका.....
आगामी आर्थिक वर्ष २०७५/७६ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम सङ्घीय संसद्बाट बहुमतले पारित गरेको छ । प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ प्रधनामन्त्री केपी शर्मा ओलीले दिएपछि बहमतका आधारमा नीति तथा कार्यक्रम पारित भएको हो । अब सरकारलाई जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउन बाटो.....
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि सङ्घीय बजेट तर्जुमाको काम तीव्र पारेको छ । बजेटको मन्त्रालयगत छलफल सकिएको छ । वैशाख २६ गते संसद्मा बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) पेस भइसकेको छ । राष्ट्रिय योजना आयोगले आगामी बजेटको सीमा १२ खर्ब ४ अर्ब रुपैयाँ निर्धारण गरेको छ, जुन चालू वर्षको.....
नेपाली कांग्रेसका सांसद एवम् वरिष्ठ उद्यमी विनोद चौधरीले सरकारको नीति तथा कार्यक्रम मुलुकको शासकीय प्रणालीको व्यवस्थापनपक्षमा कमजोर रहेको बताएका छन् । शुक्रबार सङ्घीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद चौधरीले देश सङ्घीय संरचनामा गइसकेको अवस्थामा प्रदेशहरूलाई वित्तीय रूपमा.....
जिल्लाका अधिकांश सामुदायिक वनमा स्थानीय जातको जंगली जैतुन प्रशस्त भए पनि संकलन र प्रशोधन केन्द्र नहुँदा खेर जान थालेको छ । जिल्लाका प्रत्येक सामुदायिक वनमा भएका जंगली जैतुनलाई संकलन गर्ने तरिका र प्रशोधन गर्ने मेशिन नहुँदा जैतुन खेर जान लागेकोप्रति स्थानीयवासी चिन्तित बनेका छन् । जंगलमा पाइने स्थानीय.....
प्रदेश ५ को बहुप्रतीक्षित मोतिपुर औद्योगिक क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन (र्इआर्इए)को काम सुरु भएको छ । यद्यपि डीपीआरको पूरै प्रतिवेदन भने सार्वजनिक भइसकेको छैन । डीपीआरको काम सकिएसँगै वातावरणीय प्रभाव मूल्याङ्कनका लागि प्रक्रिया अगाडि बढेको उक्त आयोजनाका फोकल पर्सन तथा बुटवल औद्योगिक क्षेत्रका.....
सरकारले उद्योग क्षेत्रमा भइरहेको लोडसेडिङ अन्त्य गरेर २४ घण्टा विद्युत् उपलब्ध गराए पनि छिनछिनमा हुने ‘लाइन ट्रिपिङ’बाट उद्योगी/व्यवसायी हैरान भएका छन् । सरकारले उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्ने बचन सहित भइरहेको लोडसेडिङ समेत अन्त्य गरेपछि उद्योगीले जेनेरेटर समेत हटाइसकेका छन् । एकातिर.....