पर्यटन


बिहारका मुख्यमन्त्रीले झण्डा देखाएपछि सुरु भयो बिहार नेपाल सीधा बस सेवा

बिहारका मुख्यमन्त्रीले झण्डा देखाएपछि सुरु भयो बिहार नेपाल सीधा बस सेवा

२७ भाद्र २०७५, बुधबार १८:०७

नेपाल र भारतबीच सीधा बस सेवाको गन्तव्य थपिँदै गएको छ । मङ्गलबारदेखि भारतको बोधगयादेखि काठमाडौं र भारतको पटनादेखि जनकपुरसम्म सीधा बस सेवा सुरु भएको छ । बिहारका मुख्यमन्त्री नीतीश कुमारले मङ्गलबार दुई छिमेकी मुलुकका महत्त्वपूर्ण स्थलबीच उच्चतम सम्पर्क सुविधाका लागि वातानुकूलित डिलक्स बस सेवाको शुभारम्भ.....

विशाल ग्रुपले लियो एयर एसियाको सेल्स एजेन्ट

विशाल ग्रुपले लियो एयर एसियाको सेल्स एजेन्ट

२७ भाद्र २०७५, बुधबार १५:२९

मलेसियाको बजेट एयरलाइन्स एयर एसियाले नेपालका लागि सेल्स एजेन्ट (पीएसए) को जिम्मा व्यावसायिक घराना विशाल ग्रुपलाई दिएको छ । नेपालबाट मलेसिया जाने कामदार घट्न थालेपछि नेपाल उडान कटौती गर्दै एक वर्षका लागि उडान स्थगित गर्ने घोषणा गरेको एयर एसियाले नेपालमा आफ्नो व्यापार रणनीति परिवर्तन गरेको हो । नेपालबाट.....

किन भएन फेक रेस्क्युमा संलग्नलाई कारबाही ?

किन भएन फेक रेस्क्युमा संलग्नलाई कारबाही ?

२७ भाद्र २०७५, बुधबार १४:०९

नेपाल आउने पर्यटकलाई नक्कली उद्धारको नाममा ठगी गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले १५ संस्थालाई कारबाहीको सिफारिस गरे पनि डेढ महिनासम्म कसैलाई कारबाही गरिएको छैन । फेक रेस्क्युमा संलग्नलाई कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १४ गते सम्बन्धित निकायहरुलाई.....

एक वर्षभित्र नेपाल एयरलाइन्स चीन जान्छ, पर्यटनमन्त्री अधिकारी

एक वर्षभित्र नेपाल एयरलाइन्स चीन जान्छ, पर्यटनमन्त्री अधिकारी

२६ भाद्र २०७५, मंगलवार १७:४६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले एक वर्षभित्र नेपाली राष्ट्रिय ध्वजावाहक विमान चीन जाने बताएका छन् । हालसम्म चीन सरकारले स्लट नदिएकै कारण नेपाली जहाजले उडान भर्न नपाएको बताउँदै उनले वर्षदिनभित्र चीनका विभिन्न प्रान्तमा उडान सुरु हुने जानकारी दिए । सिचुआन अन्तर्राष्ट्रिय.....

१ सय ३७ यात्रुसहित नेपाल आयो ओमानको सलाम एयर

१ सय ३७ यात्रुसहित नेपाल आयो ओमानको सलाम एयर

२६ भाद्र २०७५, मंगलवार १०:१०

ओमानको बजेट एयरलाइन्स सलाम एयरले मंगलबारदेखि नेपालमा उडान सुरू गरेको छ । मंगलबार सलामले ओमानबाट १ सय ३७ यात्रुसहित नेपालमा उडान भरेको हो । बैङ्क तथा वित्तीय व्यवसायमा अग्रणी आइएमई समूह अन्तर्गतको आइएमई ट्राभलले सलाम एयरको जनरल सर्भिस एजेन्ट (जीएसए) लिएको हो । सलाम एयरले सातामा चार उडान भर्ने कम्पनीले.....

नेपाल एयरलाइन्ससँग किनेको बोइङ बिक्री गर्दै बीबी एयरवेज

नेपाल एयरलाइन्ससँग किनेको बोइङ बिक्री गर्दै बीबी एयरवेज

२५ भाद्र २०७५, सोमबार १३:०२

बीबी एयरवेजले साढे दुइ वर्षअघि नेपाल एयरलाइन्ससँग किनेको बोइङ ७५७–२०० जहाज बिक्रीको तयारीमा लागेको छ । टीबीआई गु्रप अन्तर्गतको बीबी एयरवेजले नेपाल एयरलाइन्सको ३० वर्ष पुरानो जहाज १५ करोड १७ लाखमा खरिद गरेको थियो । टीबीआई गु्रपका निर्देशक शिशिर भट्टले बोइङ बिक्री गर्न लागिएको बताए । ’जहाज खरिदका लागि.....

इन्द्रजात्राको साइत भोलिदेखि

इन्द्रजात्राको साइत भोलिदेखि

२५ भाद्र २०७५, सोमबार १०:३२

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइतका कार्यक्रम भदौ २६ गते मंगलबारदेखि शुरु हुने बताएको छ । मंगलबार बिहान ११ बजेर ४९ मिनेटमा इन्द्रध्वजोत्थानको लिङ्गो लिन जानका लागि वनयात्राको साइत निस्किएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । मङ्गलबार.....

पहिलोपटक बाइक रेस सम्पन्न

पहिलोपटक बाइक रेस सम्पन्न

२५ भाद्र २०७५, सोमबार १०:२२

देशका पर्यटकीय गन्तव्यहरुको उजागर गरी अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्ने उदेश्यले नेपालमै पहिलोपटक आयोजना गरिएको यति बाइक रेस प्रतियोगितामा छ जना विदेशी नागरिकले सहभागिता जनाएका छन् । सो साहसिक पर्यटन खेलमा विश्व प्रसिद्ध नागरिक एपोलोको संयोजनमा छ जना विदेशी नागरिकले बेँसीशहर, मुक्तिनाथ,.....

अल्टिच्युड एयर हेलिकप्टर दुर्घटनाको छानबिन समिति बन्यो

अल्टिच्युड एयर हेलिकप्टर दुर्घटनाको छानबिन समिति बन्यो

२४ भाद्र २०७५, आईतवार १५:५६

अल्टिच्युड एयर हेलिकप्टर दुर्घटनाको छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ । समितिको संयोजकमा सहसचिव बुद्धिसागर लामिछाने र सदस्यहरुमा पाइलट सिद्धार्थ गुरुङ र मेगेन्द्र श्रेष्ठ छन् । उनीहरुले एक साताभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने छन् । शनिवार.....

हेलिकप्टर दुर्घटनामा ज्यान गुमेकाको शव टिचिङमा, सरकारले आजै छानबिन समिति बनाउने

हेलिकप्टर दुर्घटनामा ज्यान गुमेकाको शव टिचिङमा, सरकारले आजै छानबिन समिति बनाउने

२४ भाद्र २०७५, आईतवार ११:११

अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव काठमाडौं ल्याइएको छ । शनिबार दिउँसो भएको दुर्घटनामा परी ६ जनाको ज्यान गएको थियो । नुवाकोटको दुर्गम ठाउँमा भएको दुर्घटनाका कारण शव ल्याउन ढिला भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजुकमार क्षेत्रीले जानकारी दिए ।.....