सरकारले आगामी आर्थिक वर्षदेखि कृषि उत्पादनमा जोड दिई निर्यात बढाउन प्रदेशस्तरीय पकेट क्षेत्रको सम्भाव्यता अध्ययन गरिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै सातै प्रदेशमा कृषि उत्पादनको पकेट क्षेत्रको सम्भाव्यता अध्ययन गरी उत्पादनमा जोड दिइने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । कुन.....
बिर्तामोड नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेसिन वितरण गरेको छ । कृषिमा यान्त्रीकरण गर्दै उत्पादन बढाउने र कृषि क्षेत्रमा बढिरहेको लागत घटाउने उद्देश्यका साथ नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेसिन वितरण गरेको हो । बिर्तामोड नगरपालिकाभित्रका.....
नेपाल राष्ट्र बैङ्कले नेपाल पूर्वाधार (नेपाल इन्फ्रास्ट्रक्चर) बैङ्कलाई सञ्चालनमा ल्याउन सैद्धान्तिक सहमति दिएको छ । बैङ्कका संस्थापक सेयरधनीहरुको भागमा रहेको पुँजीको ४५ प्रतिशत रकम जम्मा गरेपछि केन्द्रीय बैङ्कले आईतबार स्वीकृति दिएको हो । २० अर्ब रुपैयाँको कम्पनीमा ६० प्रतिशत संस्थापक र ४० प्रतिशत.....
चालू आर्थिक वर्षको १० महिनामा दुई खर्ब ६९ अर्ब ६१ करोड लगानीका उद्योगमा प्रतिबद्धता आएको छ । उद्योग विभागको पछिल्लो तथ्याङ्कअनुसार कृषिजन्यमा दुई अर्ब १३ करोड, निर्माणमा चार अर्ब ७३ करोड, ऊर्जाक्षेत्रमा एक खर्ब ८२ अर्ब रुपैयाँ, सूचना प्रविधि तथा सञ्चार क्षेत्रमा ६० करोड, उत्पादनमूलकमा ६० अर्ब ५६ करोड,.....
भरतपुरस्थित डबली क्याफेमा सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात् अर्थतन्त : नेपाली इलम र उद्यमको यात्रा’माथि तथा नेपाली उद्यमशीलताका चुनौती र अवसरबारे छलफल सम्पन्न भएको छ । कार्यक्रमका लागि चितवन पुगेका शाक्यले अर्थात् अर्थतन्तका लेखकले लेखनको सन्दर्भ कोट्याउँदै पहिलो पुस्तक अनलिसिङ नेपाल सार्वजनिक.....
कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यका बारेमा अनुगमन थालेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा महाशाखाका डा हेमन्त ओझाको नेतृत्वमा आएको पाँच जनाको प्राविधिक टोलीले त्यहाँका बासिन्दाको.....
पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करिब ३६ अर्ब रूपैयाँको लगानीमा नवलपरासीको सर्दीमा स्थापना गरेको उद्योगले उत्पादन सुरु गरेको हो । उद्योगबाट पहिलो चरणमा दैनिक छ हजार मेट्रिक.....
मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने उद्योगलाई अनुज्ञापत्र उपलब्ध गराउन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झन्डै एक वर्षसम्म झुलाउने गरेको खुलेको छ । विभागको नियमअनुसार मापदण्ड नपुगेको तथा उद्योगको निरीक्षण जाने कर्मचारी अभाव देखाउँदै विभागले अनुज्ञापत्र उपलब्ध गराउन ८ देखि ९ महिना लगाउने.....
सरकारले सातै प्रदेशमा प्रदेशस्तरीय औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । सहकारी संस्थाहरुले कृषिजन्य वस्तु तथा उत्पादनहरु स्थानीय स्तरमा सङ्कलन गरी बजारीकरण गर्ने उद्देश्यले औद्योगिक ग्राम स्थापना गर्न लागेको हो । आगामी आर्थिक वर्षदेखि औद्योगिक ग्राम निर्माणका लागि प्रक्रिया सुरु गर्नेे कृषि, भूमि.....
स्टिल, सिमेन्ट र ऊर्जा क्षेत्रमा काम गर्ने उद्योगी, व्यवसायी एवम् सरोकारवालाहरुलाई एउटै साझा थलोमा ल्याई व्यावसायिक अन्तक्र्रिया गराउने उद्देश्यले जेठ ३ र ४ गते होटल सोल्टी, काठमाडौंमा नेपाल ट्रेड समिट सम्पन्न भएको छ । नेपाल, भारतलगायत ७ राष्ट्रका प्रतिष्ठित स्टिल उद्योगी, सिमेन्ट र ऊर्जा उत्पादकहरुको.....