कपिलवस्तु । कपिलमुनि ऋषिले माता देवहुतिलाई साङ्ख्य योगदर्शन प्रदान गर्नुभएको पुण्यभूमि शान्ति ध्यान केन्द्र आश्रम एवं कपिलधाम यति बेला बाह्य र आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । यो महर्षिहरुले तपस्या गरेको स्थल हो । वर्तमान कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिका–९ भलवाडमा कपिलधाम अवस्थित छ । कपिलवस्तु.....
काठमाडौं । विश्वकै पाचौं अग्लो हिमालको रुपमा रहेको मकालु हिमालमा बुधबार सात जनाले सफल आरोहण गरेका छन् । ४ जना विदेशीसहित ३ जना आरोहीले बुधबार बिहान आरोहण गरेको सेभेन समिटले जानकारी दिएको छ । आरोहण गर्ने विदेशीहरु युएसएका ब्राड एलेन जनसन र सेरा एलिजावेथ, अष्ट्रेलियाका जोन निकोलस ज्याकोबी, ताइवानका युवान.....
काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको २३ औं पटक आरोहण गर्दैै कामिरिता शेर्पाले विश्व कीर्तिमान राखेका छन् । बुधबार बिहान ७ बजेर ५० मिनेट जाँदा सगरमाथाको चुचुरोमा पुगर उनले गत वर्षको रेकर्ड तोडेका हुन् । सोलुखुम्बु जिल्लाको थामे घर भएका ४९ वर्षीय शेर्पा गत वर्ष २२ औँ पटक सगरमाथाको आरोहण गरी विश्व रेकर्ड राखेका.....
काठमाडौं । गत वैशाख २६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कामुसचिव सुरेश आचार्यले भइरहेकै हवाई भाडा घटाउन अन्तर्राष्ट्रिय एयरलाइन्सलाई सार्वजनिक रुपमै आह्वान गरे । यदि अन्तर्राष्ट्रिय एयरलाइन्सले भइरहेको भाडादर केही मात्रामा कम गरे नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहज रुपमा.....
पाेखरा । विसं २०६९ वैशाख २३ गते शनिबारको दिन । सार्वजनिक विदाको दिन भएकाले माछापुच्छ्रे गाउँपालिका–१ र २ स्थित सेती नदीको किनारमा रहेको तातोपानी कुण्डमा स्नान गर्ने र खारपानी बजारमा वनभोजमा रमाउनेहरुको बाक्लो उपस्थिति थियो । तर विडम्बना अन्नपूर्ण हिमाल चौथोको आसपासमा खसेको पहिरोका कारण बिहान १०ः३०.....
काठमाडौं । मौसम खुलेसँगै वसन्त ऋतुका पहिला आठ आरोही सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुग्न सफल भएका छन् । बीबीसी नेपाली सेवाका अनुसार उनीहरू साउथ कोलभन्दा माथि डोरी टाँग्दै मङ्गलबार दिउँसो पौने दुई बजे ८ हजार ८ सय ४८ मिटर अग्लो शिखरमा पुगेका हुन् । पर्यटन विभागकी निर्देशक मीरा आचार्यलाई उध्दृत गर्दै.....
काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काममा सरकारी निकायबाट नै अवरोध भएको छ । सरकारले कहिले ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन गु्रप कम्पनीलाई भुक्तानी रोकिदिने त कहिले आयोजनाका लागि आवश्यक ढुंगा, गिटी, बालुवा नै उठाउन नमिल्ने गरी निर्णय गरेको.....
काठमाडौं । वसन्त ऋतुको यो याममा ल्होत्से हिमालको आरोहण सुरु भएको छ । इमाजिन नेपालको आरोही समूहले (ल्होत्से–८,५१६ मिटर) हिमालको आज बिहान सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ । कुल १२ आरोहीमध्ये पाँच जना डोरी टाँग्ने शेर्पा छन् भने अन्य सात जनामा एक नेपालीसहित चीन, पाकिस्तान र ग्रिसका दुई दुई आरोही छन्.....
बागलुङ । मुस्ताङका गन्तव्यस्थलमा पर्यटकको चाप बढेको छ । होटल पाहुनाले भरिभराउ छन् । फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । विदेशी पर्यटकमध्ये बढी भारतीय छन् । पदयात्रामा रमाउनेदेखि मुक्तिनाथ दर्शनका लागि पर्यटक मुस्ताङ पुगेका छन् । मुक्तिनाथ क्षेत्र धार्मिक पर्यटनको प्रसिद्ध गन्तव्य हो । म्याग्दी.....
दमौली । तनहुँ जिल्लाका विभिन्न ठाउँमा रहेका गुफाहरु प्रचारप्रसारको अभावमा ओझेलमा छन् । बन्दीपुर गाउँपालिका, भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा अवस्थित ती गुफाहरु पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेका हुन् । गुफाको प्रचारप्रसारसँगै पूर्वाधार निर्माणमा जोड दिन सकिए आन्तरिक तथा बाह्य.....